विकिपीडिया:सुरक्षित पृष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Green check.png यो पृष्ठले नेपाली विकिपीडियाको आधिकारिक नीति जनाउँछ । धेरैजनाले यसको समर्थन गर्दछन् । उनीहरूको विचारमा यो एक मापदण्ड हो जसलाई सबै प्रयोगकर्ताहरूले पालना गर्नुपर्दछ । यस पृष्ठमा परिवर्तन गर्दा कृपया ध्यान पुर्याउनुहोस् कि सबैजना तपाईंले गरेको परिवर्तनसँग सहमत छन् । यदि तपाईँ पक्का हुनुहुन्न वा केही परिवर्तन प्रस्ताव गर्न चाहनुहुन्छ भने वार्तालाप पृष्ठको प्रयोग गर्नुहोस् ।
सङ्क्षिप्त रूप:
WP:PP


विकिपीडियाको मुख्य सिद्धान्त "सबैले सम्पादन गर्न सक्छन् (Anyone can edit) भएकाले सम्पूर्ण पृष्ठहरू सम्पादनका निम्ति सधैँ खुल्ला हुन्छन् । कुनै पृष्ठ भने अति नै महत्त्वपूर्ण हुने, पृष्ठको सम्पादनमा सबै सहभागी हुन पाउने हुँदा पृष्ठको स्तर बिगारिन सक्ने बुझि, अधिकार प्राप्त प्रयोगकर्ताहरूले मात्र सम्पादन गर्न मिल्ने बनाइएको हुन्छ, यसैलाई पृष्ठ सुरक्षा गरिएको भनिन्छ वा उक्त पृष्ठ सुरक्षित पृष्ठ हो ।

विकिपीडियाका केही लेखहरू लाई बर्बरता (बर्बरताबाट) बचाउनका लागी सुरक्षित (protected) गर्ने गरिन्छ । सुरक्षित गरी सकिएका लेखहरूलाई मात्रै विकिपीडियाका प्रबन्धकहरू परिवर्तन गर्न सक्छन् । केही लेखहरूलाई अर्ध-सुरक्षित पनि गर्ने गरिन्छ, यस्ता लेखहरूलाई मात्रै विकिपीडियाका स्वनिर्धारित प्रयोगकर्ताहरू परिवर्तन गर्न सक्छन् ।

अर्ध-सुरक्षित पृष्ठहरूलाई सम्पादित गर्नका लागी तपाई स्वनिर्धारित प्रयोगकर्ताहरू (autoconfirmed user) बन्नुस्, यसका लागी तपाई एउटा प्रयोगकर्ता खाता खोल्नुस र त्यस पश्चात थोरैमा १० सम्पादन गर्नुस्, ४ दिन पछी तपाई स्वतः यस श्रेणीमा आइहाल्नुहुन्छ ।

सुरक्षाका प्रकारहरू[सम्पादन गर्ने]

पृष्ठ सुरक्षाको अधिकार प्रबन्धकहरूलाई दिइएको हुन्छ । उनीहरू निम्न सुरक्षाहरू गर्न सक्दछन् ।

  • पूर्ण सुरक्षा (Full protection) : प्रबन्धकहरूले मात्र सम्पादन गर्न मिल्ने गरि गरिएको सुरक्षा
  • अर्ध सुरक्षा : खाता खोलेका प्रमाणित सम्पादकहरू (Confirmed Users) र प्रबन्धकहरूले सम्पादन गर्न मिल्ने किसिमको सुरक्षा
  • पुन: पृष्ठ निर्माण सुरक्षा (Creation protection) : एकपटक मेटाइसकेको पृष्ठलाई पुन: बनाइन नपाइने किसिमको सुरक्षा
  • पृष्ठ सार्नबाट सुरक्षा (Move protection) : पृष्ठलाई नयाँ नाम दिन / सार्नबाट सुरक्षा
  • अपलोड सुरक्षा (Upload protection) : पहिल्यै अपलोड भएका फाइलको नयाँ संस्करण अपलोड गर्न नपाइने किसिमको सुरक्षा
  • Pending-changes protection तह १ : समिक्षक/प्रबन्धकहरू द्वारा समीक्षा गरिसकिएपछि मात्र अध्ययनकर्ता सम्पादन देखाइने
  • Pending-changes protection तह २ : संवत्: प्रमाणित प्रयोगकर्ताहरूका ( Autoconfirmed users ) का सम्पादन समिक्षक/प्रबन्धकहरू द्वारा समीक्षा गरिसकिएपछि मात्र अध्ययनकर्ता सम्पादन देखाइने
  • Extended confirmed protection : ५०० सम्पादन वा तीस दिन काटेका सम्पादकहरूले मात्र सम्पादन गर्न पाइने किसिमको सुरक्षा

पृष्ठहरूलाई सुरक्षित गरिनुका कारण[सम्पादन गर्ने]

विकिपीडियामा पृष्ठहरूलाई निम्न कारणले गर्दा सुरक्षित गर्ने गरिन्छ-

  • सुरक्षाको सामान्यकारण
    • अत्यधिक बर्बरता तथा उत्पात
    • अति महत्त्वपूर्ण पृष्ठ
    • अत्यधिक भड्काउ भएको परिवर्तन
    • अत्यधिक वाहियात लिङ्कहरू जोड्नु
    • अफलदायी सम्पादन युद्ध
    • अधिक यातायात भएको पृष्ठ
    • प्रयोगकर्ताको निजी पृष्ठ

सुरक्षाका निमित्त[सम्पादन गर्ने]

  • पूर्ण-सुरक्षित (fully protected) पृष्ठहरूलाई सम्पादित गर्नका लागी तपाई चौतारी मा चर्चा गर्नुस् अथवा कुनै पनि सक्रिय प्रबन्धक लाई सूचना दिएर पृष्ठलाई असुरक्षित गराउनु होला ।
  • कुनै पृष्ठलाई सुरक्षित गर्नका लागि अनुरोध गर्नुहोस् ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]