विकिपिडिया:स्रोत उल्लेख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन्दर्भ सामग्री वा स्रोत वा References भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ ।

सन्दर्भ सामग्रीको उदाहरण:

श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५

सन्दर्भ सामग्री जोड्न[सम्पादन गर्नुहोस्]

कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न <ref>...</ref> प्रयोग गर्नुहोस् ।

  • कानुन सभ्यतासँगै सुरू भयो ।<ref> अधिकारी, रमेश ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २</ref>

यो यस्तो देखिनेछ...

  • कानुन सभ्यतासँगै सुरू भयो ।[1]

सन्दर्भ सुची तयार पार्न[सम्पादन गर्नुहोस्]

लेखको अन्तिम भागमा वाह्य लिङ्कहरू भन्दा माथि सन्दर्भ सामग्री सूची हो ।

लेखमा यसरी सन्दर्भ सामग्री सूची बनाउनुहोस्... <references /> वा {{सन्दर्भसूची}} को प्रयोग गर्नुहोस् ।

==सन्दर्भ सामग्री== {{सन्दर्भसूची}}

साधारण सन्दर्भ[सम्पादन गर्नुहोस्]

लेखको वाक्यहरूमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरूलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।

  • सन्दर्भ सामग्रीका रुपमा प्रयोग हुने "Template:Citation" का लागि अङ्ग्रेजी विकिको सहायता लिनुहोस् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]