"ठेट नेपाली शब्दहरू" का संशोधनहरू बिचको अन्तर
सा →घ |
|||
पङ्क्ति ५६: | पङ्क्ति ५६: | ||
==घ== |
==घ== |
||
घुम = पानी पर्दा ओत लाउने साधन, बाहास्स र साल्को पात्ले छाएको हुन्छ |
घुम = पानी पर्दा ओत लाउने साधन, बाहास्स र साल्को पात्ले छाएको हुन्छ |
||
घुँडी खोप्रो - घुँडाको पछाडि पिडुल्ला र तिघ्राको बिचको खोबिल्टो परेको भाग |
|||
घोलथाप्रे - एक किसिमको झार, जडीबूटि |
घोलथाप्रे - एक किसिमको झार, जडीबूटि |
१३:३५, २९ जुन २०२१ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अ
अन्मरिनु : आउनु
अर्ग = अर्घ - गोरसद्वारा देवतालाई गरिने अभिनन्दन्
अर्सा - चामलको पिठो र खुदोबाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि
अनौ - हलोमा गाडेको समात्ने handle
अँगेरी - पाक्दा कालो हुन्छ र खायो भने मुखै कालो हुन्छ। यो सिमालीको बोट जत्रो साइजको हुन्छ।
आट - गाउँ तिरका घरमा हुने माटोको अग्लो भाग। बत्ती राख्ने प्रयोग हुन्छ
आंटी= गाउँ तिर हुने घरको माथिल्लो तल्ला !
आँटी : माथितिरको तल्ला (बुईगल भन्दा तलका)
आने: घ्यु राख्ने काठको भाँडो यो ठीक्क एकमानो जाने हुन्छ।
ओहोरा = बनभोज
ख
खनिउ - एक प्रकरको रुख जसका लहरा वा जरामा मिठो फल फल्ने गर्छ
खलाँती - फलाम पोल्ने ठाममा (आरनमा) फुक्ने सधान (छालाबाट बनेको हुन्छ)
खलो : दाईँ गर्न खेतमा खुर्केर चिल्लो पारेको ठाउँ
खिर्रो - दूध जस्तो चोप आउने एक प्रकारको बोट
खँड्यौली = कनिका, चामलबाट चोक्टेर बनेको मसिनो धुलो।
खँड्कुलो = ठूलो पानी तताउने, बिहे, भतेर म भात पकाउने भाँडो हो।
खुरा = जुत्ताकोकुर्कुच्चा
खेदा = जंगली हात्ति पकड्ने काम
ग
गन्धक = बारूदमा हुने एक प्रकारको रसायनिक पदार्थ
गट्टे = तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा); स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने
गाभा - कर्कलाको पात
गाभो - धान, कोदोको एक रोपो
गीठा = गिठ्ठा = तरुलको जमीन् अ मुनि नभै जमीन् माथि लहरामा फल्ने फल्
गिद्रो = जेको पनि भित्री भाग्
गौवा = दहि वा मोहि राख्ने काठको भाँडो
घ
घुम = पानी पर्दा ओत लाउने साधन, बाहास्स र साल्को पात्ले छाएको हुन्छ
घुँडी खोप्रो - घुँडाको पछाडि पिडुल्ला र तिघ्राको बिचको खोबिल्टो परेको भाग
घोलथाप्रे - एक किसिमको झार, जडीबूटि
च
चम्काचधुँवा = बिहे हुने १-२ दिन् अघि बेहुलो र बेहुलीको घरमा जग्गे बनौने काम
चित्रा = चित्रो = बाँस्बाट बनेको एक् प्रकार्को mat.
चिम्टा - आगो चलाउन बनाईएको फलामे औजार
चिम्टा= आगो चलाउदा प्रयोग हुने दुइवटा चुच्चो भएको फलामको भाडो .....
