विकिपिडिया:प्रमुख लेख/चैत, २०७७

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रमुख लेख
Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३१,८०२ लेखहरू छन् जस मध्येबाट १२८ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

प्रमुख सामाग्रीहरू


प्रमुख लेख औजारहरू

२०७७ चैत पहिलो[सम्पादन गर्ने]

महेन्द्र वीर विक्रम शाहको चित्र

महेन्द्र वीर विक्रम शाह नेपालका नवौँ शाहवंशीय राजा थिए। उनले वि.सं. २०११ चैत्र १ देखि वि.सं. २०२८ माघ १७ सम्म नेपालको राजाको रूपमा सेवा गरेका थिए। उनले १९९७ वैशाख २९ गते हरि शमशेर जबराकी छोरी इन्द्र राज्यलक्ष्मी देवी शाहसँग विवाह गरेका थिए जहाँ उनीसँग उनका तीन छोरा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र र तीन छोरी शान्ति, शारदा र शोभा रहेका थिए। राजा महेन्द्रले वि.सं. २०१८ सालमा नवलपरासीको उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए भने उनलेे वि.सं. २०२२ सालमा नवलपरासी जिल्लाको गैँडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरेका थिए।

महेन्द्र उच्चकोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए। आजको विन्दूबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दूरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्न सकिन्छ। (पूरा  पढ्नुहोस्...)

२०७७ चैत दोस्रो[सम्पादन गर्ने]

भूकम्पका कारण भत्किएका भवनहरू

वि.सं. २०७२ को महाभूकम्प वि.सं. २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो। विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठूलो भूकम्प थियो। भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२ मानिसको ज्यान लिएको थियो। यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीनबङ्गलादेशमा पनि कयौँ मानिसहरूको हताहात भएको थियो। भूकम्पले गर्दा काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए जसमा बसन्तपुर दरबार क्षेत्र पनि रहेको छ।

यस भूकम्पले सगरमाथामा हिमपहिरो जान सुरु भएको थपे जसकारण नेपाली र विदेशी गरी २२ जनाको हिमपहिरोमा पुरिएका कारण मृत्यु भएको भने यो हिमपहिरो सगरमाथामा आएको सबैभन्दा घातक हिमपहिरो बनेको थियो। भूकम्पले लाङटाङ उपत्यकामा पनि विशाल हिमपहिरो निम्त्याएको थियो जसकारण २५० जना बेपत्ता भएका थिए। यस महा भूकम्पका कारण नेपालको कयौँ जिल्लाका हजारौँ गाउँ तथा बस्तीका सर्वसाधारणहरू भूकम्पले धक्का दिँदा घर नष्ट भएका कारण कयौँको मृत्यु भएको थियो भने हजारौँ मानिसहरू घरबारविहीन बनेका थिए। यस महा भूकम्पका कारण काठमाडौँ उपत्यकाका युनेस्कोद्वारा विश्व सम्पदा सूचीका सूचीकृत स्थल तथा सयौँ वर्ष पुराना ऐतिहासिक धरोहरहरू आंशिक रूपमा र केही पूर्ण रूपमा ध्वस्त भएका थिए जसमा काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, बौधनाथ स्तूपस्वायम्भूनाथ स्तूप सामेल छन्। नेपाल एक घातक भूकम्पले कमजोर बनेको र मुख्यरूपमा देशको भूविज्ञान र शहरीकरणका कारण भूभौतिकीविद तथा अन्य विशेषज्ञहरूले दशकौँदेखि नेपालमा ठूलो भूकम्प जानसक्ने भन्दै चेतावनी दिएका थिए। यस महा भूकम्पका कारण ६१.८८ मिटर अग्लो नौतले धरहरा भूकम्पको पहिलो धक्कै कारण ध्वस्त भएको थियो भने धरहरा पूर्णरूपमा क्षतिग्रस्त हुँदा यसले कयौँ मानिसहरूको ज्यान लिएको थियो जुन युनेस्कोद्वारा मान्यता प्राप्त काठमाडौँ उपत्यकाको वास्तुकलाको एक हिस्सा थियो।(पूरा  पढ्नुहोस्...)