सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विकिपिडिया:Requests for adminshipबाट अनुप्रेषित)
 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 
विकिपिडियालाई सफा र स्वस्थ राख्न तथा त्रुटीहरूलाई हटाउने जस्ता प्रशासनिक कार्यका लागि प्रबन्धकहरूलाई विशेष रूपले कुचो चिन्हले वर्णित गरिन्छ ।

प्रबन्धक विकिपिडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपिडिया प्रणालीको केही आवश्यक तथा प्रतिबन्धित उपकरण वा विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन्। कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन्। कृप्या प्रबन्धक पदको लागि निवेदन गर्नुभन्दा पहिला प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नुहोस्।


प्रबन्धक पदको लागि निवेदनको प्रक्रिया

[सम्पादन गर्नुहोस्]

ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात १ हप्तासम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्नेछ जसको उत्तर दिनु वा नदिनु तपाईँ माथि निर्भर गर्छ। तपाईको आवेदनसँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ। कृप्या आवेदन गरिसके पश्चात इमेलद्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईँको आवेदनको बारेमा जान्न सकोस र तपाईँको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : १५:४०, १६ नोभेम्बर २०२५ (युटिसी)

निवेदन फारम बनाउनुहोस्:

तल दिइएको बाकसमा प्रयोगकर्ताको ठाउँमा आफ्नो प्रयोगकर्ता नाम राखेर आवेदन गर्न सकिन्छ।


प्रबन्धक पदको लागि निवेदनहरू

[सम्पादन गर्नुहोस्]

मत राख्नुहोला

स्थिति:    छलफल जारी

Saroj (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)

२२ नोभेम्बर २०२५ १०:१० युटिसी भन्दा पूर्व नसकिने

म, सरोज उप्रेती, नेपाली विकिपिडियामा पुनः प्रबन्धक अधिकारको लागि निवेदन दिन चाहन्छु। विगतमा म लगभग डेढ वर्षसम्म प्रबन्धकको रूपमा कार्यरत रही, लेख मेटाउने, पृष्ठ संरक्षण गर्ने, सम्पादन नियन्त्रण गर्ने तथा प्राविधिक सुधारसँग सम्बन्धित विभिन्न कार्यहरूमा सक्रिय रूपमा संलग्न रहिसकेको अनुभव छ। (मेरो अघिल्लो प्रबन्धक अधिकारको निवेदन हेर्नुहोस्: २०२१ को निवेदन)।

समय र परिस्थितिका कारण केही समय निष्क्रिय रहनु परेको भए पनि, हाल पुनः सक्रिय भई विकिपिडियाको गुणस्तर, सुव्यवस्था र समुदायिक सहयोगमा निरन्तर योगदान गर्न चाहन्छु।

भविष्यमा म विशेषतः निम्न क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न चाहन्छु —

  • नयाँ प्रयोगकर्ताहरूलाई सहयोग र मार्गदर्शन प्रदान गर्ने,
  • मेटाउनुपर्ने वा सुधार गर्नुपर्ने पृष्ठहरूको व्यवस्थापन गर्ने,
  • लेखहरूको सामग्रीगत र प्राविधिक सुधारमा सहयोग पुर्‍याउने,
  • र विकिपिडियाको दुरुपयोग नियन्त्रण तथा सुरक्षासम्बन्धी कार्यहरूमा सहभागिता जनाउने।

यीमध्ये केही कार्यहरू सामान्य प्रयोगकर्ताको रूपमा पनि गर्न सकिन्छ, तर प्रबन्धक उपकरणहरूको सहयोगले ती कामहरू अझ प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने विश्वास लिएको छु।

म यो जिम्मेवारीलाई गम्भीर रूपमा ग्रहण गर्दै, समुदायको विश्वास र सहकार्यका साथ इमानदारीपूर्वक प्रबन्धकीय कार्यहरू सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। धन्यवाद। — Saroj (कुरा गर्नुहोस्) १५:५५, १५ नोभेम्बर २०२५ (नेपाली समय)[जवाफ दिनुहोस्]