विकिपिडिया:स्वशिक्षा/रूपरंग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


परिचय
विकिपिडिया लेख-सम्पादन स्वशिक्षा

सम्पादन
कसरी सम्पादन गर्ने

रूपरंग
विकिपिडियाको रूपरंग

सन्दर्भ र स्रोत
सन्दर्भ र स्रोत कसरी थप्ने

वार्तालाप पृष्ठ
विकिपिडियाको वार्तालाप पृष्ठ

ध्यान राख्नुहोस्
विकिपिडियामा सम्पादन गर्दा केहि कुराहरूलाई सदैव ध्यानमा राख्नुहोस।

पंजीकरण
पंजीकरण कसरी गर्ने

जाँदा-जाँदै
अरु कुराहरु

कुनै विकिपिडियाका लेखको लेखाईका रूपरंगलाई निर्धारित गर्ने तरिका धेरैजसो पाइने शब्द संसाधकहरू (वर्ड प्रोसैसरहरू)बाट फरक छ। विकिपिडियामा हेर अनि पाऊ (अर्थात् विजीविग वा WYSIWYG) प्रणालीको प्रयोग हुँदैन। यसमा कुनै पृष्ठहरूमा अक्षर गाढा-तेर्सो गर्नका लागि र शीर्षकहरूलाई दर्शाउनका लागि विशेष चिन्हहरू र शब्दहरूको प्रयोग हुन्छ। यी चिन्हहरू र शब्दहरूको भाषालाई "विकि मार्कअप" वा "विकीटेक्स्ट" भाषा भन्दछन्। सुन्नमा कठिन लागे तापनि वास्तवमा यस भाषाको प्रयोग धेरै नै सजिलो छ।

गाढा र तेर्सो लेखाई

सबभन्दा अधिक प्रयोग हुने चिन्ह गाढा अक्षरहरू (अर्थात् बोल्ड) र तेर्सो अक्षरहरू (अर्थात् आईटैलिक्स)का चिन्ह हुन्। कुनै शब्द, वाक्यांश वा वाक्यलाई गाढा वा तेर्सो त्यसको यता र उता वर्ण-लोपहरू (अर्थात् अपस्ट्रफ़ीहरू)का चिन्ह (')का प्रयोगबाट हुन्छ:

तपाईंले लेख्नु भएको पढ्दा देखिने
''तेर्सो'' तेर्सो

'''गाढा'''

गाढा

'''''गाढा र तेर्सो'''''

गाढा र तेर्सो

विकिपिडियाको नियम के छ भने कुनै पनि लेखको नाम जब पहिलो पल्ट लेखमा आउँछ तब त्यसलाई गाढा अक्षरहरूमा लेखिन्छ। उदाहरणका लागि, आयो (उपग्रह)को लेख यसरी आरम्भ हुन्छ:

आयो हाम्रो सौर्य मण्डलको पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबभन्दा ठूलो उपग्रह हो र यो पूरा सौर्य मण्डलको चौथो ...

तेर्सो अक्षरको प्रयोग प्रायः किताबहरू, फिल्महरू, कम्प्युटर खेलहरू, इत्यादिका शीर्षकहरूका लागि हुन्छ। यदि लेखको विषय नै कुनै फिल्म वा पुस्तकको शीर्षक हो भने गाढा र तेर्सो अक्षरको प्रयोग गर्न सकिन्छ।

बिना कुनै कारण गाढा वा तेर्सो अक्षरको प्रयोग गर्नको लागि सावधान रहनुहोस् किनभने यस बाट साधारण पाठकहरूलाई लेख पढ गर्न कठिनाई हुन्छ, र प्राय यस्ता लेखहरूलाई एकपल्ट हेरेर पाठकहरू अन्य कुनै पृष्ठ तर्फ जान्छन्।

शीर्षक र उपशीर्षक

कुनै पनि लेखको व्यवस्थालाई राम्रो बनाउनको लागि शीर्षकहरू र उपशीर्षकहरूबाट ठूलो फाइदा हुन्छ। यदि तपाईं देख्नुहुन्छ कि कुनै लेखमा दुइ वा त्यसबाट अधिक विषयहरूमा कुरा हुँदैछन् र प्रत्येक विषयमा एक-दुइभन्दा अधिक अनुच्छेद छन् भने प्रत्येक विषयका लागि शीर्षक हाल्नाले (अथवा हर विषयको अलग उपभाग बनाउनाले) लेख अधिक पढ्न लायक हुन जान्छ। शीर्षक र उपशीर्षक यसरी बनाइन्छन्:

तपाईंले लेख्नु भएको तपाईंले देख्न सक्नुहुन्छ

==शीर्षक==

शीर्षक

हाम्रो सल्लेधारा

===उपशीर्षक===

जानकारि

उपशीर्षक

ध्यान राख्नुहोस् बिना कुनै सामग्रीको शीर्षक र उपशीर्षक बनाउनाले लेख पढ्न कठिन हुन्छ। यस्ता लेखहरू कुनै समाचारपत्रका शीर्षकहरू जस्तै लाग्छन् र त्यसका तलतिर कुनै खबर छैन।

यदि कुनै लेखमा चार वा त्यस भन्दा अधिक शीर्षक छन् भने त्यसमा आफै एक बिषय सूची बन्छ। यस पन्नाको प्रयोगस्थलमा केही शीर्षक र उपशीर्षक बनाएर हेर्नुहोस्।

एच टी एम एल

विकिपिडियाका लेखहरूका रंगरूप निर्धारित गर्नका लागि एच.टी.एम.एल. जान्नै पर्ने कुनै आवश्यकता छैन। केवल विकि मार्कअपको प्रयोग नै पर्याप्त हुनेछ। यदि तपाईं पृष्ठहरू वा अनुच्छेदहरूका अकार, अक्षरहरूका रंगहरू, इत्यादिमा राम्रो फेर-बदल गर्नु चाहनुहुन्छ भने यसमा एच.टी.एम.एल.को जानकारी सहायक हुनेछ।

यी शिक्षाहरूलाई प्रयोगस्थलमा प्रयोग गर्नुहोस्