विकिपिडिया:WikiPatrika-ne/2012 March

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

General (सामान्य जानकारी)[सम्पादन गर्नुहोस्]


About Wikipedia (विकिपिडियाको बारेमा)[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडिया, विकिपिडियाको नेपाली भाषाको संस्करण हो, जसको स्वमित्व विकिमीडिया संस्थापनसित हुन्छ। नेपाली संस्करण जुन २००२मा आरम्भ गरिएको थियो, र २९ मार्च २०१२ सम्ममा यसमा १९,५२९ + मान्य लेख र लगभग ९,१२१+ पञ्जीकृत प्रयोगकर्ताहरू छन्। लेखहरूको संख्या, सक्रिय प्रयोगकर्ताहरूको संख्या एवं संपादनहरूको संख्याको आधारमा यो अहिले ८६ औं स्थानमा छ।

उपलब्धिहरू तथा भेटघाटहरू[सम्पादन गर्नुहोस्]

  • विकिपिडियाको ११ औं जन्मदिनको उपलक्षमा प्राइम कलेजमा कार्यक्रम राखियो । प्राज्ञ, इन्जिनियरहरू ,पत्रकारहरू र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
  • राजेश पाण्डेले नेपाली विकिपिडिया अनुबादकको एन्ड्रोइड भर्सन रिलीज गरे।
  • शारदा कलेजमा आउट रिच कार्यक्रम सञ्चालन गरियो
  • नेपाली विकिपिडियाले ल्याङ्गवेज टेक्नोलोजी केन्द्र र काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको " National Conference on Use of ICT in Rural Nepal: Technology Influences (March 22-23, 2012)"मा आफ्नो सहभागिता जनायो। देशको विभिन्न ग्रामीण क्षेत्रमा सूचना प्रविधि विषयमा कार्यरत अगुवाहरूसँग अन्तरकृयात्मक कार्यक्रम गरिएको थियो। उनीहरूलाई Local Heroको रूपमा सम्मान पनि गरिएको थियो। कार्यक्रमा नेपाली विकिपिडियाले एक शत्र प्रस्तुतिकरण गरेको थियो।

भाषाको छलफल[सम्पादन गर्नुहोस्]

नेपाली भाषाको प्रयोगमा देखिएका अन्योलहरूको बारेमा छलफल गर्न नेपाली लेखक तथा भाषाकर्मीहरूले ललितपुरमा आयोजना गरेको छलफलमा नेपाली विकिपिडियाको तर्फबाट सकृय सहभागिता जनाइयो। छलफलमा भाषाको प्रयोगमा विभिन्न छलफल हरू भएर अन्त्यमा नेपाली भाषा लेखनका लागि ललितपुर घोषणापत्र, २०६८ जारी भयो। त्यसमा नेपाली विकिपिडियाले पनि केही असहमति का बाबजूद पनि हस्ताक्षर गर्‍यो। भाषाका लागि भएको यत्रो भेलामा विकिपिडियाको धारणा राख्न नदिइएकोमा ध्यानाकर्षण गराइएको छ।

उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली विकिमा २४४,०५७+ कुल सम्पादन भएकाछन्।
  2. नेपाली विकिमा सरदर ८८+ प्रयोगकर्ताहरू सक्रिय छन्।


यो महिनाको उल्लेख्य उपलब्धि[सम्पादन गर्नुहोस्]

मासिक सरदर सक्रिय प्रयोगकर्ता ८८ पुगेको छ। जुन सरदर ५७ हुने गर्दथ्यो।

About Wikibooks (विकिबुक्सको बारेमा)[सम्पादन गर्नुहोस्]

सामान्य जानाकारी[सम्पादन गर्नुहोस्]

मार्च २०१२ सम्ममा यसमा ६१+ वैध लेख र लगभग ७५७+ पञ्जीकृत प्रयोगकर्ताहरू छन्।

उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली विकिबुक्समा ४५९८+ कुल सम्पादन भएकाछन्।
  2. नेपाली विकिबुक्समा सरदर १०+ प्रयोगकर्ताहरू सक्रिय छन्।

About Wiktionary (विक्सनरीको बारेमा)[सम्पादन गर्नुहोस्]

सामान्य जानकारी[सम्पादन गर्नुहोस्]

नेपाली विक्सनरी, नेपाली भाषाको संस्करण हो, जसको स्वामित्व विकिमीडिया संस्थापनसित हुन्छ। नेपाली संस्करण नोभेम्बर २००४मा आरम्भ गरिएको थियो, र १ एप्रिल २०१२ सम्ममा यसमा ४,८२१+ शव्दका अर्थ र लगभग ९४१+ पञ्जीकृत प्रयोगकर्ताहरू छन्। लेखहरूको संख्या, सक्रिय प्रयोगकर्ताहरूको संख्या एवं संपादनहरूको संख्याको आधारमा यो अहिले ७३ औं स्थानमा छ।


उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली विक्सनरीमा १३८५९+ कुल सम्पादन भएकाछन्।
  2. नेपाली विक्सनरीमा सरदर ९+ प्रयोगकर्ताहरू सक्रिय छन्।