विकिपिडिया:प्रयोगकर्ता पृष्ठ
यो पृष्ठले नेपाली विकिपीडियाको आधिकारिक नीति जनाउँछ । यसले व्यापक रूपमा स्वीकृत स्तरहरूको वर्णन गर्दछ कि सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ । यसमा गरिएका परिवर्तनहरू सहमतिको प्रतिबिम्बित हुनुपर्छ । |
| पृष्ठ सारंश: प्रयोगकर्ता पृष्ठ सम्पादकको जानकारी दिने स्थल हो । सम्पादकले आफ्नो प्रयोगकर्ता पृष्ठमा केही जानकारी राख्न सके पनि प्रयोगकर्ता पृष्ठ व्यक्तिगत वेभसाइट, ब्लग वा सामाजिक संञ्जालका रुपमा प्रयोगका लागि भने होइन । प्रयोगकर्ता पृष्ठ विकि समुदाय भित्र विशेषत: सञ्जार र सहभागिताका लागि मात्र हो । |
प्रयोगकर्ता पृष्ठ वा User page "प्रयोगकर्ता" वा "प्रयोगकर्ता वार्ता" नामस्थान हुने प्रशासनिक पृष्ठहरू हुन् । विकिमा आफ्नो कार्य परिचय राख्न, प्रयोगकर्ताहरू बिच सञ्चार आदानप्रदान गर्न वा सम्पादकहरू बीच जानकारी साट्न, प्रयोगस्थलका रुपमा प्रयोग गर्न यसका मुख्य प्रयोगहरू हुन् । यस बाहेक विकिपीडिया बाहिरको आफ्नो छोटो व्यक्तिगत परिचय पनि दिइन सकिन्छ ।
प्रयोगकर्ता पृष्ठ प्रत्येक खाता खोलिसकेका सम्पादकहरूलाई उपलब्ध हुन्छ र यसको प्रयोग विकिपीडिया परियोजना अनुसार र विकि समुदायलाई पाच्य हुने अनुसार नै प्रयोग गर्नु पर्दछ । विकिपीडिया ब्लग होइन, व्यक्तिगत वेभसाइट होइन र सामाजिक सञ्चाल होइन, यस विषय "प्रयोगकर्ता पृष्ठ" नामस्थानका पृष्ठहरूमा पनि लागू हुन आउँछ । यस विपरीत प्रयिगकर्ताहरूले आफ्नो प्रयोगकर्ता पृष्ठहरू प्रयोग गरेको भन्ने थाहा हुन आएमा प्रबन्धकहरू द्वारा कार्वाही पनि हुन सक्दछ ।
विषयसूची
शब्दरुप[सम्पादन गर्ने]
प्रयोगकर्ता पृष्ठ
"प्रयोगकर्ता:"विकिपीडियाको नाम ले तपाइँको प्रयोगकर्ता पृष्ठ जनाउँछ । आफ्नो पृष्ठमा तपाईं आफ्नो थोरै परिचय राख्न सक्नुहुन्छ वा सिधै वार्ता पृष्ठमा पुननिर्देशन पनि गर्न सक्नुहुन्छ ।
प्रयोगकर्ता वार्ता पृष्ठ
"प्रयोगकर्ता वार्ता:"विकिपीडियाको नाम ले तपाईको वार्ता पृष्ठ जनाउँछ । यहाँ अन्य सम्पादकहरू बाट तपाईले सन्देश पाउनुहुनेछ । त्यस्तै अन्य सम्पादकहरूको वार्ता पृष्ठमा पनि तपाईले सन्देश छाड्न सक्नुहुन्छ । अन्य प्रयोगकर्ताले तपाईको वार्ता पृष्ठमा सम्पादन गर्दा तपाईलाई नोटिफिकिसेन पनि प्राप्त हुन्छ ।
उपपृष्ठहरू
तपाईंले आफ्नो प्रयोगकर्ता पृष्ठ र वार्ता पृष्ठमा रहेर अन्य उपपृष्ठहरू बनाउन सक्नुहुन्छ । जस्तै;
प्रयोगकर्ता:तपाईको विकिपीडियाको नाम/पृष्ठको नाम
उक्त अक्षरहरूलाई सर्च गर्दा राताअक्षरमा क्लिक गरि केही लेखी सेभ गर्दा तपाईको उपपृष्ठहर तयार हुन्छ । तपाइको उपपृष्ठहरूमा backlink पनि हुनेछ ।
<प्रयोगकर्ता:तपाईको विकिपीडियाको नाम
प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?[सम्पादन गर्ने]
- विकिपीडियामा आफ्नो जानकारी (जरुरी नभए पनि सुझाव गरिन्छ । )
अन्य सम्पादकलाई थाहा हुने गरी विकिपीडियामा आफू के गर्दै रहेको, सम्पादन क्षेत्रको जानकारी, आफ्नो सम्पादन रुचि, कार्य जस्रा विषय लेख्न सकिन्छ । तपाईको एक भन्दा बढी खाता छन् भने आफ्नो पृष्ठमा लेख्नुहोस् । तपाई कुनै लेखमा सम्पादन कार्य गर्दै हुनुहुन्छ भने यहीँ बताउनुहोस् ।
