विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध
यो पृष्ठले नेपाली विकिपीडियाको आधिकारिक नीति जनाउँछ । यसले व्यापक रूपमा स्वीकृत स्तरहरूको वर्णन गर्दछ कि सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ । यसमा गरिएका परिवर्तनहरू सहमतिको प्रतिबिम्बित हुनुपर्छ । |
| पृष्ठ सारंश: विकिपीडिया व्यक्ति/समूहको विचार प्रकाश गर्दैन: सम्पूर्ण यहाँका सामग्रीहरू विश्वश्निय स्रोतहरू बाट लिइएका हुन्छन् । विकिपीडियाका लेखहरूका उद्देश्य विचार, विश्लेषण वा निष्कर्ष दिनु होइन बरू विविध भरपर्दो स्थानमा कस्ता सामग्री छन्, तिनलाई मिलाई यहाँ ज्ञान बाँड्नु मात्रै हो । |
विकिपीडियाका लेखहरू मूलअनुसन्धानमा लेखिएको हुनु हुदैँन । "मुल अनुसन्धान" भन्नाले ती विचार, सोच वा दोषयुक्त सामग्री जनाउँछन् जुन कुनै प्रकाशित सामग्रीहरूमा उल्लेख गरिएका छैनन् । यसले विविध स्थानबाट जानकारी झिकि सम्पादक स्वयंले निष्कर्ष निकाली लेख लेख्ने प्रक्रियालाई जनाउँछ । यस विपरीत अन्य भरपर्दो स्थानमा प्रकाशित सामग्रीबाट सन्दर्भ जोडेमा भने मान्य हुनेछ, लेखमा समावेश गरिएका निष्कर्ष अन्य स्थानमा बताइएको हुनैपर्छ । मुल अनुसन्धान वार्ता पृष्ठ, लेख मेटाउने जानकारी दिँदा र आधिकारिक नीति पृष्ठमा भने लागू हुदैँन ।
मूल अनुसन्धान निषेधको अर्थ लेखमा सम्पूर्ण लेखमा सामग्री थप्दा विश्वासिलो प्रकाशित स्रोतबाट सन्दर्भ जोडिएको हुनपर्छ भन्ने नै हो । विकिपीडियाको प्रमानिकता नितिले कुनै पनि दोधारयुक्त जानकारीमा सन्दर्भ सामग्री जोड्नैपर्ने कुरा बताउँछ । सन्दर्भ सामग्री जोडिए पनि उक्त स्रोतबाट हुबहु जानकारी भने सार्नु हुदैँन । उक्त जानकारीलाई संवत्: आफ्नै भाषामा मिलाई अर्थपूर्ण रुपमा लेखिनु पर्ने हुन्छ ।
"मुल अनुसन्धान लेख निषेध" सहित तटस्थ दृश्टिकोण र प्रमानिकता विकिपीडियाका मुख्य नीति हुन् र सम्पादकहरूले यी तीनवटै नीति ध्यान दिनु र बुझ्नु आवश्यक छ ।
अन्य[सम्पादन गर्ने]
| यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ । यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईंको कुनै पनि सहयोगलाई स्वागत छ । यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो ट्याग हटाउनुहोला । यो पृष्ठलाई अन्तिम पटक Biplab Anand (वार्ता)ले सम्पादन गर्नु भएको हो । (९ महिना अघि) (शुद्धीकरण) |
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||