विनोद चौधरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


विनोद चौधरी
जन्म (१९५५-०४-१४) अप्रिल १४, १९५५ (उमेर ६४)[१]
काठमाडौँ, नेपाल
वासस्थानसानेपा, ललितपुर
राष्ट्रियतानेपाली
पेशाPresident चौधरी ग्रुप, प्रतिनिधि सभा सदस्य
चिनारीको कारणचौधरी ग्रुप
जम्मा सम्पतिIncrease US$ 1.5 billion (2018)[२]
राजनीतिक दलनेपाली कांग्रेस
जीवनसाथीसारिका चौधरी
सन्ताननिर्वाण
राहुल
वरुण
मातापितालुनकरणदास चौधरी
गंगा देवी चौधरी

बिनोद चौधरी नेपालका एक परिचित उद्योगपति हुन्। यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन्। उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन्। सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको चौधरी विश्वभरका धनाढ्यको सूचीमा १ हजार ३ सय ४९ औं स्थानमा छन्।[३]

परिवार[सम्पादन गर्ने]

९० सालको महाभूकम्प गएको २ वर्षपछि सन् १९३५मा चौधरी परिवारले न्युरोड हालको विशाल बजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको थियो। त्यो पसलका सामान बिक्री गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको दरबारमा आउजाउ गर्न चौधरी परिवारलाई रोकतोक थिएन। पछि ब्रान्डका सामान बिक्री गर्न न्युरोडमा अरुण इम्पोरियम खोले। यहाँका कतिपय आयातित सामान पनि दरबार जान्थे।

चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका कपडा र अन्य समाग्री ल्याई दरबार र सम्पन्नलाई बिक्री गर्दा गर्दै चौधरी परिवार स्टील, घागो कारखानाजस्ता उद्योगमा प्रवेश गरेको थियो। पछिल्लो समयमा चौधरीको कपडा पसलका ग्राहक तत्कालीन राजारानी र दरबारका सदस्य हुन्थे। पञ्चालयतकालमा दरबारसँगको यो सम्पर्क उद्योग खोल्न लाई सेन्स लिन उपयोगी बन्यो।

तर, परम्परागत होइन नयाँ हेर्ने विनोदको स्वभाव वाइवाइमा मात्र समिति भएन्। नयाँनयाँ व्यवसायमा उनले हात हाल्दै गए। कतिमा सफल भए कति असफल। रेडियो टेलिभिजन बिक्रीवाट सन्तुष्ट नभई पार्टपुर्जा ल्याएर उत्पादन सुरु गरे। दुई वर्षअघि नैपालमै सिजी ब्रान्डको टिलिभिजन बिक्री गर्न सुरु गरे। बासुदेव चलचित्र बनाएर मनोरञ्जन उद्योगमा प्रवेश गरे। ठेक्का पट्टा, निकासी व्यापारमा पनि चौधरी परिवार संलग्न थियो। काठमाडौं त्रिशुली सडक, सोल्टी होटलको केही भाग चौधरी समूहले बनाएको हो।

देशले आर्थिक उदारीकण नीति लिएपछि बंैक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा सिजीले हात हाल्यो। तत्कालीन समयमा यी सबै नयाँ क्षेत्र थिए। सञ्चार, बियर, चुरोटलगायत उद्योगमा पनि सिजीले लगानी गर्‍यो। तर, यी क्षेत्रमा योजनाअनुसार सफल हुन सकेन।

अरुवाट बढीभन्दा बढी फाइदा लिन सक्ने खुबी पनि विनादसँग छ।

विनोद सधै पावर निकट बस्छन्। पञ्चायतका बेला चौधरी परिवारको राजा, राजपरिवारसँग निकटता थियो। पटकपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासँग विनोद पहिले देखिनै नजीक थिए। पावर हुनेसँग विनोद छिटो सम्बन्ध बनाउँछन्। बहुदल आएपछि चौधरी परिवारले एमाले नेता तथा लेखक मोदनाथ प्रश्रितलाई पैसा सापटी दिएको थियो। अहिले पनि उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीसँग विनोदको निकट सम्वन्ध छ। राजनीतिक शक्ति केन्द्रमात्र होइन, विनोद सम्वद्ध विशेषज्ञ, बजारका जानकार, सञ्चारकर्मीको सधैं सम्पर्कमा बस्छन्।