चुठुवा : काठको सानो भाँडो, चुक अमिलो राख्न प्रयो गरिने
चुठुवा - चुठ्ने थाउ, एक प्रकरर्को पित्तलको बाटा जस्तै त्यसमा पहुन व ठूला-ठालुलाई हात्-खुट्टा धुने भाडो।
चोटा - घरको पहिलो तला अर्थात भुईँतला माथिको तला
चौँठे = आने भन्दा अलिक अग्लो र साँगुरो काठको भाँडो जुन चुक राख्न प्रयोग हुन्छ।
च्याख्ला-- मकैको चामल, मकै वा गहुँको खस्रो पीठोलाई नि च्याख्ला भन्छ
छ
छयापी =दुङ्दुङे = एक प्रकारको लसुन, प्याज बर्गको साग। प्राय जसो यसको साग आलु सँग पकाएर खाने गरिन्छ
ज
जोतारो: जुवा र गोरुलाई बाँध्ने डोरी
झ
झाँझर = प्वालै प्वाल भएको पन्यौं
ट
ट्यामी - aluminumको घिउ, दूध बोक्ने भाँडो
टाट्नो - खसी बख्रालाई घाँस हल्ने थाउ
टुडो : कोदो ठटाएर रहेको भुस जस्तो, अनि केही चिजको छेउ वा कुनो; चुच्चो
टोलुग् - महि रख्ने ठूलो ठेकी। has same diameter from the top to bottom
टौवा: पराल राख्न बनाइने टाँड । साथै खेतिपाती रेखदेख तथा गाईबस्तु चराउनजाँदा आराम विश्राम गर्ने काठबाट बनाको अग्लो अस्थाई बस्ने ठाउँ ।
ठ
ठेकी : दही मथ्ने काठको भाँडो, मही राख्ने अथवा दहि राख्ने काठको भाँडो
ठिगारे : रोपाइँ गर्दा खेतको आली, छेउकुना मिलाउने खेतालो वा बाउसे
ढ
ढुङ्री - आगो फुक्ने tube
त
तगारो - अगनमा gateको ठाउमा हुने काठ वा ढुङा वा बाँसको खम्बामा घोचा छिराएर बनाउने बाधा।
तसेली- बाटुलो परेको भात पकाउने पातलो भाँडो usually of copper or brass
तारिको - खाँबो र दलिन बीचमा राखिने काठ (खाँबोमा दलिनको लोड ट्रान्सफर गर्ने)
तुर्नु - सकाउनु
थ
थाप्लो - टाउको
थुतुनो - मुख
द
दलीन = घरको पहिलो तल्ला अड्याउने काठ
दाप - खुकुरी राख्ने case
दाँदे: विशेष गरी बारी वा खेतको माथिल्लो जमेको सतह खुल्ला गर्न प्रयोग गरिने दाँत भएको औजार
दुधरोटी- गहुको पिठो लाई साना साना डल्ला डल्ला पारेर दुध सुकुन्जेल पकाको रोटि
ध
धरान - काठ काट्ने, आरा लाउने ठाँउ
धुर्सूल = एक प्रकारको बुट्यान हो जुन तराई भेगमा पाइन्छ। यसको फूल जुन अरु फूल भन्दा भिन्न हुन्छ, प्राय जसो स्व-स्थानी पूजाको लागी प्रयोग हुने।
धूरी - छानो
न
नल - कोदोको डाँठ
नारा= जुवा र हलोलाई बाध्ने छालाबाट बनेको डोरी
नीदाल - तलो छाप्दा प्रयोग भएको ठूलो रुखको मुढो
प
पक्कु -छनेर पकाएर रखिने एक परिकार
पगटो= पोहोटो = चामल न लागेको धान
पट्टुवा : दाम्लो-नाम्लो बुन्न निकालिने रेसादार बोक्रा, यो खनियो, चिप्ले, ओडालो आदिको हाँगाबाट निकालिन्छ। सनपाटबाट पनि निकालिन्छ।
पट्याँस =पटेस= नाङलो
पन्चपाला : विशेषत पूजामा प्रयोग हुने सानो तामाको पानी राख्ने पाँच-खोपा भएको भाँडो
पाली - घर सङ्ग जोडिएको भिरालो छानो भएको भाग
पाँजा - धान काट्ने बित्तिकै सुकाउन फिँजाएर राखेको
पुल्ठी = सले र मटितेल हलेर बालिने बत्ती = टुकी, डिबिया
पेरुङ्गो = परेवा रख्ने, सुङ्गुरका पाठा बोक्ने बाँसको आँखी झ्याल जस्तो परेको झोला
पुती = योनी, नारी मुख्य योनाङ्ग ढिङ,गाणी समेत भनिने।
फ
फगटो = खेतको हलो नलाग्ने सानो गरो
