"मिया खलिफा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४८: पङ्क्ति ४८:
[[श्रेणी:लेबनानी अश्लील चलचित्र अभिनेत्रीहरू]]
[[श्रेणी:लेबनानी अश्लील चलचित्र अभिनेत्रीहरू]]
[[श्रेणी:महिला टिकटकरहरू]]
[[श्रेणी:महिला टिकटकरहरू]]
[[श्रेणी:वेबक्याम मोडलहरू]]

०९:५१, ६ जुन २०२१ जस्तै गरी पुनरावलोकन

मिया खालिफा
ميا خليفة
चित्र:Mia Khalifa in 2019.png
अक्टोबर २०१९ मा खलिफा
जन्म (1993-02-10) १० फेब्रुअरी १९९३ (उमेर ३१)
बेरुत, लेबनान
अन्य नाममिया कलिस्टा
पेशामिडिया व्यक्तित्व, खेल टिप्पणीकर्ता, वेबक्याम मोडल, अश्लील अभिनेत्री
कार्यकालसन् २०१४–वर्तमान
उचाइ५ फिट २ इन्च (१.५७ मी)[१]
जीवनसाथीअज्ञात
(वि. २०११; सवि. २०१६)
रोबर्ट स्यान्डबर्ग
(
वि २०२०)

मिया खालिफा (/mə kəˈlfə/; अरबी: ميا خليفة, लेबनानी अरबी उच्चारण: [ˈmiːa xaˈliːfe]; जन्म फेब्रुअरी १०, १९९३), मिया क्यालिस्टाको रूपमा पनि चिनिने,[१] एक लेबनानी-अमेरिकी मिडिया व्यक्तित्व, खेल टिप्पणीकर्ता, वेबक्याम मोडेल, र पूर्व अश्लील अभिनेत्री हुन्। अश्लील चलचित्र अभिनेत्रीको रूपमा उनी सन् २०१४ देखि २०१५ सम्म सक्रिय थिइन्।[२]

लेबनानको राजधानी बेरुतमा जन्मिएकी, खलिफा सन् २००१ मा संयुक्त राज्यमा बसाइसराइ गरेकी थिइन्।[३] उनले अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, र डिसेम्बर २०१४ मा पोर्नहब नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूपमा स्थान दिएको थियो। उनको कर्यकाल बिबादास्पद रहेको थियो, विशेष गरी एक श्रव्य दृश्यको लागि उनले इस्लामी हिजाबमा लगाएर यौन कार्यहरू गरेकी थिइन्।[३] तीन महिनापछि, खलिफाले अन्य रूचिहरूको अनुसरण गर्नका लागि अश्‍लील उद्योग छाडेकी थिइन्।

प्रारम्भिक जीवन

मिया खलिफा, १० फेब्रुअरी १९९३ मा बेरूत, लेबनानमा जन्मिएकी थिइन्।[१] उनी र उनका परिवारले दक्षिण लेबनानको द्वन्द्वका कारण आफ्नो घर छोडि[४][५] सन् २००१ मा संयुक्त राज्य अमेरिकामा बसाइसराई गरेका थिए।[४] उनको परिवार क्याथोलिक हुन् र उनी पनि सोही धर्ममा हुर्किएकी थिइन् जसलाई उनले "धेरै रूढीवादी" भनेर वर्णन गर्दै त्यसको पालना गरेकी थिइनन्।[४] खलिफाले बेरूतको फ्रान्सेली निजी विद्यालय अध्यापन गरेकी थिइन् जहाँ उनले अङ्ग्रेजी बोल्न सिकेकी थिइन्। संयुक्त राज्य अमेरिका बसाइसराई पछि, उनी मोण्टगोमेरी काउण्टि, मेरील्याण्डमा बसोबास गर्थिन् जहाँ उनले उच्च विद्यालयमा लेक्रोस नामक खेल खेल्थिन्।[६] खलिफाले "त्यहाँको सबैभन्दा काला र अनौठो केटि साथी" भएका कारण उच्च विद्यालयमा बदमाशीको कुरा गरेकी थिइन् जून सेप्टेम्बर ११ को आक्रमण पछि झन् तिव्र भएको थियो।[४]

खलिफाले मसान्टेन मिलिटेरी एकेडेमीमा पढेकी थिइन् र त्यसपछि उच्च विद्यालय पढ्नका लागि टेक्सस गएकी थिइन्।[४] उनी टेक्सस विश्वविद्यालयबाट इतिहासमा स्नातक हासिल गरेकी थिइन्।[७]

