सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रमुख लेख/भदौ, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३१,५४७ लेखहरू छन् जस मध्येबाट १६७ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७९ भदौ पहिलो[सम्पादन गर्नुहोस्]

लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा एक नेपाली कवि तथा साहित्यकार थिए। उनको जन्म वि. सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपुजाको दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनको निधन वि.सं. २०१६ भाद्र २९ मा भएको थियो। उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनले कवितानिबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्। (पूरा  पढ्नुहोस्...)

२०७९ भदौ दोस्रो[सम्पादन गर्नुहोस्]

मोहन जोदडो

मोहन जोदडो (सिन्धी: موئن جو دڙو), अर्थ 'मृत मानिसहरूको ढिस्को'; (उर्दु: موئن جو دڑو) पाकिस्तानको सिन्ध प्रदेशको एउटा पुरातात्त्विक स्थल हो। ईसापूर्व २५०० तिर निर्माण गरिएको यो प्राचीन सिन्धु घाटीको सभ्यताको सबैभन्दा ठूलो बस्तीहरूमध्ये एक थियो। यसमा मानकीकृत इँटा, सडक सञ्जाल र ढल निकास प्रणाली जस्ता विशेषताहरू थिए। यो संसारको सबैभन्दा पुरानो प्रमुख सहरहरूमध्ये एक थियो र यो पुरातन मिस्र, मेसोपोटामिया, मिनोयन सभ्यता र कराल सभ्यतासँगसँगै थियो। १९औँ शताब्दीमा सिन्धु घाटीको सभ्यता घट्दै गएपछि मोहन-जोदडोलाई परित्याग गरिएको थियो र सन् १९२० को शताब्दीसम्म यो ठाउँ पुन: पत्ता लागेको थिएन। सन् १९८० मा युनेस्कोले विश्व सम्पदा क्षेत्र भनेर नामकरण गरेको यस सहरको स्थलमा महत्वपूर्ण उत्खनन कार्य सञ्चालन हुँदै आएको छ। हाल यो ठाउँ क्षतविक्षत र अनुचित व्यवस्थापनको खतरा रहेको छ।(पूरा  पढ्नुहोस्...)