विद्युतीय अपराध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विद्युतीय अपराध वा साइबर अपराध कम्प्युटर तथा कम्प्युटर सञ्जाल प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरू हुन्। यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरू पर्छन्। यसलाई हेर्ने र रोकथाम गर्न ल्याइएको कानुन विद्युतीय कानुन हो।

नेपालको विद्युतीय कारोबार ऐन– २०६३ [१] ले “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर भनी परिभाषा गरेको छ।

साइबर अपराधलाई सामान्य रुपमा कम्प्युटर वा इन्टरनेटको प्रयोग गरेर गरिने आपराधिक कृयाकलापहरू र कम्प्युटर, कम्प्युटर प्रणाली, कम्प्युटर नेटवर्क वा कम्प्युटर कार्यक्रमविरुद्ध लक्षित आपराधिक कृयाकलापहरू हुन् भनी बुझ्न सकिन्छ । यसलाई कम्प्युटर अपराध पनि भनिन्छ।

परम्परागत अपराध (समाजमा पहिले देखि नै अपराध वा कसुर भनी पहिचान गरी कानुनले रोक लगाएका कार्यहरू) हरु पनि यदि कम्प्युटर वा इन्टरनेटको माध्यमबाट गरिन्छ भने त्यसलाई पनि साइबर अपराध भनिन्छ । उदाहरणका लागि, जुवा खेल्ने कार्यलाई कानुनले रोक लगाएको छ र अपराधका रुपमा परिभाषित गरी सजायको व्यवस्था गरेको छ । इन्टरनेटको प्रयोग गरी जुवा खेलाउनु वा इन्टरनेटमा जुवा खेल्नु पनि अपराध हो र यसलाई धेरै देशहरूले अनलाइन ग्याम्बलिंङका रुपमा निषेध गरेका छन् । अनलाइन जुवा साइबर अपराध हो ।

साइबर अपराध सम्बन्धि महासन्धिले साइबर अपराधको परिभाषा नगरेता पनि अनधिकृत पहुँच, गैरकानुनी अवरोध, तथ्याङ्क माथिको हस्तक्षेप, कम्प्युटर प्रणालीमा हस्तक्षेप, उपकरणहरूको दुरुपयोग, कम्प्युटरको माध्यमबाट हुने जालसाजी, किर्ते, बालयौन दुराचार, प्रतिलिप अधिकार र सोसँग सम्बन्धित अन्य अधिकारको उल्लंघनलाई समेटेको छ । केही मुख्य प्रकारका साइबर अपराधहरु यसप्रकार रहेका छन् ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा बैङ्क खाता आदिको चोरी गरि गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि विद्युतीय अपराध मानिन्छ।

अपराध वर्गीकरण[सम्पादन गर्नुहोस्]

विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने[सम्पादन गर्नुहोस्]

कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने ।

ह्याकिङ् वा अनधिकृत पहुँच:[सम्पादन गर्नुहोस्]

कतिपय इन्टरनेट वा विभिन्न माध्यमबाट ह्याकिङ् वा अनधिकृतरुपको पहुँचबाट पनि साइबर अपराध हुने गरेको छ । सामान्य रुपमा ह्याकिङको अर्थ कुनै कम्प्युटर वा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच र नियन्त्रण हो । ह्याकिङ् गर्ने व्यक्तिले कम्प्युटर वा कम्प्युटर प्रणालीमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा उक्त कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिको अनुमति वा अख्तियारी नलिइकन पहुँच प्राप्त गर्ने प्रयास गरेर नियन्त्रण स्थापित पनि गर्दछ ।

कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिएमा ।

  • कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिए

कम्प्युटर भाइरसः

कम्प्युटर भाइरसको प्रयोग गरेर पनि साइबर अपराध हुने गरेको तथ्य हामिले सुन्दै आएका छौँ । कम्प्युटर भाइरस एक किसिमको कम्प्युटर कार्यक्रम वा कोड हो, जसले आफुलाई पुनः उत्पादन गर्दै सम्पर्कमा आउने अन्य उपकरणमा सर्न सक्छ । कम्प्युटरमा रहेका अन्य दस्तावेज, सूचना, तथ्याङ्क र कार्यक्रमलाई नष्ट गर्न वा कम्प्युटरको कार्यलाई असर गर्न सक्छ । अन्ना कोर्निकोभा भाइरस, आइलभयु भाइरस र मेलिसा भाइरस केही नाम चलेका र खतरनाक कम्प्युटर भाइरसहरू हुन् कम्प्युटर भाइरससहित कम्प्युटरलाई असर गर्ने अन्य प्रकारका फाइल वा कार्यक्रमहरलाई ‘मालवेयर’ भनिन्छ । यस्ता कम्प्युटर भाइरसहरु पत्ता लगाउन रोक्न तथा नियन्त्रण गर्न बनाइएका कम्प्युटर कार्यक्रम वा कोडलाई एन्टीभाइरस भन्ने गरिएको छ ।

हालैको दिनहरुमा कुनै फाइल नहुने खालका मालवेयरहरू र ’यान्समवेयर’ भनिने कम्प्युटर र यसका तथ्याङ्कलाई नियन्त्रणमा लिई निश्चित पैसा तिरे नियन्त्रणबाट छोडिदिने खालका प्रविधि देखिएका छन् । वानाक्राइ नाम दिइएको र्यान्समवेयरले २०१७ मा नेपालसहित १०० भन्दा बढी देशका कम्प्युटरहरुलाई असर गरेको र यसबाट विश्वलाई कम्तीमा ४ अर्ब अमेरिकी डलर घाटा लागेको थियो । प्रत्येक वर्ष करोडौको संख्यामा नयाँ मालवेयरहरू बन्ने गरेको पाइन्छ ।

फिसिङ् :

फिसिङ् भनेको जालसाजी गरी व्यक्तिको गोप्य जानकारी जस्तै पासवर्ड वा बैँक कार्ड नम्बर पत्ता लगाउने तरिकाबाट पनि साइबर अपराध हुने गरेको छ । जालसाजी गरी पत्ता लागेका जानकारी पहिचान चोरी वा ठगीका लागि प्रयोग गरिन्छ । जसलाई फिसिङ् पनि भनिन्छ । यसरी फिसिङ् गर्दा प्रायजसो नाम चलेको संस्थाको नाम दुरुपयोग गरी इमेल पठाएर पासवर्ड परिवर्तन गर्न वा अन्य व्यक्तिगत सूचना भर्न लगाइन्छ त्यसरी आएको इमेलमा भएको लिंक अथवा संगै आएको फाइलमा बैंकको खाता नम्बर मागिएको वा पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्ने, वा चिट्ठा परेकोले सो रकम प्राप्त गर्न प्रशासकीय शुल्क तिर्नुपर्ने बताइएको हुन्छ । इमेलका पासवर्ड तुरुन्त परिवर्तन गर्न लिङ्कसहितको इमेल वा कुनै पुरस्कार वा सेवा दाबी गर्न भर्न दिइने फारामहरू वा मागिने पैसाहरू फिसिङका उदाहरणहरु हुन ।

डिजिटल चोरीः

कम्प्युटर सफ्टवेयर, गेम वा कोडस चलचित्र वा म्युजिक भिडियोस सङ्गीत वा पुस्तक आदिको गैरकानुनी उत्पादन तथा विक्रि वा वितरण डिजिटल पाइरेसी हो प्रतिलिपि अधिकार भएको व्यक्ति वा संस्था बाहेकको अन्य व्यक्तिले कुनै डिजिटल वस्तु कपी गरी पुनः उत्पादन, विक्री वा वितरण गर्दा त्यो चोरी हुन्छ । यो पनि साइबर अपराध भित्र पर्दछ । अनधिकृतरुपमा चोरी गरिएका त्यस्ता सामग्रीहरू डाउनलोड गरेर आफ्नो उपकरणमा राख्नु वा उपभोग गर्नुपनि अपराध हो नेपालजस्तो विकासोन्मुख देशहरूमा डिजिटल चोरीको समस्या ज्यादा रहेको छ ।

