विवेकशील नेपाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


विवेकशील नेपाली पार्टी
प्रमुख उज्वल थापा
स्थापना मिति: सन् २०१२
मुख्यालय : काठमाडौं
आदर्श Pragmatism
संविधान सभा
वेबसाइट

http://leadnepal.com/

विवेकशील नेपालीको केन्द्रिय कार्यालय

विवेकशील नेपाली नेपालको एक राजनीतिक दल हो ।[१] यसको स्थापना मे २८, २०१२ मा सामान्य भेला गरेर गरिएको थियो । यस दलले संविधान सभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रुपमा ४ जना सदस्यहरू उठाएको थियो ।[२] सामाजिक कार्य गर्दै आएका सक्रिय युवा समुहले संविधान सभाको दोस्रो चुनाब पछि कानुनी रुपमा यो दलको दर्ता गरेका थिए । यो दलले सत्ता र शक्ति भन्दा पनि एक्काइसौं शताब्दीमा अबको नेतृत्व उधयमी नेपालीहरुको हुनु पर्छ भन्ने बिश्वास राखेको पाइन्छ । यो दलले अबको नेतृत्व युवा बर्गको हातमा हुनुपर्छ भन्ने बिश्वास राखेको पाइन्छ । प्राय: युवा बर्गको बाहुल्यता रहेको यस दल उर्जाशिल, सकारात्मक,प्रतिबद्ध र विवेकशील नेपालीहरुको नयाँ राजनैतिक दलको रुपमा चिनिन्छ।

यो दलले नेपालीलाई व्यतिगत रुपमा असल आचरणको सूचना प्रवाह गर्ने, सामाजिक रुपमा एकता र सामुहिक कार्यबाट दिगो बिकासमा प्रोत्साहन गर्ने र सरकारी तहमा जिम्मेवारी र नैतिक जवाफदेही सुशासनको रुपान्तरण गर्ने उदेश्य लिएको पाइन्छ । यो दलको प्रमुख कार्यालय चक्रपथ महाराजगन्जमा रहेको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]