"आइशा चौधरी" का संशोधनहरू बिचको अन्तर
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
|||
पङ्क्ति ३७: | पङ्क्ति ३७: | ||
{{Reflist}} |
{{Reflist}} |
||
==बाह्य |
==बाह्य कडी== |
||
{{Commonscat|Aisha Chaudhary|आइशा चौधरी}} |
{{Commonscat|Aisha Chaudhary|आइशा चौधरी}} |
||
* [https://www.bloomsbury.com/author/aisha-chaudhary आइशा चौधरी] |
* [https://www.bloomsbury.com/author/aisha-chaudhary आइशा चौधरी] |
२०:५३, १० जुन २०२१ जस्तै गरी पुनरावलोकन
आइशा चौधरी | |
---|---|
जन्म | दिल्ली, भारत[१] | २७ मार्च १९९६
मृत्यु | २४ जनवरी २०१५ गुरगांव, भारत | (उमेर १८)
मृत्युको कारण | पल्मोनरी फाइब्रोसिस |
मातृ शिक्षाप्रतिष्ठान | अमेरिकन एम्बेसी स्कूल |
पेशा | प्रेरक वक्ता |
चिनारीको कारण | इङ्क सम्मेलनमा प्रेरणादायी भाषण |
गृहनगर | दिल्ली |
मातापिता |
|
आइशा चौधरी (२७ मार्च १९९६ - २४ जनवरी २०१५)[२] एक भारतीय लेखक र प्रेरक वक्ता थिइन् । उनले माइ लिटल एपिफनिज लेखेकी थिइन्, जुन उनको मृत्युको एक दिन अगाडि प्रकाशित भएको थियो ।[३] द स्काइ इज पिङ्क नामक चलचित्र केही हदसम्म उनको जीवनमा आधारित छ ।
बाल्यकाल
आइशा यम ! ब्रान्ड्सको दक्षिण एसियाली शाखाको सभापति निरेन चौधरी र मानसिक स्वास्थ्य सेवक अदितीकी छोरी थिइन् । उनको दाइको नाम ईशान चौधरी हो । उनकी दिदी तान्या चौधरीको ७ महिनाको उमेरमा नै मृत्यु भएको थियो । आइशाको जन्मजात नै शरीरको रोग प्रतिरोधात्मक शक्तिमा समस्या थियो । ६ महिनाको हुँदा उनले अस्थि मज्जा प्रत्यारोपण गर्नुपर्यो ।[४] यसको फलस्वरूप उनमा फोक्सोमा दाग पार्ने पल्मोनरी फाइब्रोसिस देखा पर्यो ।[५]
कार्य जीवन
आइशा चौधरीले १५ वर्षको उमेरदेखि मृत्युसम्म प्रेरणादायी भाषणहरू दिइन् । उनलाई इङ्क फेलोको उपाधि दिइएको थियो र सन् २०११ तथा सन् २०१३ का इङ्क सम्मेलनमा पनि बोलेकी थिइन् ।[६] सन् २०१३ को पुणेस्थित टेड सम्मेलनमा पनि उनले आफ्नो कथा सुनाएकी थिइन् ।
उनले लेखेको किताब उनको मृत्युको एक दिन अगाडि प्रकाशित भएको थियो ।[७][८]
अन्य मिडियामा प्रतिनिधित्व
११ अक्टोबर २०१९ मा विमोचित सोनाली बोसद्वारा निर्देशित र प्रियङ्का चोपडाले अदिती चौधरी, फरहान अख्तरले निरेन चौधरी, जायरा वसीमले आइशा चौधरी र रोहित सुरेश सराफले ईशान चौधरीको भूमिका निर्वाह गरेको चलचित्र द स्काइ इज पिङ्क पनि उनकै जीवनमा आधारित छ ।[९][१०][११]
कृति
- माइ लिटल एपिफनिज [१२][१३] (सन् २०१५) जसको माध्यमबाट उनले जीवनमा कठिनाइ भोग्नुपरिरहेका व्यक्तिहरूलाई आशा दिलाउन चाहन्थिन् ।[१४]
सन्दर्भ
- ↑ "Real Se Reel Tak"।
- ↑ "Mother reflects on Aisha's inspiring life in Gurgaon | Gurgaon News - Times of India", The Times of India।
- ↑ "Pendrive: Remembering Aisha Chaudhary", The Indian Express, २५ जनवरी २०१५, अन्तिम पहुँच २०१५-०३-०७।
- ↑ "Priyanka Chopra in The Sky Is Pink: Who is Aisha Chaudhary, the girl the film is based on?", India Today (अङ्ग्रेजीमा), Ist, अन्तिम पहुँच २०१९-०३-०२।
- ↑ "The Girl Who Just Won't Give Up - The New Indian Express", अन्तिम पहुँच २०१५-०३-०७।
- ↑ "Singing in the life boat", inktalks.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-११।
- ↑ "The Girl Who Just Won't Give Up", The New Indian Express, अन्तिम पहुँच २०१८-०७-११।
- ↑ "Redirecting", tedxtalks.ted.com, अन्तिम पहुँच २०१८-०७-११।
- ↑ "Priyanka Chopra in The Sky Is Pink: Who is Aisha Chaudhary, the girl the film is based on?", India Today, अन्तिम पहुँच ९ फेब्रुअरी २०१९।
- ↑ "Priyanka Chopra's The Sky Is Pink gets a release date", २१ फेब्रुअरी २०१९।
- ↑ "Priyanka Chopra shares the latest still from 'The Sky Is Pink' featuring Farhan Akhtar - Times of India", The Times of India।
- ↑ Jacob, Rahul (२०१५-०५-०९), "Two books about smiling through adversity", Business Standard India, अन्तिम पहुँच २०१८-०७-११।
- ↑ Bloomsbury.com, "My Little Epiphanies", Bloomsbury Publishing (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-११।
- ↑ Lawrence, Victor, ""Real Se Reel Tak" - The real face of characters in upcoming Bollywood Biopics.", Digital World (en-USमा), अन्तिम पहुँच २०१९-०९-१६।