इन्कारी आक्रमणः

नेपालमा साइबर अपराधको रुपमा सेवाको इन्कारी आक्रमण पनि हुने गरेको छ । सेवाको इन्कारी आक्रमण नेटवर्क सर्भर विरुद्धको आक्रमण हो जसमा सर्भरले सम्बोधन गर्न नसक्ने गरी ज्यादै ठुलो संख्यामा सेवाको अनुरोध पठाएर र वेबसाइट वा सेवालाई चल्नै नसक्ने बनाइन्छ । यसबाट सो सेवा प्राप्त गर्न चाहने बास्तविक सेवाग्राहीहरूलाई सेवाको इन्कारी हुनजान्छ ।

अनलाइन घोटलाः

साइबर अपराधकै रुपमा घोटाला वा जालसाजी पनि बढ्दै गएको छ । यो परम्परागत अपराध हो र यदि यस्तो घोटाला वा जालसाजी इन्टरनेट वा कम्प्युटरको प्रयोग गरी गरिन्छ भने त्यसलाई अनलाइन घोटाला वा जालसाजी भनेर चिन्ने गरिन्छ । उदाहरणका लागि विभिन्न अफ्रिकी मुलुकहरूबाट पैसा स्थानान्तरण गर्नु परेकोले सहयोग गर्नुपर्यो भन्दै आउने इमेल वा सोसल मिडियाहरूबाट वा वेबसाइट मार्फत जालसाली सूचनाहरू प्रवाह गरेर गरिने ठगीहरू हुन ।

पहिचान चोरीः

पहिचान चोरी पनि साइबर अपराधको अर्को पाटो हो । अर्को व्यक्तिको व्यक्तिगत पहिचान खुल्ने सूचना वा जानकारी प्राप्त गरी उक्त सूचना र जानकारीको आधारमा उक्त व्यक्तिजस्तो बनेर विभिन्न लाभ लिने वा आपराधिक क्रियाकलापमा संलग्न हुनु हो । त्यस्तो व्यक्तिगत पहिचान जानकारी अन्तर्गत उक्त व्यक्तिको नाम वा नागरिकता वा पासपोर्ट नम्बर वा जन्ममिति वा पासवर्ड वा चालक अनुमती नम्बर वा तस्बिरहरू पर्दछन जसलाई प्रयोग गरेर सिमकार्ड वा अनलाइन सेवा वा सोसल मिडियामा नक्कली खाता खोल्न मिल्दछ ।

बाल यौनदुराचार र अश्लीलता:

बाल यौनदुराचार वा बालबालिका पीडित भएको अश्लील सामग्रीको उत्पादन वा आदानप्रदान परम्परागत अपराध हो र इन्टरनेटको विकासले यो अपराधलाई झनै विस्तृत बनाएको छ । बाल यौन दुराचार अन्तर्गत कम्प्युटर प्रणालीमार्फत वितरण गर्ने उद्देश्यले बाल यौन दुराचारसम्बन्धी सामग्री उत्पादन गर्ने, कम्प्युटर प्रणालीमा त्यस्तो सामग्री प्रस्ताव गर्ने वा उपलब्ध गराउने, कम्प्युटर प्रणालीमार्फत त्यस्तो सामग्री वितरण वा प्रसारण गर्ने, कम्प्युटर प्रणालीमार्फत आफु वा अन्य व्यक्तिका लागि त्यस्तो सामग्री प्राप्त गर्ने तथा कम्प्युटर प्रणाली वा कम्प्युटर डाटा संग्रह गर्ने उपकरणमा त्यस्तो सामग्री राख्ने लगायतका कार्यहरू पर्दछन् । अश्लील सामग्रीको उत्पादन वा वितरण वा प्रयोगलाई कानुनी मान्यता भएका देशहरूमा पनि त्यस्ता कार्यमा बालबालिकाको प्रयोग वा बाल यौनदुराचार सामग्रीलाई गम्भीर प्रकृतिको अपराध मानिन्छ ।

गैर कानुनी विषयबस्तुः

साइबर अपराधकै रुपमा गैर कानुनी विषयवस्तुलाई पनि लिने गरिएको छ । गैरकानुनी विषयवस्तु भन्नाले इन्टरनेटमा प्रकाशन वा प्रसारण गर्न नहुने भनी रोक लगाइएका विषयवस्तु पर्दछन् र त्यस्तो सामग्री प्रकाशन गरेमा सजायको समेत व्यवस्था गरिएको हुन्छ ।

गोपनीयता भङ्ग गर्ने[सम्पादन गर्नुहोस्]

