विकिपिडिया:विकिमेनिया २०१८ प्रतिवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिमेनिया २०१८ – केप टाउन

विकिमेनिया विकिमिडियाको एक वार्षिक सम्मेलन हो । यसमा विकिपिडिया र यसका भातृपरियोजनाहरूका स्वयंसेवकहरूको सम्मेलन, वार्तालाप, भेटघाट, विकी शत्र तथा ह्याकाथन हुने गर्छ । यस बर्षको विकिमेनिया २०१८ दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना भएको थियो । यस विकिमेनियामा ७० राष्ट्रका विकिमिडियनहरूको सहभागिता रहेको थियो, जस मध्ये नेपालबाट ५ जना विकिमिडियनहरू सहभागी भएका थिए ।

नेपालबाट सहभागी विकिमिडियनहरू[सम्पादन गर्नुहोस्]

कार्यक्रमहरूमा सहभागिता[सम्पादन गर्नुहोस्]

  • डिजिटल राइट, विकिडेटा, विकिमिडिया कमन्स, विकि लभ्स अर्थ र विकि लभ्स मोन्युमेन्ट्स, कन्टेन्ट ट्रान्सलेसन, विकी शिक्षा कार्यक्रम, विकिमेड, इन्टरनेट उपनिवेशीकरण, विकिमिडिया रणनीति आन्दोलन २०३०, ग्ल्याम तथा उबुन्टु कसको लागि? जस्ता विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी भइयो ।
  • एसियाका भाषाहरूका विकिपिडियामा भइरहेको गतिविधिहरू बारे जानकारी आदान-प्रदानको लागि भेटघाट कार्यक्रममा भाग लिइयो ।
  • न्यु रिडर्स (नयाँ पाठक) कार्यक्रम अन्तर्गत नेपालमा मैथिली विकिपिडियाको लागि भइरहेको प्रचार प्रसार कार्यक्रम सम्बन्धमा विप्लव आनन्दले प्रस्तुतीकरण दिएका थिए ।
  • निर्मल दुलालनबिन सापकोटाले translatewiki.net को सेसनमा सहभागी भई विकिमेडियाका अत्यावश्यक सूचनाहरूलाई नेपाली भाषामा अनुवाद तथा अपडेट गरे ।

सिकाइ तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  • स्तरीय श्रव्य प्रस्तुतीकरण बनाएर नेपालमा कसरी विकी शिक्षा कार्यक्रमहरू, आउटरिच कार्यक्रमहरू सञ्चालन गर्न सकिने ।
  • सामान्य ढाँचा तथा मोड्युल प्रयोग गरेर कसरी साना विकिपिडियाहरूमा लेख स्तरीय बनाउने ।
  • नेपालका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनहरूलाई एक थलोमा जम्मा गरी नयाँ विचार र भेटघाट गराउन विकिपिडिया राष्ट्रिय सम्मेलन (विकी क्याम्प नेपाल) गर्न थप अनुभव प्राप्त भयो ।
  • कार्यक्रमको अन्तिम चरणमा विकिपिडियाको सह-संस्थापक जिमी वेल्सलाई मायाको चिनो स्वरूप विकिमिडियन्स अफ नेपालको कप प्रदान गरियो ।
  • नोट: यो प्रतिवेदन विकिमेनिया २०१८ मा सहभागी भएका नेपाली विकिमेडियनहरू अनुभवको आधारमा तयार पारिएको हो ।