विकिपिडिया:विकिपिडियन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जसले पनि विकिपिडिया आफ्नो हातमा राख्न सक्छन्, तपाईं पनि सक्नुहुन्छ, मात्र लेख सम्पादन गर्ने प्रयास गर्नुस् ।

विकिपीडियन वा विकि सम्पादक भन्नाले विकिपिडियामा नयाँ लेख सिर्जना गर्ने वा पुराना लेख सम्पादन गर्ने सम्पादकहरू हुन्, ती विकिपिडियामा भएका लेखहरूलाई पढ्ने अध्ययनकर्ता भन्दा फरक हुन् । तपाईं लगायत जो कोही पनि विकिपीडिन बन्न सक्छन्—दृढ भएर सम्पादन गर्नुहोस् । धेरै जान्न र सिक्नका लागि स्व:शिक्षा पढ्नुहोस् ।

विकिपीडियनको काम भनेको लेख सुधार्नु हो, लेखमा अनावश्यक बर्बरता हटाउनु, विवादरहित लेख बनाउनु, जानकारीलाई उत्तम र उपयोगी बनाउनु हो; मुख्य कुरा सम्पुर्णमा ज्ञान बाँढ्नु हो ।


लेख र सम्पादक सङ्ख्या[सम्पादन गर्नुहोस्]

विकिपीडियनहरूको जनसंख्या[सम्पादन गर्नुहोस्]

दर्ता भएका सदस्यहरूको संख्या ९० लाख भन्दा पनि धेरै छ (नेपाली विकिपिडियामा ६६,५४५) जना विकिपीडिनहरू छन् । तपाँई पूर्ण प्रयोगकर्ता सूची हेर्न सक्नु हुन्छ अथवा यसमा खोजी गर्न सक्नु हुन्छ । अधिकांश प्रयोगकर्ताहरू नियमित योगदानकर्ता छैनन् । अपेक्षाकृत अधिक संख्यामा दर्ता नभएका प्रयोगकर्ता पनि योगदान दिन्छन् । धेरै संख्यात्मक जानकारीको लागी विकिपिडिया तथ्यांक हेर्नुहोस् ।

विकिपीडियनहरूको विविधता उनको बारेमा स्पष्ट टिप्पणी गर्न नपाउनाको लागी बाध्य गर्छ । विकिपीडियनहरूको बारेमा जानकारी प्रयोगकर्ताको प्रयोगकर्ता पृष्ठहमा उपलब्ध छ जसले यसलाई बनाएका हुन् ।

लेख संख्या[सम्पादन गर्नुहोस्]

१९ मार्च २०२४ सम्म नेपाली विकिपिडियामा ३२,९४६ लेखहरू रहेका छन्

यो प्रस्तावित गरिएको छ कि विकिपीडियनहरूको लागी विकिपीडिस्ट धेरै उपयुक्त नाम रहने छ । किन भने एक इनसाक्लोपीडियामा योगदान दिनेहरूलाई इनसाइक्लोपीडिस्ट भनिन्छ । "विकिपिडिया" पनि यो समुदायको एक भाग भएको भाव दिन्छ । यसैले जो विकिपिडिया समुदायको निर्माण गर्छन् उनिहरू विकिपीडियन हुन्छन्, ।

कुनै विकिपीडियनले नयाँ प्रयोगकर्ताहरूको स्वागत गर्छन्, कसैले योग्य प्रयोगकर्ताहरूलाई पुरस्कार दिन्छन् । कसैले नयाँ चित्र अपलोड गर्छन्; कसैले इतिहास सम्बन्धित लेखहरूमा कार्य गर्छन्; कसैले व्याकरण सुधार गर्छन्, तथा कुनै खराब परिवर्तनहरूलाई पूर्ववत गर्छन् । कैयोँ यी सबै कामहरू गर्छन्। दुर्भाग्यवश, कसैले गलत अद्यतन पनि गर्छन्, जसबाट अरुलाई धेरै काम गर्नु पर्छ । जो खराब परिवर्तन गर्दैनन्, यी सब विकिपीडियन , विकिपिडियाको लागी मूल्यवान हुन्।

यसको अतिरिक्त, केही विकिपीडियन लेखहरूलाई लेखेर तथा उनको सम्पादन गरेर योगदान दिन्छन्, तथा केही विकिपिडियाको प्रवन्धनको कार्य गर्छन्।

विकिपिडियाका योगदानकर्ताहरू अन्य परियोजनामा विभिन्न दर्जामा बाँडिए झैँ सानो ठूलो दर्जाको न भएर सबै सयम सेवक नै हुन्। तापनि कुनै पनि काम गर्न एक दुइ जनाले जिम्मेवारी सम्हालेको नै हुनु पर्छ। त्यस्तै विकिपिडियामा पनि केही व्याक्ती हरूलाई सिस्टम चलाउने अधिकार दिइएको हुन्छ जसलाई प्रवन्धक भनिन्छ । अन्य विकिपीडियनहरू दर्ता भएका सबैले विकि पानाहरूलाई सार्न, फाईल अपलोड गर्न, पृष्ठ सम्पादन गर्न आदी सबै कामहरू गर्न पाउने अधिकार प्राप्त हुन्छ। यदी तपाईं विकिपीडियनको बारेमा धेरै जान्ने चाँसो राख्नु हुन्छ भने अंग्रेजीमा पढ्न सक्नु हुनेछ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]