कुनै विद्युतीय अभिलेख, किताब, रजिष्टर, पत्रव्यवहार, सूचना, कागजात वा अन्य सामग्रीहरूमा पहुँच प्राप्त गरेको कुनै व्यक्तिले कुनै अनधिकृत व्यक्तिलाई त्यस्तो अभिलेख, किताब, रजिष्टर, पत्र व्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गर्ने ।

झुट्टा व्यहोराको सूचना दिने[सम्पादन गर्नुहोस्]

कुनै व्यक्तिले प्रमणीकरण गर्ने निकायको इजाजतपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले नियन्त्रक समक्ष वा डिजिटल हस्ताक्षर प्रमणपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले प्रमाणीकरण गर्ने निकाय समक्ष पेश गर्ने कुनै व्यहोरा जानीजानी लुकाएमा वा ढाँटेमा वा जानाजानी झुट्टा व्यहोरा पेश वा दाखिला गर्ने कार्य ।

झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने[सम्पादन गर्नुहोस्]

नियन्त्रकले जारी गरेको इजाजतपत्र प्रप्त नगरी प्रमाणीकरण गर्ने निकायको रूपमा कार्य गर्ने

कम्प्युटर जालसाजी गर्ने[सम्पादन गर्नुहोस्]

जालसाजी वा अन्य कुनै गैरकानुनी कार्य गर्ने उद्देश्यले डिजिटल हस्ताक्षर प्रमाणपत्र सृजना गरेमा, प्रकाशन गरेमा वा अन्य व्यहोराले उपलब्ध गराएमा वा कुनै बिलको भुक्तानी रकम, कसैको खाताको बाँकी मौज्दात (ब्यालेन्स), कुनै आपूर्ति र भण्डार (इन्भेण्टरी) वा जुनसुकै बखत भुक्तानी दिने कार्ड (ए.टी.एम.कार्ड) मा मिलोमतो गरी वा अन्य कुनै तरिकाले जालसाजी गरी लाभ उठाउने ।

कम्प्युटर स्रोत सङ्केतको चोेरी[सम्पादन गर्नुहोस्]

कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई यथावत् राख्ने गरी तत्काल व्यवस्था गरेको अवस्थामा कुनै व्यक्तिले कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कका लागि प्रयोग हुने कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई जानी–जानी वा बदनियत राखी चोरी गरेमा, नष्ट गरेमा, परिवर्तन गरेमा वा त्यस्तो काम गर्न लगाएमा ।

कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्‍याउने[सम्पादन गर्नुहोस्]

कुनै व्यक्तिले कुनै संस्थालाई गलत तरिकाले हानि नोक्सानी पु-याउने मनसाय राखी जानी–जानी कम्प्युटर सम्पदामा रहेको कुनै सूचनालाई कुनै पनि व्यहोराबाट नष्ट गरेमा, क्षति पु-याएमा, मेटाएमा, हेरफेर गरेमा, काम नलाग्ने बनाएमा वा त्यस्तो सूचनाको मूल्य र प्रयोगको महत्त्वलाई ह्रास गराएमा वा हानिकारक प्रभाव पारेमा ।

विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने[सम्पादन गर्नुहोस्]

कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने ।

नेपालमा विद्युतीय कानुन[सम्पादन गर्नुहोस्]

राष्ट्रिय कानुनका साथसाथै अन्तर्राष्ट्रिय कानुनले पनि निश्चित विषयवस्तुलाई नियमन गर्न सकिने, वा प्रसारण गर्न नहुने विषयवस्तु भनी तोकेका छन् नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धिको धारा २० ले युद्धको लागि गरिने कुनै पनि प्रचार एवं भेदभाव, शत्रुता वा हिंसालाई उत्तेजित पार्ने राष्ट्रिय, जातीय वा धार्मिक घृणाको वकालतमा रोक लगाएको छ। साथै, महासन्धिको धारा १९ मा अरुको अधिकार वा प्रतिष्ठाको सम्मान, तथा राष्ट्रिय सुरक्षा वा सार्वजनिक व्यवस्था वा सार्वजनिक स्वास्थ्य वा नैतिकताको संरक्षणका लागि विषयवस्तुहरू नियमन गर्न सकिने उल्लेख छ ।