- विकिपीडिया भित्रै भएका सहयोगी पृष्ठहरूको लिङ्क, जानकारी
- तपाईको अभ्यास (साधारणत: प्रयोगस्थल, वा तपाईको उपपृष्ठहरूमा)
- तपाईको भाषागत जानकारी, कुनै विषयमा तपाईको दक्षता वा औपचारिक अध्ययन छन् भने खुलाउनुहोस् ।
- अन्य सम्पादकहरूले तपाईको पृष्ठमा आवश्यक अनुसार मात्र कुनै कार्यक्रममा सहभागी भएमा सहभागी भएको जानकारी दिने ढाँचा वा बार्नस्टार (असल योगदानकर्ताको सम्मानार्थ) हाल्न वा लेख्न सक्दछन् ।
- तपाईले आफूले प्रयोग गर्नु हुने जानकारी (इमेल, फोन नं., तस्बिर, वास्तविक नाम, ठेगाना, तपाईका बारे अन्य जानकारी) होशियारपूर्वक राख्नुहोस् । यस्ता जानकारी अन्य ठाउँमा (विकिपीडिया बाहिर) सारिन/प्रयोग गरिन सक्छन् वा तपाई विरुद्ध (Harass) का निम्ति प्रयोग गरिन सक्छन् । त्यसैले आफ्नो गोपनियता पनि कायम गर्नुहोस् ।
- तपाईको प्रयोगकर्ता पृष्ठ तपाईको वेभसाइट होइन । यो तपाईं एक विकिपीडिया सम्पादकका रुपमा पाउनु भएको पृष्ठ हो । विकिपीडियाको हित विपरीत यसको प्रयोग नगर्नूहोस् ।
- आफ्ना विकिपीडिया बाहिरका कार्य, विकिपीडियासँग कुनै पनि पक्षबाट नमिल्ने वा विकिपीडियाको उद्देश्य बाहिरका विषय प्रयोगकर्ता पृष्ठमा नलेख्नुहोस् । तपाईको स्वत: आफ्नो खोज यहाँ नलेख्नुहोस् । मुख्य कुरा यो तपाईको आफ्नो बारे चर्चा कमाउने स्थलका रुपमा नसम्झनुहोस् ।
- अन्य सम्पादकलाई हानी हुने गरि कुनै पनि विषय आफ्नो प्रयोगकर्ता पृष्ठमा नलेख्नुहोस् । प्रचारात्मक, भ्रामक र विषयहिन कुराहरू नलेख्नुहोस् ।
- अन्य कुनै व्यक्तिको व्यक्तिगत जानकारी उनीहरूको अनुमति बिना वा अनावश्यक रुपमा नलेख्नुहोस् । अन्य कुनै ठाउँबाट हुबहु सार्ने, बर्बरतायुक्त विषय नलेख्नुहोस् ।
- आफ्नो प्रयोगकर्ता पृष्ठमा अनावश्यक रुपमा ढाँचा र श्रेणीहरू नजोड्नुहोस् र अनावश्यक रुपमा अन्य पृष्ठहरूमा पुननिर्देश नगर्नुहोस् । आफ्नो प्रयोगकर्ता पृष्ठलाई लेखको जस्तो रुप दिने प्रयास नगर्नुहोस् ।
प्रयोगकर्ता बाकसहरू[सम्पादन गर्ने]
प्रयोगकर्ता बाकसहरू लाई तपाईं आफ्नो प्रयोगकर्ता पृष्ठमा राख्न सक्नुहुन्छ ।
प्रयोगकर्ता पृष्ठको अधिकार र बचाउ[सम्पादन गर्ने]
प्रयोगकर्ता पृष्ठहरू विकिपीडियाकै भाग हुन् । यो व्यक्तिगत ब्लग वा वेभसाइटका रुपमा नलिनुहोस् । आवश्यक परेमा मात्र अन्य सम्पादकहरूले तपाईको प्रयोगकर्ता पृष्ठ सम्पादन गर्नेछन् । तपाईको पृष्ठमा अरु कोही अनावश्यक सम्पादन गर्छन् भने प्रबन्धकहरूलाई खबर गर्नुहोस् ।
प्रयोगकर्ता पृष्ठ मेटाउन[सम्पादन गर्ने]
प्रबन्धकहरूले तपाईको प्रयोगकर्ता पृष्ठ मेटाउन सक्छन् । प्रयोगकर्ता वार्ता पृष्ठ भने मेटाउन नमिल्ने हुन्छ । प्रयोगकर्ता पृष्ठ प्रचारक (spam) देखिएमा प्रयोगकर्ता पृष्ठ मेटाइन जान्छ ।
प्रयोगकर्ता पृष्ठ खोजी[सम्पादन गर्ने]
तपाईं प्रयोगकर्ता खोजीका लागि Special:Search बाकसको प्रयोग गर्न सक्नुहुन्छ ।