विकिपीडिया:विकिपीडिया शब्दकोश होइन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Green check.png यो पृष्ठले नेपाली विकिपीडियाको आधिकारिक नीति जनाउँछ । धेरैजनाले यसको समर्थन गर्दछन् । उनीहरूको विचारमा यो एक मापदण्ड हो जसलाई सबै प्रयोगकर्ताहरूले पालना गर्नुपर्दछ । यस पृष्ठमा परिवर्तन गर्दा कृपया ध्यान पुर्याउनुहोस् कि सबैजना तपाईंले गरेको परिवर्तनसँग सहमत छन् । यदि तपाईँ पक्का हुनुहुन्न वा केही परिवर्तन प्रस्ताव गर्न चाहनुहुन्छ भने वार्तालाप पृष्ठको प्रयोग गर्नुहोस् ।
सङ्क्षिप्त रूप:

विकिपीडिया शब्दकोश होइन या कुनै शब्दको विवेचना, शब्द प्रयोग, शब्द उत्पत्ति वा व्याकरण बुझाउने थलो होइन । यस विपरीत विकिपीडिया ज्ञानकोश हो । विकिमिडियाको अन्य भातृ परियोजना विकिस्नरी शब्दकोश हो

विकिपीडियाका लेखहरू लेखको विषयको मुख्य जानकारी (Defintion) बाट सुरु हुन्छन् र अन्य जानकारीहरू बताउँदैँ जान्छन् । विकिपीडियाका लेखहरू व्यक्ति, समूह, स्थान, घटना, वस्तु, विचार वा कुनै ठोस विषयका बारेमा हुन्छन् । यहाँ शब्दको बयान गरि उखान-टुक्का, अर्थ र प्रयोग, शब्दको ईतिहास जस्ता विषयमा भने लेखिदैँन र लेख्नुहुदैँन ।

विकिपीडियाका लेखहरूमा शब्दको अलिकति जानकारी (जस्तै: शब्दको "उत्पत्ति" उपशीर्षक) को बारे लेखिए पनि विकिपीडियाको पूर्ण उद्देश्य भने होइन । यदि लेखका विषय व्याकरण र भाषा सम्बन्धि भए पनि विकिपीडियामा उक्त लेखका विषयमा सम्पूर्ण जानकारी समावेश गर्ने प्रयास गरिएका हुन्छन् ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]