ठिक समयमा सही निर्णयले विनोदलाई बहुराष्ट्रिय लगानीकर्ता बन्न सहयोग गर्‍यो। खाडी मुलुक दुबईमा घरजग्गा व्यवसाय फस्टाइरहेको समयमा उनी त्यहाँ लगानी गर्न पुगे। त्यहाँ राम्रो पैसा कमाउन विनोद सफल भए। दुबईको घरजग्गा व्यवसायमा मन्दी आउँदा उनी बाहिर निस्किसकेका थिए। यही समयमा उनी भारतको प्रतिष्ठित व्यवसायिक घरना टाटा समूहसँग जोडिन पुगे। श्रीलङ्का, मालदिभ्समा ताज होटल समूहसँग मिलेर लगानी सुरु गरे। श्रीलङ्का स्टक एक्स्चेन्जको वेबसाइट खोल्यो भने पाँच तारे ताज श्रीलङ्का रिर्सोटको सञ्चालकमा विनोद र उनका परिवारका सदस्यको नाम आउँछ। मालदिभ्समा टाटा समूहका अध्यक्ष रतन टाटा र विनोद चौधरीका छोराले त्यहाँका राष्ट्रपतिलाई आफ्नो होटलमा स्वागत गरेको तस्बिर नेपालका सञ्चारमाध्यममा दुई वर्षअघि सार्वजनिक भएको थियो। अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनसम्म सिजीको लगानी विस्तार भएको छ। विश्व आर्थिक मन्दीको असर महसुस गर्ने पहिलो नेपाली उद्यमी पनि विनोद चौधरी नै थिए। मन्दी सुरु भए लगत्तै यसबारेमा सहकर्मी सांसद र सरकारलाई सचेत गराएका थिए।

सिजी बहुराष्ट्रिय हुनुमा सरकारको कुनै योगदान छैन। यस मुद्दामा सरकार पूर्णतह मौन छ। सरकारको उच्च तहमा विदेशमा लगानी गरेर देशलाई हानी हुँदैन भन्ने छ। तर, कानुनले प्रतिबन्ध लगाएको छ। नेपालीले विदेशमा लगानी निकै पहिले देखिनै गर्दै आएका हुन्। तिव्वतमा नेपालीले उद्योग व्यवसाय खोलेका थिए। ७ दशक अघि भारतीय कम्पनीको सेयर नेपालीले किनेका थिए। भारतमा कतिपय ठाउँमा नेपालीका सिनेमा घर र व्यवसाय थिए।


सीजीभित्रै झन्डै ४० कम्पनी छन्। विदेशमा आक्रमक रूपमा लगानी विस्तार गरेपछि सिजीमा अझै आधुनिक व्यवस्थापन र संस्थागत सुशासनको अभाव देखिन्छ। वाइवाइले वार्षिक कारोवार कति गर्छ, सिजी टेलिभिजन नाफा छ या नोक्सानमा। यो अहिलेसम्म सीजीले सार्वजनिक गरेको छैन। सीजीले विभिन्न क्षेत्रमा २५ करोड अमेरिकी डलर लगानी गरेको मात्र सार्वजनिक गरेको छ। भारतमा रिलायन्स वा टाटा ग्रूपले जस्तो आम सर्वसाधारण नेपालीलाई आफ्नो कम्पनी र अर्थतन्त्रसँग जोड्ने क्षेत्रमा पनि सीजी पछि परेको छ। सीजीका केही कम्पनीका सेयर सर्वसाधारणलाई विक्री गरिएको छ। तर, यी स्टक एक्सेन्जमा कारोवार हुने कम्पनीमा सीजी समुहको लगानी हुनुले कुनै प्रभाव पारेको छैन। सेयर बजार कम्पनी र लगानीकर्ताको छवि नाप्ने व्यारोमिटर पनि हो। तीन वर्ष अघि सीजीले नेपाल बङ्गलादेश बैंकको सेयर किन्दै छ भन्ने हल्ला बजारमा आउँदा सेयर बजार प्रभावित भएको थियो। आम सर्वसाधारणलाई सेयर दिदां प्रतिफल पनि धेरैले पाउंछन्। रिलायन्सको सेयर किनेर घरखर्च चलाउने भारतमा थुप्रै सर्वसाधारण छन्। सर्वसाधारणलाई सेयर दिएको भएर नै रिलायन्स प्रति धेरैको सम्वन्ध गासिएको छ। सीजीले सेयर बजारलाई वेवास्ता गरेको छ। सेयरले कम्पनी र एउटा परिवार मात्र होइन धेरैलाई धनी वनाउंछ। [४]

