विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


परिचय
विकिपिडिया लेख-सम्पादन स्वशिक्षा

सम्पादन
कसरी सम्पादन गर्ने

रूपरंग
विकिपिडियाको रूपरंग

सन्दर्भ र स्रोत
सन्दर्भ र स्रोत कसरी थप्ने

वार्तालाप पृष्ठ
विकिपिडियाको वार्तालाप पृष्ठ

ध्यान राख्नुहोस्
विकिपिडियामा सम्पादन गर्दा केहि कुराहरूलाई सदैव ध्यानमा राख्नुहोस।

पंजीकरण
पंजीकरण कसरी गर्ने

जाँदा-जाँदै
अरु कुराहरु

विकिपिडियामा सम्पादन गर्दा केहि कुराहरूलाई सदैव ध्यानमा राख्नुहोस

सम्पादन नीति

विषय सामग्री

विकिपिडिया एक बदलिंदो र बढ्दो ज्ञानकोष हो। यसमा लेख उल्लेखनीय विषयहरूमा नै हुनुपर्दछ। के उल्लेखनीय छ र के छैन, यसलाई लिएर विकिपिडियामा सदैव बहस जारी रहन्छ तर यो कुरा स्पष्ट छ कि पृथ्वीका हर व्यक्तिका लागि लेख हुनु पर्दैन। न त हर कम्पनीको र हर शहरको हरेक सडकको नाममा । यस्ता विषयहरूको स्थान प्राय: विकिपिडियाको कुनै भातृ परियोजनामा हुन्छ।

उदाहरणका लागि ज्ञानकोषका लेखहरू कुनै विषयका बारेमा हुन्छन्, शब्दका अर्थहरूको बारेमा होईन। त्यस्तो लेख जसले कुनै शब्दको अर्थ र परिभाषा दिन्छ, तिनीहरू शब्दकोषमा मात्र हुन्छ, विकिपिडियामा होईन। यसलाई विकिशब्दकोषमा हाल्नुहोस्।

कुनै मुद्रणाधिकार नभएको (यानेकि पब्लिक डोमेन) किताब वा लेखलाई विकिपिडियामा हाल्नु हुँदैन । यदि तपाईं कुनै विषयमा कुनै किताब लेखेर त्यसलाई विश्वलाई खुलारूपमा पुर्‍याउन चाहनुहुन्छ भने त्यसलाई विकिताबमा राख्न सक्नुहुन्छ विकिपिडिया फाउण्डेसन अथवा विकिपिडियालाई चलाउने संस्थाले यस्ता धेरै परियोजनाहरू चलाउँदछ। यदि तपाईं कुनै तस्वीर खिच्नुहुन्छ जुन तपाईंलाई अहिले वा भविष्यमा कुनै लेखका लागि उपयोगी हुनेछ भन्ने लाग्दछ भने त्यसलाई विकिमीडिया कमन्समा राम्रो वर्णन र श्रेणीका साथ राख्नुहोस्।

विकिपिडियामा मूल शोध वर्जितछ । यसको अर्थ हो विकिपिडियामा त्‍यस्तो कुनै अन्य सामाग्री राख्नुहुँदैन जुन पहले नै विकिपिडियाबाट असम्बन्धित, अप्रामाणिक र अविश्वसनीय स्रोतबाट आएको होस् ।

लेखकहरूलाई आफ्नो तथा आफ्ना उपलब्धिहरूका बारेमा लेख नराख्न सचेत गराईन्छ,किनभने यसले एक "स्वार्थ संघर्ष" (कन्फ्लिक्ट अफ इन्ट्रॅस्ट)को स्थिति पैदा गरिदिन्छ। यदि तपाईंको कार्य वास्तवमा उल्लेखनीय छ भने धैर्य गर्नुहोस्। कुनैपनि बेला, कसै न कसैले तपाईं माथि लेख बनाई दिनेछ; कृपया स्वयंले नबनाउनुहोला।

