विक्रमशिला
| विक्रमशिला | |
|---|---|
विक्रमशिला बौद्ध महाविहारका अवशेषहरू | |
| स्थान | भागलपुर, बिहार, भारत |
| प्रकार | अध्ययन केन्द्र |
| इतिहास | |
| स्थापना | ८औँ–९औँ शताब्दी |
| ध्वस्त | १३औँ शताब्दी |
| घटनाक्रम | सन् ११९३ मा मुहम्मद बख्तियार खिलजीद्वारा ध्वस्त |
विक्रमशिला भारतको आधुनिक बिहार राज्यमा अवस्थित एक बौद्ध भिक्षु विश्वविद्यालय थियो। यो आठौँ शताब्दीको अन्त्य र नवौं शताब्दीको सुरुवातको बीचमा राजा धर्मपालले स्थापना गरेका थिए।[१]
यो नालन्दा र ओदन्तपुरीसँगै भारतमा आफ्नो समयका तीन सबैभन्दा महत्त्वपूर्ण बौद्ध महाविहारहरू मध्ये एक थियो। वर्तमान समयमा यो बिहारको भागलपुर जिल्लाको कहलगाउँ नजिकैको अन्तिचक गाउँमा पर्दछ। कुनै समयमा यहाँ एक सय भन्दा बढी शिक्षकहरू र लगभग एक हजार विद्यार्थीहरू भएको सबैभन्दा ठूलो बौद्ध महाविहारहरू मध्ये एक थियो। यसले प्रख्यात विद्वानहरू उत्पादन गर्न सफल भएको थियो। यस महाविहारमा प्रायः विदेशीहरूले बौद्ध शिक्षा, संस्कृति र धर्म फैलाउन आउने गर्दथे जसमा अतिश र रत्नाकरशान्ति समावेश छन्।[२]
नालन्दामा छात्रवृत्तिको गुणस्तरमा आएको ह्रासको प्रतिक्रियामा पाल सम्राट धर्मपाल (सन् ७८३ देखि ८२०) द्वारा विक्रमशिलाको स्थापना गरिएको थियो। यो महाविहारलाई सन् ११९३ ताका मुहम्मद बख्तियार खिलजीको सेनाद्वारा ध्वस्त पारिएको थियो।[३][४]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Buswell Jr, Robert (२०१३), "Vikramaśīla", Princeton Dictionary of Buddhis: ९७०, आइएसबिएन 978-0-691-15786-3।
- ↑ Anupam, Hitendra (२००१), "Significance of Tibetan Sources in the Study of Odantapuri and Vikaramsila Mahavihars", Proceedings of the Indian History Congress 61: 424–428, जेएसटिओआर 44148119।
- ↑ Alexis Sanderson (२००९), "The Śaiva Age: The Rise and Dominance of Śaivism during the Early Medieval Period", in Einoo, Shingo, Genesis and Development of Tantrism, Tokyo: Institute of Oriental Culture, University of Tokyo, पृ: 89।
- ↑ Eaton, Richard (२२ डिसेम्बर २०००), "Temple desecration in pre-modern India", Frontline 17 (25): 62–70।