विशाल विभाजक हिमशृङ्खला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विशाल विभाजक हिमशृङ्खला
  • पूर्वी उच्चभूमी
  • विशाल विभाजक
सर्वोच्च बिन्दु
शिखरकोजिअस्को हिमाल, स्नोई हिमाल
उचाइ२,२२८ मी (७,३१० फिट)[१]
निर्देशाङ्क३६°२७′द॰ १४८°१६′पू॰ / ३६.४५०°S १४८.२६७°E / -36.450; 148.267
आयामहरू
लम्बाइ३,५०० किमी (२,२०० माइल) उत्तर–दक्षिण
भूगोल
देशअस्ट्रेलिया[२]
राज्यहरून्यु साउथ वेल्स, क्विन्सल्यान्डभिक्टोरिया
जिल्लाअस्ट्रेलियाली राजधानी क्षेत्र
हिमशृंखला निर्देशाङ्कअभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "३"।km २५°द॰ १४७°पू॰ / २५°S १४७°E / -25; 147निर्देशाङ्कहरू: अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "३"।km २५°द॰ १४७°पू॰ / २५°S १४७°E / -25; 147
भूविज्ञान
Age of rockकार्बनी कल्प

विशाल विभाजक पर्वतमाला वा पूर्वी उच्चभूमी अस्ट्रेलियाको सबैभन्दा लामो हिमशृङ्खला हो र विश्वकै जमिनमा अवस्थित तेस्रो सबैभन्दा लामो हिमशृङ्खला पनि हो। यो क्विन्सल्यान्डको उत्तरपूर्वी क्षेत्रबाट डावान टापु सम्म ३,५०० किलोमिटर (२,१७५ माइल) सम्म फैलिएको छ। यसको सम्पूर्ण लम्बाई न्यु साउथ वेल्सहुँदै पूर्वी तटीय क्षेत्रसम्म पुगेको छ जहाँबाट यो भिक्टोरिया सम्म फैलिएको छ। त्यहाँबाट यो पश्चिम तर्फ मोडिएको छ जसले गर्दा यो पश्चिमी भिक्टोरियाको मध्य समथल भूमिको घ्राम्पियन राष्ट्रिय निकुञ्जहुँदै हराउँदै गएको छ। यस हिमशृङ्खलाको चौडाई १६० किलोमिटर (१०० माइल) देखि ३०० किलोमिटर (१९० माइल) सम्म भिन्नता रहेको छ।[३] यस हिमशृङ्खलामा विश्व सम्पदा क्षेत्रमा सूचीकृत विशाल व्लु हिमाल क्षेत्र, गोण्डवाना वर्षावन र क्विन्सल्यान्डको उष्णकटिवन्धीय क्षेत्र अवस्थित छन्। यस क्षेत्रमा पहेँलो पुच्छ्रे कालो सुगा बाहुल्यता रहेको छ।

शब्दावली[सम्पादन गर्नुहोस्]

जटिल हिमशृङ्खला, उच्च समथल भूभाग, उच्चभूमी क्षेत्र र धेरै अप्ठ्यारा पर्वतहरू समावेश विशाल विभाजक हिशृङ्खला
विशाल विभाजक हिमशृङ्खला अङ्कित चिन्ह

यो विशाल विभाजक हिमशृङ्खलामा एउटा मात्रै हिमशृङ्खलाहरूल् बनेको छैन। यसमा जटिल हिमशृङ्खला, उच्च समथल भूभाग, उच्चभूमी क्षेत्र र धेरै अप्ठ्यारा पर्वतहरू रहेका छन् जसमा प्राचीन र जटिल भूगर्भ इतिहासहरू समावेश छन्। केही स्थानहरूमा काम नलाग्ने समथल अवस्थित छन् जसमा निम्न पहाडहरू रहेका छन्। सामान्यतया, उच्चभूभाग ३०० देखि १,६०० मिटर वा ९८० देखि ५,२५० फिट अग्ला छन्।

प्राकृतिक अवयव[सम्पादन गर्नुहोस्]

