विकिपिडिया:विकी विमिन एडिटाथन २०२५
स्वरूप
| विकी विमिन एडिटाथन २०२५ | |
|---|---|
विकी विमिनको लोगो | |
| शैली | एडिटाथन |
| आरम्भ | अगस्ट ०५, २०२५ |
| समाप्ति | अगस्ट ३१, २०२५ |
| उद्घाटन | विकी विमिन एडिटाथन २०१६ |
| हालैको | विकी विमिन एडिटाथन २०१९ |
| सहभागीहरू | विश्वभरका विभिन्न भाषीहरू |
| संरक्षक(हरू) | सरोज कुमार ढकाल |
| आयोजनकर्ता | नेपाली विकिपिडियन |
| नारा: "महिला स्वास्थ तथा स्वच्छता सम्बन्धी जागरूकता" | |
विकी विमिन एडिटाथन २०२५ विकिपिडिया र विकिपिडियाका भातृ परियोजनामा समर्पित सम्पूर्ण नेपालीभाषी योगदानकर्ताहरूले स्वतन्त्रतापूर्वक सहभागिता जनाउन सक्ने विकिमिडिया समुदाय नेपालद्वारा आयोजित नारी सम्मानमा समर्पित प्रतियोगिता हो। यस अघि नारी दिवसको अवसर पारेर विकिमिडिया समुदाय नेपालले यस कार्यक्रमको आयोजना गरेको थियो।
संयोजन समूह
[सम्पादन गर्नुहोस्]- नविन सापकोटा- कार्यक्रम संयोजक
- निर्मल दुलाल- तालिम संयोजक
- डा. सबिना खड्का - महिला स्वास्थ विज्ञ
- सोनीका अर्याल - मिडिया संयोजक
नारा
[सम्पादन गर्नुहोस्]"महिला स्वास्थ तथा स्वच्छता सम्बन्धी जागरूकता"
उद्देश्य
[सम्पादन गर्नुहोस्]- नेपाली विकिपिडियामा महिला स्वास्थ्य सम्बन्धी लेखहरू वृद्धि गर्नु,
- नेपाली विकिपिडियामा महिला सहभागिता बढाउनु,
- नेपाली विकिपिडियामा महिला सम्बन्धी लेखहरू वृद्धि गर्नु,
- नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु,
- नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु,
- विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गराउनु,
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु।
कसरी सहभागी हुने
[सम्पादन गर्नुहोस्]- सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस्
सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस वा पहिला नै खाता खोलिसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस । विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।
कुन लेखहरू बनाउने वा सुधार गर्ने?
[सम्पादन गर्नुहोस्]
विकी विमिन एडिटाथनमा के गरिन्छ?
[सम्पादन गर्नुहोस्]- धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छ।
- लेख कसरी लेख्ने वा कसरी प्रस्तुतीकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
- लेखहरूको स्तरीकरण गरिन्छ।
- तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
योगदानको खाका
[सम्पादन गर्नुहोस्]- अगस्ट ०५ , २०२५ - अगस्ट ३१ , २०२५ सम्म सबै महिला तथा पुरुष योगदानकर्ताले आ-आफ्नो ठाउँबाट विकिपिडियाका विभिन्न लेखहरूमा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखहरूमा सामग्री थप गर्ने वा परिमार्जन गरि सुधार गर्ने।)
- प्रतियोगिता अवधि भर अगस्ट ०५ , २०२५ - अगस्ट ३० , २०२५)मा सबैभन्दा धेरै लेखहरू निर्माण तथा सम्पादन गर्ने योगदानकर्ताहरूलाई पुरस्कृत गरिनेछ।
- लेख निर्माण गर्दा लेखमा इन्फोबक्स, स्रोत सामग्री र बाह्य कडी राख्नुका साथै लेखमा कम्तीमा ८० शब्द हुनु अनिवार्य छ। अझ बढी जानकारीको लागि नयाँ पृष्ठ कसरी आरम्भ गर्ने हेर्नुहोला।
- कुनै लेख सम्पादन गर्दा प्रतिसम्पादनमा ८० शब्द राख्नु पर्नेछ ।
- यस प्रतियोगिता अन्तर्गत बनाइएका वा सुधार गरिएका लेखहरू यस प्रतियोगिताको तदर्थ समितिका सदस्यले जाँच गरी तथ्याङ्कमा जोड्नेछन्।
- विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ।
पुरस्कार
[सम्पादन गर्नुहोस्]- यस कार्यक्रममा भाग लिइ योगदान दिने उत्कृष्ट तीन योगदानकर्ताहरू प्रथम, द्वितीय र तृतीयलाई क्रमशः आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
- यस कार्यक्रममा सहभागी सबै योगदानकर्ताहरूलाई कदर-पत्र प्रदान गरिनेछ ।
विजेताहरू
[सम्पादन गर्नुहोस्]
पर्वत सुवेदी
हिमाल सुवेदी
Omnathpokh1
- कृपया विजेताले पुरस्कारको लागि र सम्पूर्ण सहभागीले सहभागिताको प्रमापत्रको लागि कार्यक्रम संयोजक सँग शीघ्र सम्पर्क गर्नुहोला ।