अश्लील भिडियो

उच्च विद्यालयमा छँदा, खलिफा पेय सेवकको रूपमा काम गर्थिन् र उनले केही मोडलका कार्य पनि गर्दथिन्। उनी एक स्थानीय स्पेनी भाषाको डिल अर नो डिल जस्तै दूर्दशन खेल कार्यक्रममा "ब्रिफकेस गर्ल" थिइन्।[४] स्नातक पछि, उनी मियामीमा सरेकी थिइन् जहाँ उनलाई नग्न मोडल गर्न अनुरोध गरिएको थियोे जून उनले स्वीकार गरेकी थिइन्।[४]

खलिफाले अक्टोबर २०१४ मा अश्‍लील चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।[८] उनी मियामीमा हिंडिरहेको बेलामा उनलाई अश्लील चलचित्रमा देखा परेको वा नपरेको बारेमा केही कुरा सोधिएको थियो।[९] ब्याङब्रोजको एक दृश्यमा उनले त्रि यौन क्रियाकलापमा इस्लामी हिजाब लगाई यौन क्रियाकलाप गरेका कारण उनी सञ्चार माध्यममा व्यापक चर्चामा आएकी थिइन्।[३][४] यो दृश्यले खलिफालाई लोकप्रिय बनाएको थियो र साथसाथै लेखक र धार्मिक व्यक्तित्वहरूद्वारा उनलाई आलोचना गरिएको थियो र यही कारणले तत्कालिन समयमा शक्तिशाली रहेको मुसलमान उग्रवादी सङ्गठन आइएसले उनलाई ज्यान मार्ने धम्की पनि दिएको थियो। [१०]

दृश्यका निर्माताले खलिफाको जातीयताको शोषण गर्न कोशिस नगरेको र यसलाई अँगाल्न चाहेको बताएका थिए र कसैले पनि यसको नकारात्मकता अनुमान गर्न नसक्ने पनि उनले बताएका थिए।[४]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ Fay Strang (जनवरी ५, २०१५), "Who is Mia Khalifa? Everything you need to know about Lebanese beauty who's PornHub's number one porn star", Daily Mirror, अन्तिम पहुँच जनवरी ७, २०१५ 
  2. "मिया खलिफाको अवकाश", इन्कुविस्टर, अन्तिम पहुँच अक्टोबर २३, २०१८ 
  3. ३.० ३.१ ३.२ "पुनः चर्चामा छाइन् पोर्न स्टार मिया खलिफा, थाहा पाउनुहोस् १० रोचक तथ्य", रातोपाटी, अन्तिम पहुँच २६ असोज २०७६ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ ४.६ ४.७ ४.८ टिमोटि बेला (अप्रिल ९, २०१८), "You Don't Know Mia Khalifa", प्लेबोई, अन्तिम पहुँच जुन २४, २०१८ 
  5. लौरा स्मिथ-स्पार्क र रोबा अलहिनवी (जनवरी ७, २०१५), "Songs and death threats for Lebanese American porn star Mia Khalifa", सिएनएन, अन्तिम पहुँच जनवरी ७, २०१५ 
  6. ड्यान ष्टेनबर्ग (जुलाई १३, २०१६), "A former porn star has become one of D.C.'s loudest sports fans on social media", द वासिङ्टन पोष्ट, अन्तिम पहुँच जुलाई १३, २०१६ 
  7. टेलर वफोर्ड (जनवरी ६, २०१५), "Meet Mia Khalifa, the Lebanese Porn Star Who Sparked a National Controversy", न्यूज विक, अन्तिम पहुँच जनवरी ७, २०१५ 
  8. ओगिल्भ, जेसिका (जुलाई २४, २०१५), "Inside Mia Khalifa's Mysterious Rise to Porn Superstardom", कम्प्लेक्स, मूलबाट जनवरी २, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ८, २०१५ 
  9. "Lance Armstrong finds a kindred spirit in former porn star", न्यू योर्क पोष्ट, फेब्रुअरी २८, २०१८, अन्तिम पहुँच अगस्ट ३, २०१८ 
  10. "विगतप्रति पछुताउँछिन् मिया खलिफा, वयस्क उद्योगले अभावग्रस्त महिलालाई जालमा पार्ने आरोप", रातो पाटी, अन्तिम पहुँच असोज २०७६ 

बाह्य कडीहरू