अल्पाइन क्षेत्रमा अवस्थित स्नोई हिमाल
ब्लोहार्ड हिमालको समथर स्थल ओमियो

विशेषता[सम्पादन गर्नुहोस्]

यस हिमशृङ्खलाबाट हुँदै जाने पहाडहरूमा अङ्गुर खेतीको लागि उपयुक्त स्थानहरू रहेका छन्।[४] )

रेल मार्ग[सम्पादन गर्नुहोस्]

काटोम्बामा रहेको एक प्राकृतिक रेल मार्ग जसले ससाना नजिकैको दूरीमा यात्रा गर्ने गर्दछ

प्रारम्भिक रेल मार्ग हुँदै जाने इञ्जिनियरहरू विशाल विभाजक हिमशृङ्खला कमसेकम समथल सतह वा उपयुक्त स्थानको खोजी गर्न र थोरैमात्र उकालो ओरालो भएको ठाउँ पत्ता लगाउन यही रेल मार्गबाट जाने गर्दथ्य। यो रेलमार्ग निम्नलिखित स्थानहरूबाट जान्छ:

सडक मार्ग[सम्पादन गर्नुहोस्]

अस्ट्रेलियामा रहेका धेरै राजमार्गहरू जस्तै अल्पाइन मार्ग, विशाल अल्पाइन मार्ग, ह्युमे राजमार्ग, उत्तरी राजमार्ग, म्ल्बा राजमार्ग, मारोण्डाह राजमार्ग, सनरेसियन राजमार्ग, सङ्घीय राजमार्ग, विशाल पश्चिमी राजमार्ग, क्याप्रिकन राजमार्ग, क्युनिङ्घाम राजमार्ग, न्यू इङ्ल्यान्ड राजमार्ग, ब्रुक्सनर राजमार्ग, ओक्ले राजमार्ग, वार्रिगो राजमार्ग, वाटरफल मार्ग, थण्डरबोल्ट्स मार्ग, क्याल्डर राजमार्ग, पश्चिमी राजमार्ग, र मर्रे उपत्यका राजमार्ग यस हिमशृङ्खलाको प्रमुख राजमार्ग हुन्।

संरक्षित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

विशाल विभाजक हिमश्रृङ्खलमा पर्ने राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरू यस प्रकारका छन्: [६][७]

होथम हिमाल, भिक्टोरिया

को नजिकैबाट देखिएको, विशाल विभाजक हिमशृङ्खला

फिदरटप हिमालको चुचुरोबाट देखिएको दृश्य

इतिहास[सम्पादन गर्नुहोस्]

विशाल विभाजक हिमशृङ्खला ३०० मिलियन वर्ष अगाडि कार्बनी कल्पमा बनेको थियो। हालको दक्षिण अमेरिका र न्युजिल्याण्डसँग एकआपसमा ठोकिएर यसको उत्पत्ति भएको थियो। त्यसपछि यस हिमशृङ्खलाले महत्त्वपूर्ण विस्फोटनको अनुभव गरेको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named KNP
  2. Australia.gov, "Australian Rocks and Mountains", १५ जुलाई २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१२  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १५ जुलाई २०१२ मिति
  3. स, जोन एच, कोलिन्स अस्ट्रेलियाली विश्वकोश, विलियम्स कोलिन्स लि, सिड्नी, १९८४, आइएसबिएन ०-००-२१७३१५-८
  4. क्लर्क, ओजेट (सन् २००२), नयू वाइन एटलस: रक्सी र रक्सी बनाउने उपयुक्त क्षेत्र, ह्युगटन मिफलिन हारकर्ट, पृ: ३००, आइएसबिएन 0-15-100913-9, अन्तिम पहुँच १८ डिसेम्बर २०११ 
  5. "एनएसडब्ल्यू रेलमार्गमा उकालो र ओरालो", डब्ल्यूडब्ल्यूडब्ल्यूडट एनएसडब्लू रेल डटनेट, २३ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. मेलवे, संस्करण ३५ सन् २००८, नक्साहरू
  7. ब्रिसवे, संस्करण १, २००५

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]