सतहमा विनोद चौधरी प्रष्ट छविमा देखिन्छन् तर उद्योगपति तथा व्यापारीका रूपमा विनोद चौधरीको ट्रयाक रेकर्ड राम्रो छैन। पछिल्लो समयमा समेत चौधरीका थुप्रै मुद्दाहरू अर्थमन्त्रालय र राष्ट्र बैंकसँग ‘फेसअफ’मा छन्। चौधरीका सामु अर्को सिधा मुद्धा राष्ट्र बैंकसँग पनि जोडिएको छ, यही राष्ट्र बैंकमा खनाल बोर्ड मेम्वर छन् र त्यो पनि प्रभावशाली। तर उता विनोद चौधरी आफ्नो लगानी विदेशमा फैलाउन चाहन्छन्, जसको अनुमति राष्ट्र बैंकले दिंदैन। केही साता अधि चौधरीले भारत, थाइल्याण्ड, मलेसिया र खाडी लगायका मलुकमा अर्बौं रूपैयाँको लगानी सम्वन्धी योजनाहरू सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको योजनाका लागि कतारमा बस्ने छोराहरूले पैसा जुटाउन सक्दैनन्। त्यसका लागि उनले वैध/अवैध रूपमा नेपालबाटै पैसा लैजानुपर्दछ, वा नेपालबाटै लगानी गरेको पैसाबाट पैसा बनाउनुपर्दछ। किन भनें यो मामिलामा चौधरी यस अघि फसिसकेका छन्, पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रूपैयाँ स्रोत नखुलेको रकम चौधरीका नाममा भेटियो। अनुसन्धान गर्दै जाँदा त्यो रकम चौधरीले भारतमा वाईवाई बिक्री गरेर ल्याएर राखेको पत्ता लाग्यो। चौधरीको यही बैंक खाताका वारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी केही महिनापछि चौधरी समूहको सानेपास्थित विल्डिङबाट भुइँमा खसेर मरेको अवस्थामा भेटिए। नेपाल प्रहरीले यसलाई आत्महत्याका रूपमा सावित गर्‍यो, तर त्यतिवेला चौधरीको अवैध आम्दानीमा अनुसन्धान गर्ने अधिकृतहरू भने यसलाई रहस्मय मृत्युका रूपमा लिन्छन्। चौधरी हाउसमा भएको रहस्यमय हत्याको न्युज रोके बापत कतै नआए पनि यो मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। चौधरी यस अधि नै महालक्ष्मी सुगरमिलमा पनि फसिसकेका छन्। उनी महालक्ष्मी सुगरमिलकै मुद्दाका कारण धन्न कालोसूचीमा पर्नबाट जोगिएका थिए। तर मुद्दाले अदालत, संसदीय समिति, अर्थमन्त्रालय र राष्ट्र बैंकमा भने ठूलै उथलपुथल ल्यायो। [५]

विनोद चौधरी आत्मकथा[सम्पादन गर्ने]

आलोचना[सम्पादन गर्ने]

केहीले आरोप लगाउँछन् स्वदेशी पुँजी विदेश गयो। विश्वभरका प्राय लगानीकर्ताको एउटै स्वभाव हुन्छ जहाँ अवसर छ त्यही जाने। कोकाकोला अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइदा लिन नै नेपाल आएको हो। अमेरिकी सरकारले वालमार्टलाई भारत प्रवेश दिन उच्चस्तरमा वार्ता गर्नु नबुझेर होइन। स्वदेशी उद्यमी विदेशमा गएर लगानी गर्दा देशलाई हानी हुँदैन। विदेशमा गएर जोखिम लिन सक्ने समूह देशमा उपलब्ध अवसर छोप्न सधैं तत्पर रहन्छ। देशमा भारतीय रूपैयाँ (भारु) अभाव छ। सिजीले भारतमा वाइवाइ बिक्री गरेर भारु कमाइदिएको छ। माल्दिप्स गएर डलर र पाउन्ड कमाएको छ। नेपालमा जलविद्युत, दुरसञ्चार र एयरलाईन्स जस्ता क्षेत्रमा लगानी गर्न सिजी पर्खिरहेको छ। करिव १० वर्षअघि देखि नै राष्ट्र बैंकले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुन संशोधन गर्न अर्थमन्त्रालयमा प्रस्ताव पठाएको थियो। सरकारले तीन वर्षअघि बजेटमा नेपाली लगानीकर्तालाई विदेशमा उद्योग व्यवसाय गर्न दिन कानुनमा संशोधन गर्ने प्रस्ताव परेको थियो। तर, यो कार्यान्वयन भएन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Chaudhary, Binod, "Biography", Binod Chaudhary, Binod Chaudhary, अन्तिम पहुँच अप्रिल १७, २०१३ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named BinodFamily
  3. "चौधरीको सम्पत्ति २० अर्बले बढ्यो", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-०९ 
  4. नागरिक न्यूज डट कम
  5. अन्लाईन खबर डट् कम्