विरुद्ध आहार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जुन खाद्यपदार्थ सँगै खाँदा शरीरलाई हानि गर्दछ, त्यो 'विरुद्ध आहार' हो ।आयुर्वेद विज्ञान अनुसार यस्ता विरुद्ध आहारको नियमित सेवन शरीरलाई विष समान हुन्छ ।

माछा र दूध सँगै खाँदा गुण विरुद्ध हुन्छ । किनकि यी दुवै खानाका गुण असमान रहेका छन् । माछा उष्णता बढाउने हुन्छ भने दूध शीतलता बढाउने हुन्छ । यी दुईको परस्पर प्रयोग गर्दा शरीरमा रहेका स-साना नलीलाई अवरोध गर्दछन् ।

दूध र गहतलाई सँगै प्रयोग गर्नु हुँदैन । किनकि दूध मधुर रसवाला र शीतयुक्त हुन्छ भने गहत अम्लरसयुक्त र उष्ण वीर्ययुक्त हुन्छ । यी पनि परस्परमा गुण विरुद्ध हुन्छन् ।

गुड वा मह र मूलाको प्रयोग सँगै गर्नु संयोग विरुद्ध हुन्छ । यिनीहरू संयुक्त रूपमा खाँदा शरीरलाई हानि पुर्‍याउँछ ।

दहीलाई तताए खानु संस्कार विरुद्ध हो । किनभने दहीलाई तताएपछि त्यसमा विद्यमान गुण नष्ट भई दही हानिकारक हुनपुग्छ ।

रातमा सातु खानु समयविरुद्ध हुन्छ । किनभने रातमा शीतलता बढेको हुन्छ र सातु पनि शीतलता र रूक्षता बढाउने खालको हुन्छ ।

चिसो वातावरण हुने ठाउँमा चिसो, चिल्लो खानाको प्रयोग देश विरुद्ध हुन्छ ।

समान मात्रामा मह र घ्युको प्रयोग गर्नु मात्रा विरुद्ध हुन्छ । असमान मात्रामा भने मह र घ्युको प्रयोग प्रयोग विरुद्ध हुँदैन ।

दूध र कटहरको सँगै प्रयोग पनि विरुद्ध हुन्छ । यी दुवैमा समान गुण भएकाले विरुद्ध हुन्छ ।

सातु खानुभन्दा पहिला र पछि पानी पिउनु पनि विरुद्ध हुन्छ ।

सस्र्युंको तेलमा पकाइएको मासु संस्कार विरुद्ध हुन्छ ।

नुन र दूध मिसाएर खाँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

खिर खाइसकेपछि सात्तु खानु पनि सही होइन ।

गर्मीबाट पीडित मान्छेले महको सेवन गर्नु पनि सही होइन ।

खिचडी र दूधलाई सँगसँगै खानाले वान्ता तथा पखाला हुनसक्छ

बिरुद्ध आहार केसँग के नखाने