फरिका - सेउला, सिमाली आदिले बनाएको बार्ने चित्रो।
फुलमिठाई - पशुपति आदिका तिर्थस्थलमा फूलपाती सँग पाईने सेतो मिठाई
ब
बम्कनु - ब्यर्थमा रिसाउनु
बरणी - बिहे गर्दा बेहुलीको बाबुले बेहुलो लाई गरिने पूजा
बतिलो - चिचिलो
बरियो - नाम्लोको डोरि ढोको बोक्ने
बलेनी - धुरिको पानी झर्नेठाँउ
बसिला - काठ तास्ने सानो औजार
बसुल्ला - बसिला
बाकल - बोक्रा सहितको फलेक; निबुवाको बोक्रा
बाबियो - डोरी बाट्न प्रयोग हुने लामो रेसादार पात भएको बनस्पति
बाहाँ - छाँनो अड्याउने बाँस वा काठ - जुन घर बहिर बाटै देखिन्छ; रोटे-पिङमा हुने क्रस-भाग
बिलाउनी-- घिउ खारे पछि तल् बस्ने ठोस पदार्थ
बिलाउनी: घिउ तताउँदा पिँधमा थिग्रेको चिज,
बुत्त्याउनु - सकाउनु
बेल्चा - माँटो बोक्ने - फाल्ने साधन
बेलौती - अम्बा
भ
भुतभुते - आगो सहितको तातो खरानी
भुँडिखोप्रा: करङ नेरको खोप्रो
म
मजेत्रो = माहिला हरूले टाउकोमा बाँध्ने खास्टो
मझेरी - घरको अगेनु भएको छेत्र।
मठ्ठल: छानोको पानी चुहिने नेर छानो अड्याउन राखेको डाँडा (perline)को टुप्पा हरूलाई छोपेर राम्रो देखाउन along the edge of roof टाँसिने काठ। मन्दिरहरूमा यसमा बुट्टा पनि भरेको हुन्छ।
मदानो : दही मथ्ने शाफ्ट; मही पार्ने काठको पन्खा
मल्खु - खस्रो गरी पिनेको मकै। भात पकाउन न मिल्ने
मल्खे: सेल रोटी पकाउँदा लास्टमा रहेको पीठोले सेल घुमाउन नमिल्ने भएकोले यत्तिकै तेलमा खन्याइन्छ अनि मालपुवा जस्तो बन्छ नि, त्यसलाई मल्खे भन्छ।
मला- महला = मोहोरा= जोत्दाखेरी गोरुको मुखमा लगाईदिने कुरा
मानी: जाँतोको बीचमा हुने सानो फलामको किला
माहुर सेलाउनु - बेहुली लिएर फर्कदा पहिलो खोला तर्दा माहुर भन्ने चिज खोलामा बगाउनु।
मियो: दाईँ गर्न गोरुको लहरलाई बाँध्न बिचमा गाडेको खम्बा।
मुहान् = नदिको उत्पत्ति हुने ठाउ
मुलडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। रोँटे पिङमा बाहाँ अड्याउन प्रयोग हुने
मैजारो गर्नु - गरी सक्नु
र
रछ्यान: फोहर फाल्ने ठाउँ
राँबो - कठमा प्वाल पर्ने बसिला जस्तै औजार
ल
ल = सधै पानी लेग्ने खेत
लिप्टी - सानो गुन्द्री (एजजनालाई मात्र पुग्ने)
लोहोरो : मसला पिन्ने ढुङ्गा
स
स्याउ = पानीबाट ओतीन पातबाट बनाईएको ओढनी
सत्रन्जा - ओछ्यानको सब्भन्दा मुनि बिछ्याईने तन्ना जस्तो लुगा
सानोडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा।
सामा: कोदो प्रजातीमा पर्ने झार, धानको जस्तै बाला हुन्छ
सिमाली - बारमा लगाइने एउटा बुट्यान।
सुर्को - सुर्को पारेर बाध्ने; बारीको सानो टुक्रा, जहाँ हल लाग्दैन।
सुली - कुखुराको गु , मकैको कुन्यु
सोत्तर - सुकेका पात पत्तिङगर, स्याउला सिलौटो- फराकिलो ढुङ्गा जसमाथि मसला राखेर लोहोरोले पिसिन्छ।
ह
हलेदो=बेसार ,बेसारको बोट अथवा जमीन मूनि फलेको गानु
हतसो - गुन्द्री बुन्दा चहिने काथको सधन
हर्पे - घिउ रख्ने काठको भाडो
हातो - जाँतोको handle
हेगा लगाउने= बर्खा याममा खेत सम्माउने
हेगा लगाउने= बर्खा याममा खेत सम्माउने