विकिपिडिया:अस्पष्ट पृष्ठहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कतिपए शब्दहरू यस्ता हुन्छन् जसको धेरै प्रकारको अर्थ लाग्न सक्छन् । विकिपिडियामा यस्ता शब्दहरूलाई अस्पष्ट शब्द भनिन्छ । यस्ता शब्दहरूसँग सम्बन्धित विषयहरूमा छुट्टा-छुट्टै लेखहरू बनाइन्छन् । मिल्दो जुल्दो नामका एक भन्दा धेरै लेखहरू भएकोमा पाठक एकको सट्टा अर्को लेखमा पुग्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा पाठकहरूले आफुलाई मन पर्ने लेख सजिलै खोज्न सकोस् भनेर विकल्प देखाउनु पर्ने आवस्यकता पर्छ । यस्तो विकल्प देखाउने निम्न तरिकाहरू छन् ।:-

विकल्प देखाउने तरीकाहरू[सम्पादन गर्नुहोस्]

लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यदि शब्द अथवा वाक्यसँग सम्बन्धित केही मात्र लेख छ र यसमा एक अरु भन्दा धेरै प्रचलित छ भने मुख्य नाममा प्रचलित विषयको लेख राखिन्छ र सबै लेखहरूको आरम्भमा अर्को लेखको लिङ्क राखिन्छ । यस्तो गर्नाले पाठकहरू अर्को बिषयको लेख सजिलै खोज्न सक्छन् । उदाहरण:- मुद्रा नामको लेखमा सबै भन्दा माथी रुपैयाँको लिङ्क दिन सकिन्छ ।

स्पष्टता पृष्ठ[सम्पादन गर्नुहोस्]

स्पष्टता पृष्ठ यस्ता पृष्ठ हुन् जसले कुनै शब्द अथवा वाक्यसँग सम्बन्धित सबै बिषयका लेखहरूको सूची देखाउँछन् । यस्ता स्पष्टता पृष्ठहरूमा लेखहरूको सूची बाहेक अन्य कुनै पनि सामाग्री राखिन्न । सूचीको अन्तमा {{अस्पष्टता}} ढाँचाको प्रयोग गरिन्छ । यदि कुनै शब्द अथवा वाक्यसँग सम्बन्धित बिषहरूको सङ्ख्या धेरै छ र उनीहरूमा एक शब्द अथवा वाक्य अरु भन्दा धेरै प्रचलित छ भने मुख्य नाममा प्रचलित बिषयका लेखहरू राखेर स्पष्टता पृष्ठ बनाइन्छ । मुख्य लेखको नाम (स्पष्टता) राखिन्छ । यहाँ ( अरु नामका अन्तमा एक स्पेस राखिन्छ । उदाहरणको लागि: कर्णाली नेपालको नदीको बारेमा हो अन्य बिषयको लागि कर्णाली (स्पष्टता) छ । यदि शब्द अथवा वाक्यसँग सम्बन्धित धेरै बिषयहरू छन् र उनीहरूमा सबै प्रचलित छन् भने यस्तो अवस्थामा मुख्य लेखको एक स्पष्टता पृष्ठ बनाइन्छ र सबै लेखहरूको नाम सबै लेखहरूको नाम अगाडी एक स्पेस दिएर कोष्ठमा कुनै उपयुक्त प्रत्यय जोडिन्छ अथवा बिषयको पुरै नाम प्रयोग गरिन्छ । माथि उल्लेखित बिषयहरूसँग सम्बन्धित उदाहरणहरू तल दिइएका छन् ।

  1. नेपाली एक स्पष्टता पृष्ठ हो । यस पृष्ठले नेपालीसँग सम्बन्धित बिषयका लेखहरू देखाउँछ । यस पृष्ठमा नेपाली जाति, नेपाली भाषानेपाली नागरिकका लिङ्कहरू समावेस छन् । नेपाली शब्दमा सबै विषयहरू उत्तिकै प्रचलित छन् । यि लेखहरूका पुरा नाम छुट्टा छुट्टै छन् । यि लेखहरूका अगाडी कुनै पनि प्रत्यय दगाइएको छैन ।
  2. तास एक बहुविकल्पी पृष्ठ हो । यसमा तास (कपडा), तास (समाचार संस्था) तास (खेल)तास (परिकार)का लिङ्कहरू दिइएका छन् । यि लेखहरूको विषयको मुल नाम तास नै हो अतः दुईवटै नाममा स्पेस दिएर उपयुक्त प्रत्यय जोडिएको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]

  • Dablinks, एक टूल्सर्वर टूल जसले कुनै पनि पृष्ठमा मौजुद अस्पष्ट पृष्ठहरूलाई लिङ्कको सूची दिन्छ ।