सामग्रीमा जानुहोस्

विकिपिडिया:वर्ण विन्यास र हिज्जे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियामा शुद्ध शब्दहरूको प्रयोगको निम्ति निम्न दिशानिर्देशको पालना गर्न सबै प्रयोगकर्ताहरूलाई निवेदन गरिन्छ। यी नियमहरू नेपाली बृहत् शब्दकोश, नेपाली व्याकरणका पुस्तक, नेपाल सरकारद्वारा स्वीकृत वर्ण विन्यास प्रयोग सम्बन्धी दस्तावेजहरूको अधारमा तयार गरिएका छन्। यसमा कुनै थप नियम तथा जानकारी दिनु परे यस पृष्ठको वार्तालापमा राखिदिनहुन सबैलाई अनुरोध गरिन्छ। नेपाली विकिपिडियामा भाषा प्रयोगमा देखा परेका त्रुटिहरू सच्याउन यसले धेरै मद्दत गर्नेछ।

अन्त्यमा दीर्घ हुने शब्दहरू

अन्त्यमा दीर्घ हुने शब्दहरू
अशुद्ध शब्दहरू शुद्ध रूप
बहिनि, दिदि, काकि, सालि, छोरि, स्वास्नि, रानि, भैसिँबहिनी, दिदी, काकी, साली, छोरी, स्वास्नी, रानी, भैसीँ
भाउजु, माइजु, फुपु, सासुभाउजू, माइजू, फुपू, सासू
टोपि, कौसि, फर्सि, डालि, चिम्टि, मिठाइ, सलाइटोपी, कौसी, फर्सी, डाली, चिम्टी, मिठाई, सलाई
केहि, कोहि, यहिंकेही, कोही, यहीँ
व्यापारि, नोकरि, सिपाहि, नेपालि, अधिकारि, कास्कि, गुल्मिव्यापारी, नोकरी, सिपाही, नेपाली, अधिकारी, कास्की, गुल्मी
राम्ररि, यसरि, उसरि, जसरि, कसरि, त्यसरिराम्ररी, यसरी, उसरी, जसरी, कसरी, त्यसरी
हामि, तिमि, उनि, तिनि, यि, उनकि, उसकि, हाम्रिहामी, तिमी, उनी, तिनी, यी, उनकी, उसकी, हाम्री
गरीबि, इमान्दारि, बेहोशि, ज्ञानि, गोरि, राम्रिगरीबी, इमान्दारी, बेहोशी, ज्ञानी, गोरी, राम्री

पञ्चम वर्ण प्रयोग सम्बन्धित नियम

संस्कृतबाट आएका शब्दहरू(तत्सम पद)मा शिरबिन्दुदेखि उता क, च, ट, त, प वर्ग भए शिरबिन्दुको स्थानमा त्यसै वर्गको ङ, ञ, ण, न, म लगाउनु पर्दछ।

उदाहरण-१
# शिरबिन्दुदेखि परको वर्ग संस्कृतबाट आएका शब्दहरू(तत्सम) शिरबिन्दुको स्थानमा प्रयोग हुने वर्ग नेपालीमा लेखिनु पर्ने शब्दहरू
अंक
ङ्
अङ्क
शंख
ङ्
शङ्ख
गंगा
ङ्
गङ्गा
संघ
ङ्
सङ्घ
अंचल
ञ्
अञ्चल
कुंज
ञ्
कुञ्ज
झंझा
ञ्
झञ्झा
कंटक
ण्
कण्टक
कंठ
ण्
कण्ठ
१०
अंडाशय
ण्
अण्डाशय
११
अंतर
न्
अन्तर
१२
पंथ
न्
पन्थ
१३
दंत
न्
दन्त
१४
अंधकार
न्
अन्धकार
१५
संपत्ति
म्
सम्पत्ति
१६
संबन्धित
म्
सम्बन्धित
१७
संभावना
म्
सम्भावना
१८
संमान
म्
सम्मान

शिरबिन्दु सम्बन्धी नियम

नेपाली भाषामा संस्कृतबाट आएका शब्दहरू अर्थात तत्सम शब्दहरूमा मात्रै शिरबिन्दुको प्रयोग गर्नुपर्छ। तद्भव, आगन्तुक तथा मौलिक नेपाली शब्दमा यसको प्रयोग गर्नु हुँदैन। तत्सम शब्दहरूमा य, र, ल, व, श, स, ष, ह, ज्ञ को आगाडि नासिक्य ध्वनि उच्चारण भएमा शिरबिन्दुको प्रयोग हुन्छ।

# शब्द उदाहरण
संयोग, संयम
संरचना, संरक्षण, संरक्षक
संलग्न, संलाप
संवाद, संविधान, संवार्ता
अंश, संशय, वंश, कंश
संस्कृति, संस्था, संसार
-
संहार, संहिता
ज्ञसंज्ञा, संज्ञापद

