विचारधारा
विचारधारा भन्नाले कुनै व्यक्ति वा व्यक्तिहरूको समूहमा निहित विश्वास वा मूल्यहरूको समूहलाई बुझिन्छ। विशेष गरी यस्ता विश्वासहरू जुन विशुद्ध रूपमा निश्चित ज्ञानमा आधारित नभई अन्य कारणहरूले गर्दा अपनाइएका हुन्छन्,[१][२] र जसमा "सैद्धान्तिक तत्वहरू जत्तिकै व्यावहारिक तत्वहरू पनि प्रमुख हुन्छन्"।[३] पहिलेका समयमा यो शब्द मुख्यतया आर्थिक, राजनीतिक दर्शन वा धार्मिक सिद्धान्त र नीतिहरूमा लागू गरिन्थ्यो, जुन परम्परा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्ससम्म जान्छ। तर हालका समयमा यो शब्द मुख्यतया निन्दात्मक अर्थमा प्रयोग गरिन्छ।[४]
यस शब्दको प्रतिपादन फ्रान्सेली राज्यक्रान्ति कालका अभिजात वर्ग र दार्शनिक एन्टोइन डेस्टुट डे ट्रेसीले गरेका थिए। उनले सन् १७९६ मा भीडको अविवेकी आवेगको विरोध गर्न विचारहरूको तर्क सङ्गत प्रणाली विकास गर्नका लागि यसलाई "विचारको विज्ञान"को रूपमा परिकल्पना गरेका थिए। राजनीति शास्त्रमा, यो शब्द राजनीतिक विश्वास प्रणालीहरूलाई बुझाउन वर्णनात्मक अर्थमा प्रयोग गरिन्छ।[४] नेपाली बृहत् शब्दकोशले विचारधारालाई कुनै राजनीतिक वा आर्थिक सिद्धान्तसँग सम्बन्धित विचारप्रवाह भनेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Honderich, Ted (१९९५), The Oxford Companion to Philosophy, Oxford University Press, पृ: 392, आइएसबिएन 978-0-19-866132-0।
- ↑ "ideology", Lexico, मूलबाट २०२०-०२-११-मा सङ्ग्रहित। अभिलेखिकरण २०२०-०२-११ वेब्याक मेसिन
- ↑ Cranston, Maurice. [1999] 2014. "Ideology" (revised). इन्साइक्लोपिडिया ब्रिटानिका.
- 1 2 van Dijk, T. A. (२००६), "Politics, Ideology, and Discourse", Discourse in Society, अन्तिम पहुँच २०१९-०१-२८। अभिलेखिकरण २०११-०७-०८ वेब्याक मेसिन