विकिपिडिया:आजको लेख/मापदण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आजको लेखले विकिपिडियामा भएका कुनै पनि मिती अनुसार सम्बन्धित पर्व, व्यक्तित्व वा क्रियाक्लाप सम्बन्धी लेख राखिन्छ । यस्ता लेखहरूमा लेखन शैलीको कुशलताका र सामग्रीको उल्लेखनीयताका कारणले आजको लेख लेखको रूपमा छनौट गरिन्छ । विकिपिडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई आजको लेख लेखको रुपमा वर्गिकरण गरिनेछ । लेखहरु मध्येबाट विकिपिडिया सम्पादक समुहको मतदान पश्चात निर्वाचित तथा आजको लेख समन्वय समितिको सिफारिस अनुसार लेखलाई आजको लेखको रूपमा मुख्य पृष्ठमा, छानिएको लेखको रूपमा राख्न सकिनेछ ।

  • भाषा:व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।
  • विस्तृत: लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।
  • दृढ/स्थिर:लेख पूर्ण दृढ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् ।
  • सहमतीय: कम्तिमा २ (दुई) सम्पादकहरूले समर्थन गर्नु पर्दछ र ८०% कूल समर्थन हुनु पर्ने छ ।