सामग्रीमा जानुहोस्

विमलप्रसाद श्रीवास्तव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिमल प्रसाद श्रीवास्तव
श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री
पदमा
वि.सं. २०७८ असार १०  वि.सं. २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीगौरीशंकर चौधरी
उतराधिकारीकृष्ण कुमार श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
पदमा
वि.सं. २०७४ फागुन २०  वि.सं. २०७९ असोज २
पूर्वाधिकारीबिचारी प्रसाद यादव
निर्वाचन क्षेत्रपर्सा २
वीरगंजको ५औँ मेयर
पदमा
वि.सं. २०३९  वि.सं. २०४५
पूर्वाधिकारीगोपाल प्रसाद प्रधान
उतराधिकारीमाधवलाल श्रेष्ठ
पदमा
वि.सं. २०५४[]  वि.सं. २०५९
पूर्वाधिकारीमाधवलाल श्रेष्ठ
उतराधिकारीगोपाल गिरी
व्यक्तिगत विवरण
जन्म (1950-12-20) २० डिसेम्बर १९५० (उमेर ७५)[]
दललोकतान्त्रिक समाजवादी पार्टी
दम्पतीबाबा श्रीवास्तव
सन्तान
आमाबुबाहरू
  • शम्भुशरण प्रसाद श्रीवास्तव (बुबा)
  • सुसिला देवी (आमा)

बिमल प्रसाद श्रीवास्तव एक नेपाली राजनीतिज्ञ हुन्। उनी वि.सं. २०७८ असार १० मा नेपाल सरकारको श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रीको रूपमा नेपालको इतिहासमा सबैभन्दा छोटो कार्यकाल, १८ दिनको लागि नेपाल सरकारको मन्त्रीको रूपमा सेवा गरेका थिए। नेपालको सर्वोच्च अदालतले वि.सं. २०७८ असार २८ मा गरेको निर्णयको आधारमा उनलाई पदबाट हटाइएको थियो।[] उनी प्रतिनिधि सभा निर्वाचन, २०७४ मा तत्कालीन सङ्घीय समाजवादी फोरमको उम्मेदवारको रूपमा पर्सा २ निर्वाचन क्षेत्रबाट विजयी भएर नेपालको पहिलो सङ्घीय संसदको सदस्य बनेका थिए।[][]

प्रतिनिधि सभाको सदस्य बन्नु पूर्व उनी दुई पटक वीरगंजको मेयरको रूपमा सेवा गरेका थिए तर स्थानीय तह निर्वाचन, २०७४ मा उनी पराजित हुन पुगेका थिए।[] उनी लोकतान्त्रिक समाजवादी पार्टीका सदस्य हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Officials elected", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०६-१४
  2. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका (नेपालीमा), Nepal: संघीय संसद सचिवालय, २०२१, पृ: 270।
  3. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-०६-२२
  4. "मेयरमा हारेका बिमल श्रीवास्तव प्रतिनिधिसभामा निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०८
  5. "प्रतिनिधिसभा प्रत्यक्षको सबै नतिजा सार्वजनिक, को कहाँ विजयी ? पूर्ण विवरण", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०८
  6. शाह, क्रान्ति, "आर्थिक नगरी वीरगन्जको मेयरमा उद्योगी सरावगी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०८