विकिपिडिया वार्ता:चौतारी/अभिलेख ५

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Page लाई Rename अनि Deletion गर्नको लागि के गर्नु पर्ला? कृपया सुझाव दिनुहोस। धन्यवाद--Nepaboy

कुनैपनि पेजलाई Rename गर्न सकिँदैन। त्यसर्थ त्यस लेखलाई सार्ने मेनु क्लिक गरेर नयाँ शीर्षकमा सार्न सकिन्छ। खासगरी भाषिक सुद्धता, शीर्षकको स्पष्टता आदिका लागि पृष्ठ सार्ने गरिन्छ। यसरी पृष्ठ सार्दा पुरानो शीर्षकबाट रिडाइरेक्ट समेत राखेर सार्न पनि सकिन्छ। --Ganesh Paudel ११:४३, १३ जुलाई २०१० (UTC)

म हैन हामी भन्न सिकौं[सम्पादन गर्नुहोस्]

नेपाली विकी हामी सबैको योगदानले अहिलेको अवस्थामा आइपुगेको हो। एक्लै गर्दा हुँदो हो त जिम्मी वेल्सले नै गरिहाल्थे होला। पछिल्लो समयमा हाम्रो विकी गतिले निकै तीब्रता लिएपनि हामीभित्र म रोगको संक्रमणले पनि भेटेको हो कि भन्ने भान भैरहेको छ। त्यसर्थ म हैन हामी भनौं। भ्याएसम्म सकेको योगदान गर्दै जाऊँ। बरू काम बढी कुरा कमको सिद्धान्त अपनाउने हो कि? धन्यवाद। --Ganesh Paudel ०५:४५, २९ जुलाई २०१० (UTC)

कुनै पनि मान्छेले एक्लै निर्णय लिन्छ भने त्यसमा म शब्दको प्रयोग हुन्छ त्यो निर्णयलाई "मेरो निर्णय" (व्याक्ती गत निर्णय)लाई "हाम्रो निर्णय" (सामुहीक निर्णय)मा बदल्नको लागी सबैले समर्थन दिनु पर्ने हुन्छ यदी त्यो निर्णय उसको व्याक्तीगत निर्णय सम्म मात्र सिमित रहन दिनको लागी निर्णयको बिरोध गरिन्छ। मेरो विचारमा विकिपीडियाको कुनै पनि प्रयोगकर्ताहरू एक ठाउँमा भेला भएर सामुहिक निर्णय लिन असम्भव छ। त्यसैले विकिपीडियाको बारेमा छलफलको लागी यो पृष्ठको सब पेजको सृजना गरियो जसको नाम चौतारी (छलफल गर्न भेला हुने एक ठाउँ)को नाम दिएको हो त्यस्तै अन्य विकिमा पनि यो पृष्ठलाई अलग अलग नाम दिएर छलफल गर्ने काममा ल्याएको पाइन्छ। त्यसैले यो एक आयोजना पृष्ठ (प्रोजेक्ट पेज) भयो। तसर्थ यो पृष्ठमा कुनै पनि प्रयोगकर्ताले एक्लै निर्णय लिएर आफ्नो विचार प्रस्तुत गर्छ भने अरूले त्यसको समर्थन अर्थात बिरोध गर्छन्। अन्य भाषाको विकिपीडियामा पनि यसरी कार्य भएको देखिन्छ। यदी तपाईलाई म शब्दबाट घूणा छ भने निर्णयको बिरोधमा उभिनुहोस्। यसरी टाढाबाट राजा दशरथको बाण जस्तै संकेतात्मक बाण न छोड्नुहोस्। धन्यवाद! --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०६:५९, २९ जुलाई २०१० (UTC)

प्रयोगमा नरहेका चित्रहरू[सम्पादन गर्नुहोस्]

--राजेश ०६:११, २७ नोभेम्बर २०१० (UTC)

कृपया, सुझाव[सम्पादन गर्नुहोस्]

नमस्कार !

"यो प्रयोगकर्ता ***को वार्तालाप पृष्ठ हो, यहाँ तपाईं उनलाई कुनै पनि सन्देश छोड़्न सक्नु हुन्छ।" लाई यसो गर्न मिल्ला ?

यो प्रयोगकर्ता ***को वार्तालाप पृष्ठ हो, यहाँ तपाईंले वहांलाई सन्देश छोड़्न सक्नु हुन्छ।

म भाषाविद होईन, र, "उनलाई" शब्द भन्दा "वहां" शब्द ठिक हुने महसुस गरें ।

धन्यवाद !

ठिस बुढा (वार्ता)

म पनि हजुरको कुरामा सहमत छु। शाश्वत (वार्ता) ०५:३५, ११ डिसेम्बर २०११ (युटिसी(UTC))

   परिवर्तन गरियो।भवानी गौतम (वार्ता) ०५:४८, ११ डिसेम्बर २०११ (युटिसी(UTC))