चन्द्रबिन्दु ( ँ) सम्बन्धी नियम

नेपाली भाषामा संस्कृतबाट आएका शब्दहरू अर्थात तत्सम शब्दहरूबाट तद्भव शब्द बनेका शब्द तथा आगन्तुक शब्दमा नासिक्य ध्वनि उच्चारण भएमा चन्द्रबिन्दुको प्रयोग हुन्छ।

उदाहरण
गएँ, खाएँ, गाउँछ, आउँछ, काँठ, आँप, अँध्यारो, उँभो, सँग, काठमाडौँ, हुँदा, गरिँदै, दसैँ, नवौँ, पाँचौँ

'तत्सम' बाट 'तद्भव' बनेका शब्दहरू

# तत्सम शब्द तद्भव शब्द
हंसहाँस
वंशबाँसुरी
कण्ठघाँटी
आम्रआँप
ग्रामगाउँ
अङ्गुलऔँला
अक्षिआँखा

'स्वरान्त' वा 'द्विस्वरान्त' धातुमा 'दा, दै, दो' जोडिँदा अघिल्लो वर्णमा चन्द्रबिन्दुको प्रयोग हुने शब्दहरू

# धातु जोड शब्द बन्ने शब्द
खादाखाँदा
दिदैदिँदै
हुदोहूँदो
समाउदैसमाउँदै
रमाउदारमाउँदा

'वर्तमान', 'भूत' र 'भविष्यत्' कालका प्रथम पुरुष क्रियापदमा चन्द्रबिन्दुको प्रयोग हुने शब्दहरू

# उदाहरण
हामी बजार 'जान्छौं'।
हामी बजार 'गयौँ'।
हामी बजार 'जानेछौं'।
हामी खेल 'खेल्दैछौं'।
हामी खेल खेल्दै 'थियौँ'।
मैले खाना 'खाएँ'।

क्रियापदमा 'द' वा 'छ' को आगाडि 'उ' आएमा चन्द्रबिन्दुको प्रयोग हुने शब्दहरू

उदाहरण
गाउँछ, खेलाउँछ, सुनाउँदछ, पढाउँदछन्

सङ्ख्यावाचक शब्दलाई नेपालीमा लेख्ने तरिका

सङ्ख्या
एक, दुई, तिन, चार, पाँच, छ, सात, आठ, नौ, दस, एघार, बाह्र, तेह्र, चौध, पन्ध्र, सोह्र, सत्र, अठार, उन्नाइस, बिस, एक्काइस, बाइस, तेइस, चौबिस, पच्चिस, छब्बिस, सत्ताइस, अठ्ठाइस, उनन्तिस, तिस, एकतिस, बत्तिस, तेत्तिस, चौतिस, पैँतिस, छत्तिस, सैँतिस, अठतिस, उनन्चालिस, चालिस, एकचालिस, बयालिस, त्रिचालिस, चवालिस, पैँतालिस, छयालिस, सतचालिस, अठचालिस, उनन्चास, पचास, एकाउन्न, बाउन्न, त्रिपन्न, चउन्न, पचपन्न, छपन्न, सन्ताउन्न अन्ठाउन्न, उनन्साठी, साठी, एकसट्ठी, बयसट्ठी, त्रिसट्ठी, चौसट्ठी, पैँसट्ठी, छयसट्ठी, सतसट्ठी, अठसट्ठी, उनन्सत्तरी, सत्तरी, एकहत्तर, बहत्तर, त्रिहत्तर, चौहत्तर, पचहत्तर, छयहत्तर, सतहत्तर, अठहत्तर, उनासी, असी, एकासी, बयासी, त्रियासी, चौरासी, पचासी, छयासी, सतासी, अठासी, उनानब्बे, नब्बे, एकानब्बे, बयानब्बे, त्रियानब्बे, चौरानब्बे, पन्चानब्बे, छयानब्बे, सन्तानब्बे, अन्ठानब्बे, उनान्सय, सय

विभक्ति सम्बन्धी नियम

नेपाली भाषामा ले, बाट, द्वारा, लाई, लागि, निम्ति, देखि, को, का, की, रो, रा, री, नो, ना, नी, मा र माथि शब्दहरूलाई विभक्ति भनिन्छ, यिनको प्रयोग निम्न प्रकार गरिन्छ।

# कारक भूमिका विभक्ति चिह्न उदाहरण
कर्ताकाम गर्नेप्रथमाले, बाट, द्वारारामले पढ्यो।
कर्मकामको असर पर्नेद्वितीयालाईरामले श्यामलाई पिट्यो।
करणकाम गर्ने साधनतृतीयाले, बाट, द्वाराउसले चम्चाले खाना खान्छ।
सम्प्रदानजसका लागि काम गरिन्छचतुर्थीलाई, लागि, निम्तिअर्जुनले बहिनीलाई घर ल्याउँछ।
अपादानछुट्टिने ठाउँ, सुरु हुने समयपञ्चमीदेखि, बाटऊ इटहरीबाट आयो।
सम्बन्धस्वामित्व देखाउनेषष्ठीको, का, की, रो, रा, री, नो, ना, नीउसको/उसका/उनकी/मेरा/आफ्ना
अधिकरणआधार दिनेसप्तमीमा, माथिटेबुलमा किताब छ।