निष्पक्ष दृष्टिकोण

विकिपिडियाको नीति के छ भने सबै लेख "निष्पक्ष दृष्टिकोण"बाट लेख्नुपर्दछ। यसलाई संक्षिप्त रूपमा "NPOV" (अंग्रेजीका "न्यूट्रल पइंट अफ वियू"का लागि संक्षेप) लेखिन्छ। यस नीतिको अर्थ कुनै पनि मुद्दामा हामी सबै मुख्य दृष्टिकोणहरूलाई मान्यता दिन्छौं भन्ने हो । कुनै एक पक्षलाई प्रस्तुत गर्नको सट्टा हामी हर मुख्य पक्षलाई प्रस्तुत गर्दछौं र उनमा कुनै एकलाई सही ठहराउँदैनौं। विकिपिडियाको उद्देश्य केवल जानकारी बाँड्नु हो, कुनै कुरा वा पक्षलाई मनाउनु होइन।

लेखहरूमा कसै मुद्दामा मतहरूको वर्णन लेख्नु ठीक हो, तर त्यो लेखकका मतका रूपमा प्रस्तुत गर्न सकिन्न। विश्वसनीय र प्रमाणित स्रोतहरूका साथ यो जरूर लेखिन सक्दछ कि "यो गुट भन्दछ कि ..." वा "प्रसिद्ध वैज्ञानिक फलाना-फलानाको मत छ कि ...."। यही कारण छ कि केहि भावात्मक शब्दहरूको प्रयोग लेखहरूमा गर्न सकिन्न । यस्तो भन्नु कि "दुर्भाग्यबाट भ्रष्टाचार बढ्यो" विकिपिडियामा सही हुँदैन किन भने यसमा तपाईंको पक्ष आउँछ । केवल यति नैं लेख्नुहोस् कि "भ्रष्टाचार बढयो" वा "प्रसिद्ध आर्थशास्त्री जोहर तीव्रबुद्धिको भन्नु छ कि भ्रष्टाचार बढनु दुर्भाग्यपूर्ण हो"।

तपाईं कहिले काँही विकि प्रयोगकर्ताहरूलाई कुनै लेखमा {{POV}} वा "पक्ष"को समस्या हुने कुरा गर्दै गरेको देख्नुहुन्छ। यसको यही अर्थ हो कि उनको विचारमा त्यो लेख कुनै एक पक्षलाई लिएर लेखिएको छ । यदि कुनै लेखमा इश्तेहारनामा(Commercials bond) भाषाको प्रयोग छ, कुनै एक राजनैतिक वा धार्मिक पक्षलाई सत्य र सहीका रूपमा पेश गरिएकोछ, वा कुनै व्यक्तिको केवल बढाईमा नै लेखिएको छ, जो त्यो यस "पक्षको समस्या"को श्रेणीमा आउँछ। यस्तो पनि हुन सक्दछ कि कुनै लेखमा हर पक्ष प्रस्तुत त छ तर कुनै एक पक्षलाई अनुचित स्थान वा मान्यता दिएकोछ - यो पनि यसै समस्याको श्रेणीमा आउँछ। पृथ्वीका लेखमा यदि यस पक्षलाई त्यति नै स्थान दिइयोस् जो भन्दछ कि पृथ्वी गोलो छैन तर एक च्याप्टो क्षेत्र हो जतिको गोलाकार पृथ्वीलाई दिएकोछ, भने यो पनि पक्षपात देखिन्छ किनभने एक गैर-मुख्य पक्षलाई त्यसको वैज्ञानिक मान्यता भन्दा कैयौं अधिक स्थान दिइएको छ।

यदि तपाईं राजनीति, भाषा-पहचान र धर्म जस्तै संवेदनशील विषयहरूमा समय लगाउने व्यक्ति हुनुहुन्छ, भने निष्पक्ष दृष्टिकोणमा धेरै ध्यान दिनुहोस्। यस्ता विषयहरूमाथि झगडाबाट बाँच्नका लागि मतभेदमा स्वयंलाई शान्त राख्नुमा पनि विशेष ध्यान दिनुहोस्। यदि गणित र विज्ञान जस्तै कम संवेदनशील विषयहरूमा लेख लेख्न चाहनुहुन्छ, भने यो केहि चिन्ताको कारण हुन्छ तर पनि निष्पक्षताको नीतिहरूको पालना गर्नुहोस्।

