विजयपुर राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विजयपुर राज्य नेपालको एकिकरण पूर्व बिजयपुर लिम्बुवान राज्यको राजधानीको रुपमा प्रख्यात थियो। मोरङ जिल्ला कोशी नदीको पूर्व पट्टिको खेबाङ बंशी राजा द्वारा शासित राज्य थियो। हालको सिमाना अनुरूप नेपालको कोशिमेची अञ्चल यस राज्यमा पर्दथ्यो। लिम्बुवान को राजधानी विजयपुरलाई अहिले सुनसरी जिल्लाको धरानलाई चिनिन्छ। इतिहास हेर्दा यो ठाउँ लिम्बुवान राज्यको राजधानीको रूपमा अवस्थिथ थियो। यो राज्यको अन्तिम लिम्बु राजा बुद्धिकर्ण राय खेवाङ हुन। विजयपुर राज्य प्रख्यात राज्य को नाममा चिनिन्छ किनकि प्राचिन नेपाल एकीकरण युगमा गोर्खाका राजा पृथ्वीनारायण शाहलाई समेत यो राज्यलाई जित्न गारो परेको थियो।

सेन राज्यहरू[सम्पादन गर्नुहोस्]