विर मान चौधरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अध्ययन कम भएका र निम्न वर्गबाट आएका एकिकृत नेकपा माओवादीका संविधान सभा सदस्य मध्ये वीरमान चौधरी एक हुनुहुन्छ। गरीब थारु परिवारमा २०३२ साल साउन २६ गते पबेरा -९ गोब्रेलामा जन्मेका वीरमान २०५३ सालमा अखिल भारत नेपाली एकता समाज जम्मुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो।

प्रवासमा युनिट सदस्य, सचिव हुँदै माओवादी शसस्त्र विद्रोहमा भाग लिन चौधरी २०५६ सालमा नेपाल आउनु भएको थियो। चौधरीले एरीया समिति, जिल्ला समितिको सदस्य, सचिव र सेती महाकाली क्षेत्रीय ब्युरोका सदस्यको जिम्मेवारी पुरा गरिसक्नुभएको छ। चौधरी २०६१ सालमा माओवादी सेनाको कम्पनी र २०६२ सालमा बटालियन कमिसार हुनुभएको थियो।

त्यसपछि चौधरी वाइसीएलको कन्चनपुर अध्यक्ष पनि हुनुभयो। दर्जनौं सैन्य कारबाहीमा भाग लिएका चौधरीले पाल्पा, दोस्रो खारा, तौलीहवालगायतका कारवाहीमा पनि सहभागी हुनुहुन्थ्यो। निम्न बर्गको किसान परिवारमा जन्मेका चौधरीले पञ्चायत काल देखि कै राजनीतिक नेता मोहनराज मल्ललाई संविधान सभा निर्वाचनमा पराजय गर्नुभयो।

चौधरीकी श्रीमती सम्झना लिस्ने गाम ब्रिगेडकी सेक्सन कमा४८डर हुनुहुन्छ। जनजाति, आदिवासी र शोषित जनताको पक्षमा पार्टीले दिए अनुसारको भूमिकामा आफू संविधान सभामा प्रस्तुत हुने चौधरी बताउनुहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]