स्रोत र सन्दर्भ

विकिपिडियामा यो पनि जरूरी छ कि जो जानकारी तपाईं प्रस्तुत गरिरहनुभएको छ त्यसका लागि तपाईं विश्वसनीय र प्रमाणित स्रोतहरूको पनि उल्लेख गर्नुहोस्। सन्दर्भहरूबाट हाम्रो पाठकहरूका लागि तपाईंको लेखाईलाई जाँच्न सजिलो हुन जान्छ र तिनलाई अधिक जानकारीका लागि स्रोत पनि मिल्न जान्छ।

यदि कुनै विकिपिडियाबाट बाहिरको वेबसाईट कुनै विषयका पाठकहरूका लागि दिलचस्पी राख्नेछ भने त्यसलाई "बाह्य लिङ्कहरू" नामका विभागमा शामिल गर्नुहोस्। यदि कुनै पुस्तकहरू वा पत्रिकाहरू कामका छन् तर ती स्रोतहरूमा शामिल छैनन् भने तिनलाई एक "विषय-रूचिको पुस्तकहरू" नामका विभागमा पनि राख्न सकिन्छ ।

मुद्रणाधिकार (कपीराईट)

विकिपिडियामा कुनै पनि हालतमा मुद्रणाधिकार द्वारा सुरक्षित कुनै पनि सामग्री नहाल्नुहोस्। जब तपाईं लेखहरूमा जानकारी हाल्नुहुन्छ, यो ध्यान राख्नुहोस् कि शब्द तपाईंको आफ्नो हुनुपर्दछ। याद राख्नुहोस् इन्टरनेटमा पाइने सबै सामग्री (लेखाई, चित्र, इत्यादि) मुद्रणाधिकारबाट सुरक्षित हुन्छन्। केवल त्यही सामग्री मुद्रणाधिकार-मुक्त छ जसमा बुझ्ने शब्दहरूमा यो भनिएको हुन्छ कि यो मुद्रणाधिकारदेखि मुक्त छ

भाषा र शब्द

कुनै पनि शब्दका सामान्य रूपबाट प्रयोग हुने शब्दहरूलाई विकिपिडियामा प्रयोग गर्न सकिन्छ । संक्षेपमा यसको नीति यस्तो छ:

  1. कुनै लेखलाई केवल यसका लागि सम्पादित न गर्नुहोस् किनभने कुनै शब्दको रूप तपाईंको मन पर्दो छैन । उदाहरणका लागि "गये" र "गए" दुइटै ठीक छन्।
  2. हिन्दी र उर्दूका शब्दहरूका सम्बन्धमा फेर-बदल गर्नको लागि पहिले लेखको वार्ता पृष्ठमा, लेखकका वार्ता पृष्ठमा वा चौतारीमा विचार-विमर्श गर्नुहोस् । केहि-एक शब्दहरूका लागि आफ्नो र अरूको उर्जा बेकार न गर्नुहोस् । लेख-बाट-लेख भागेर एक-दुई शब्दहरूलाई आफ्नो मन पर्दो शब्दहरूमा परिवर्तित गर्नामा जोर न लगाऔं ।
  3. नेपाली एक ठुलौ भूक्षेत्रमा विभिन्न समुदायहरूद्वारा बोलीने भाषा हो । यो संभव छ कि कुनै अन्य लेखकको शैली तपाईंबाट केही भिन्न हुन सक्छ । कुनै एक लेख भित्र एकै किसिमको शैली हुनुपर्छ ताकि यो अप्ठ्यारो न लागोस् , तर यदि शैली कुनै साधारण नेपालीभाषीद्वारा सरलतासँग पढ्न सकिन्छ भने त्यसलाई आफ्नो मन पर्ने शैलीमा परिवर्तित गर्नमा जोर न लगाउनु ।
  4. अंग्रेजी र अन्य भाषाबाट नेपालीमा लिप्यन्तरण गर्दा भएको ध्वनी र प्रथा दुइटैको ध्यान राख्नुहोला । "America"लाई ध्वनीका अनुसार "अमेरिका" लेखिन्छ, तर प्रथानुसार यसलाई "अमेरिका" वा "अमेरीका" लेखिन्छ । यदि प्रथाका बारेमा अप्ठ्यारो हुन्छ भने इन्टरनेटमा खोज गरेका सबभन्दा अधिक प्रयोग हुने लिप्यन्तरण खोज्नु । जहाँ कुनै शब्द धेरै नैं कम लिप्यन्तरित हुने हो, वहाँ सही ध्वनी दर्शाउने प्रयास गर्नुहोस् ।
  5. बिन्दु भएका शब्दहरूमा बिन्दुहरू हुने वा न हुनेमा जोर नगरौं । नेपालीमा "अफ्गानिस्तान"लाई "अफ्गानीस्तान", "अफ्गानिस्तान", "अफगानिस्तान" र "अफगानीस्तान" सबै रूपहरूमा लेख्न सकिन्छ । यसै गरी "Tethys"को लिप्यन्तरण "टेथीस" वा "टेथिस" हुन सक्दछ। सही ध्वनी "थ"को ध्वनी छ तर दुइटै रूप विकिपिडियामा मान्य छन् । यिनमा फेर-बदल गर्नका लागि सम्पादन न गर्नुहोस् ।