नेपालमा साइबर कानुन: नेपालको विद्युतीय कारोवार ऐन २०६३ ले पनि गैरकानुनी विषयवस्तुका बारेमा व्यवस्था गरेको छ ऐनको दफा ४७ ले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय वीचको सुमधुर सम्बन्धलाई खलल पार्न किसिमका सामग्रीहरू तथा महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने किसिमका सामग्री कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको छ । यस कानुन अन्तरगत विगत १० वर्षमा ३४९ साइबर अपराधको मुद्दाहरु काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ भएको छ । तर वर्षको पाँच देखि दश हजारसम्म उजुरी र गुनासो प्रहरीमा दर्ता हुने गरेको छ ।

साइबर कानुन र मानवअधिकार: ‘साइबर अपराध’ को परिभाषा गर्नु निकै संवेदनशील र महत्वपूर्ण पक्ष हो । नेपालमा यसको स्पष्ट परिभाषा छैन । यसको परिभाषा गर्दा मानवअधिकार र अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल खानु पर्छ । साइबर अपराध सम्बन्धी बुढापेष्ट महासन्धीसँग मेल खाने गरी सरकारलाई उचित, समानुपातिक र प्रभावकारी साइबर अपराध सम्बन्धी कानुन निर्माणका लागि प्रतिवद्ध बनाउनु पर्दछ ।

साइबर अपराधको सम्बोधन गर्न विशेष गरी कानूनमार्फत चालिने कदमले अर्थ राख्दछ । अपराधसम्बन्धी विधानले साइबर अपराध सामना गर्न उचित, समानुपातिक र प्रभावकारी सहयोग पुर्‍याउनुका साथै मानिसलाई साइ चुनौतीबाट रक्षा गर्दै मानवअधिकारको संरक्षण गर्दछ । यद्यपि, साइबर अपराधसम्बन्धी कानुनले मानवअधिकारलाई नकारात्मक असर पनि पार्न सक्छ । निश्चित कार्य वा व्यवहारको अपराधीकरण आफैँमा मानवअधिकारमाथि प्रतिबन्ध हो । वैकल्पिकरुपमा असमानुपातिक सजायसहितको निश्चित अपराध वा फौजदारी अपराधको अति बृहद् परिभाषाले मानवअधिकारमा प्रतिबन्ध लगाउन सक्छ ।

विद्युतीय कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन [१]

विद्युतीय तथ्याङ्क आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सृजना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको । 

विद्युतीय अपराध जोखिम न्यूनिकरण[सम्पादन गर्नुहोस्]

विद्युतीय अपराधका घटनाहरू बढ्नुमा राज्यको विद्युतीय सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो हुनु हो । विद्युतीय अपराध बिरुद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचो देखिन्छ । सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

नेपालमा विद्युतीय हमलाको अवस्था बढेर गएकाले विद्युतीय अपराधका घटनाहरूमा बृद्धि हुदै गइरहेको छ । बैङ्क तथा बित्तिय क्षेत्रमा विद्युतीय हमलाका घटनाहरू बढेर गएको छ । नेपालमा बढ्दो विद्युतीय थ्रेटसँगै विद्युतीय सुरक्षाको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । त्यसैले साइवर अपराध र विद्युतीय अपराधबिरुद्धको अभियान अहिलेको आवश्यकता हो ।

अनलाइन उत्पीडन[सम्पादन गर्नुहोस्]

अनलाइन वा साइबर यौन उत्पीडन [२] व्यक्तिको बिना चाहाना, अनिच्छित, वा अनधिकृत व्यवहारहरूलाई समावेश गर्दछ, जुन यौन स्वभावका हुन्छन्, जसले डिजिटल संचार च्यानलहरूलाई निर्दिष्ट गरिएको छ।

लिङ्ग वा लैंगिकतामा आधारित भेदभाव पनि यौन उत्पीडन हो। आजको आधुनिक प्रविधि गरी कोहीलाई इन्टरनेटमा कहिले पनि यौन उत्पीडन भोग्न सक्छ—स्वयं आफ्नो घरको भीत्र।

हालसम्म साधारणतया लक्षित वर्ग महिलाहरू हुन, उत्पीडनका शिकारहरू लैंगिक विविधता र बालबालिकाहरू पनि हुन सक्छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]