सामग्रीमा जानुहोस्

विकिपिडिया:विकिपिडिया एसियाली महिना २०२५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुख्य मिडिया सन् २०२५ सन् २०२२ सन् २०१९ सन् २०१८ सन् २०१७ सन् २०१६
विकिपिडिया एसियाली महिना २०२५

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन–थन प्रतियोगिता हो, जसको उद्देश्य एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरूबीच समझदारी र सहकार्य बढाउनु हो। यो सम्पादन–थन नोभेम्बर २०२५ भरि सञ्चालन हुनेछ, र यसको मुख्य उद्देश्य नेपाली विकिपिडियामा नेपाल बाहेकका एसियाली राष्ट्रहरूसम्बन्धी लेखहरूको संख्या र गुणस्तर सुधार गर्नु हो।

विकिपिडिया एसियाली समुदायबीचको मित्रता र सांस्कृतिक आदानप्रदानको प्रतीकस्वरूप, कम्तीमा चारवटा लेखहरू सिर्जना गर्ने सहभागीहरूले अर्को सहभागी समुदायबाट विशेष रूपमा तयार गरिएको विकिपिडिया पोस्टकार्ड प्राप्त गर्नेछन्।

कुन विकि समुदायबाट पोस्टकार्ड प्राप्त हुनेछ भन्ने कुरा आश्चर्यको रूपमा रहनेछ। साथै, प्रत्येक विकिपिडियामा सबैभन्दा बढी लेख सिर्जना गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली महिना गोल्डन अवार्ड" प्रदान गरिनेछ।

नियमहरू

छोटकरीमा: नोभेम्बर २०२५ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने

  • तपाईले नोभेम्बर १, २०२५ ०:०० देखि नोभेम्बर ३०, २०२५ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ।
  • लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ।
  • लेखले लेखको उल्लेखनियताको मापदण्ड पूरा गरेको हुनु पर्नेछ।
  • लेखमा विश्वाशिलो स्रोत हुनु पर्नेछ, लेखमा भएका शङ्कास्पद तथा विवादास्पद तथ्यहरूमा रूजुयोग्य स्रोत खुलाएको हुनु पर्नेछ।
  • लेख मेसिनको अनुवादमा आधारित हुनु हुदैन साथै लेख सभ्य भाषामा लेखिएको हुनु पर्नेछ।
  • लेखमा कुनै पनि विवाद हुन नहुने।
  • सूचीको लेख हुन नहुने।
  • लेखमा विशेष सूची राखिएको भएका त्यसलाई गणना गरिनेछ।
  • लेख सुचनामूलक हुनु पर्ने।
  • लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ। विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ। जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने।
  • आयोजकले लेखलाई अर्को आयोजकबाट जाँच गराएको हुनु पर्नेछ।
  • टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ।
  • माथि उल्लेखित नियम पूरा गर्दै ४ लेख सिर्जना गरेपछि, तपाईंले कुनै एक एसियाली समुदायबाट डिजिटल बार्नस्टार प्राप्त गर्नुहुनेछ।
  • विकिपिडिया एसियाली महिना गोल्डन अवार्ड विजेताले एसियाली सम्बद्ध संस्थाहरूबाट हस्ताक्षर गरिएको प्रमाणपत्र र अतिरिक्त पोस्टकार्ड पाउनुहुनेछ। थप जानकारीका लागि प्रश्न तथा उत्तर हेर्नुहोस्।

सहभागी हुनुहोस्

लेख पेश गर्नुहोस्

नेपाली विकिपिडियामा एसियाली महिनाका लागि योगदान गर्नुभयो? फाउन्टेन उपकरण मार्फत तपाईंको योगदान पेश गर्नुहोस्, र {{WAM talk 2025}} ढाँचा फाउन्टेन उपकरणले स्वतः लेखका वार्ता पृष्ठहरूमा थप्नेछ।

फाउन्टेनमार्फत योगदान पेश गर्दा समस्या भएमा, कृपया कार्यक्रमको वार्ता पृष्ठमा जानकारी दिनुहोस् र पछि फेरि प्रयास गर्नुहोस्। पहिले पेश गरिएका योगदानहरू यहाँ हेर्न सकिन्छ।

आयोजक

निर्णायक सदस्यहरू

अघिल्ला संस्करणहरू

उपयोगी कडीहरू

सम्बन्धन