व्यवहार

विकिपिडियामा एक मित्रता र खुलापनको वातावरण राख्ने प्रयास गरिन्छ। यो कुरा साँचो होकी कहिले-काँही मतभेद हुन्छ र जता-ततै बहस पनि हुन जान्छ, तर प्रयोगकर्ता-समाजका हर प्रयोगकर्ताबाट शिष्टताको अपेक्षा गरिन्छ ।

यो धेरै जरूरी छ कि तपाईं हमेशा यो मान्नुहोस की अन्य लेखक विकिपिडियामा सच्चा हृदयबाट योगदान दिन चाहन्छन्। जहाँसम्म संभव छ यो नसोचौं कि कुनै प्रयगकर्ताले द्वेष वा शत्रुताको भावनाबाट केहि गरीरहेको छ । यदि तपाईंलाई कुनै प्रयोगकर्ताले गर्दा वा केही कुरा असजिलो लागेको छ भने नम्रताका साथ त्यसको वार्ता पृष्ठमा वा सम्बंधित लेखको वार्ता पृष्ठमा त्यसलाई सोध्नुहोस् त्यसले यस्तो किन गरेको हो ? यस्तो गर्नाले धेरै जसो गलतफहमिहरू र बेकारको झडपहरूबाट बच्न सकिन्छ ।

नयाँ लेखहरूको निर्माण

विकिपिडियामा नयाँ लेख बनाउँदा यस स्वशिक्षामा दिइएका सल्लाहहरूलाई ध्यानमा राख्नुहोस्, जस्तै कि निष्पक्षताको नीति। स्रोतहरूका प्रयोगद्वारा प्रमाणित गर्नुहोस् कि लेखको विषय उल्लेखनीय छ (यानि विकिपिडियामा सम्मिलित हुन योग्य छ) र कुनै पनि पाठकद्वारा जाँच गराउन सकिन्छ। नयाँ लेख बनाउनको लागि तपाईं दर्ता हुनु आवश्यक छ।

नाम स्थानान्तरण

यदि तपाईंलाई कुनै यस्तो लेख मिल्दछ जसको शीर्षक तपाईंलाई गलत लाग्यो भने त्यसको सामग्री काटेर नयाँ नामको लेखमा पेस्ट नगर्नुहोला । यस बाट लेखमा गरिएका सबै परिवर्तनहरूको इतिहासका धारा खण्डित हुन्छ । मुद्रधिकारहरूको दृष्टिबाट पनि यस धारालाई मान्नु आवश्यक छ । लेखको नाम बदल्ने सही तरीका हो त्यस लेखलाई सार्नु । त्यसको लागि तपाईंको खाता खोलेको हुनु पर्छ । कुनै लेखलाई सार्नको लागि पहिले सार्ने पृष्ठमा लेखिएको चेतावनीहरू ध्यानसँग पढ्नुहोस् । गलत तरिकाबाट लेख सारेमा लिङ्क टूट्न सक्दछन् र बेकारको बहस आरम्भ हुन सक्दछ । यदि लेखको नाम बदल्नाले कठिनाइ वा मतभेद हुन सक्दछ भन्ने तपाईंलाई सङ्का छ भने पहिले त्यस लेखको वार्ता पृष्ठमा आफ्नो नामान्तरणको सुझाव लेखेर अन्य मानिसहरूका मतलाई हेर्नुहोस् ।


सिकेका कुराहरू प्रयोगस्थलमा गर्नुहोस्