"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सामान्य सुझाव
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ४५८: पङ्क्ति ४५८:
# अनुदान लिइएको सहयोग समुदायको स्तर वृद्धिको लागि हुनेहुँदा अनुदान मार्फत सञ्चालन हुने कार्यक्रमको समीक्षा र आर्थिक प्रतिवेदन व्यक्तिगत मात्र नभई समुदाय स्तरीय हुन पर्नेमा जोड दिन चाहन्छु ।
# अनुदान लिइएको सहयोग समुदायको स्तर वृद्धिको लागि हुनेहुँदा अनुदान मार्फत सञ्चालन हुने कार्यक्रमको समीक्षा र आर्थिक प्रतिवेदन व्यक्तिगत मात्र नभई समुदाय स्तरीय हुन पर्नेमा जोड दिन चाहन्छु ।
# अनुदानीत कार्यक्रम सञ्चालन गर्दा कार्ययोजना र समयावधि परिवर्तन वा थप गर्नु परेमा सञ्चालन समिति द्वारा उचित कारण देखाई समुदायमा प्रस्तुत गरी यदि कार्यक्रम समयमै सम्पन्न गर्न थप सहयोग चाहिएमा समुदायमा आवहान गर्नु जरुरी देखिन्छ । अतिआवश्यक बाहेक व्यतिगत कारणले अनुदनित कार्यक्रमहरुमा ढिलासुस्ती हुन नदिन यस्ता नीतिले थप सहयोग गर्दछ । - [[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १७:४९, २९ जुन २०२१ (नेपाली समय)
# अनुदानीत कार्यक्रम सञ्चालन गर्दा कार्ययोजना र समयावधि परिवर्तन वा थप गर्नु परेमा सञ्चालन समिति द्वारा उचित कारण देखाई समुदायमा प्रस्तुत गरी यदि कार्यक्रम समयमै सम्पन्न गर्न थप सहयोग चाहिएमा समुदायमा आवहान गर्नु जरुरी देखिन्छ । अतिआवश्यक बाहेक व्यतिगत कारणले अनुदनित कार्यक्रमहरुमा ढिलासुस्ती हुन नदिन यस्ता नीतिले थप सहयोग गर्दछ । - [[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १७:४९, २९ जुन २०२१ (नेपाली समय)

;[[User:सरोज कुमार ढकाल|सरोज ढकाल]]द्वारा टिप्पणी
* संसारका विकीप्रेमीहरूको माया, सद्भाव र दानमा चलेको विकिमिडियाफाउन्डेसनका कार्यक्रमहरू पारदर्शी, प्रभावकारी र सहकार्यमा आधारित हुनु पर्ने कुरा न्यूनतम आवश्यकता हो।
# लक्षित विकिमिडिया समुदायलाई त्यस आयोजनाको आवश्यकता र विश्वसनीयता महसूश हुनुपर्छ।
# लक्षित विकिमिडिया समुदायलाई त्यस आयोजनाको बारेमा पूर्वजानकारी हुनुपर्छ समुदाय सहमत भए पछि मात्र अनुदान प्राप्त हुनुपर्छ।
# आयोजनाको प्रतिवेदन विकिमिडिया फाउन्डेसनको साथ साथै, समुदायमा पनि साझेदारी गरिनु पर्छ। विकिमिडिया मेटामा सार्वजनिक रूपमा नै राखिने भए पनि समुदायलाई पनि जानकारी सहित लिङ्क साझेदारी गर्नु पर्छ र समयमा नै गरिनु पर्छ।
# अनुदानको दुरुपयोग गर्ने व्यक्तिहरूलाई समुदायले जिम्मेवारीका स्थानमा विश्वास गर्नुहुँदैन। -[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०८:३०, १ जुलाई २०२१ (नेपाली समय)

०८:३०, १ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू,






विकिपिडिया:पृष्ठ स्थानान्तरण मार्गदर्शिका पृष्ठ सम्बन्धमा

नमस्ते, विकिपिडिया:पृष्ठ स्थानान्तरण मार्गदर्शिका पृष्ठ सामुदायिक सहकार्य गरी लेखन कार्य सम्पन्न गरिएकोले कृपया आफ्नो सल्लाह सुझाव तथा मत राख्नहुन सबैमा अनुरोध गर्दछु। धन्यवाद।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०३, १५ अगस्त २०२० (नेपाली समय)

कुनै पृष्ठ स्थानान्तरण गर्न मनासिव कारण भएको अवस्थामा उक्त पृष्ठ स्थानान्तरण गर्न छलफल गरिराख्नु आवश्यक छैन। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:२१, १६ अगस्त २०२० (नेपाली समय)
श्रेणी सार्ने विषयमा, पृष्ठको इतिहास सम्बन्धमा तथा पृष्ठ सार्न नसकिने अवस्थाहरूको विषयमा थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिन्छ। --Nirajan pant (कुरा गर्ने) २२:१४, १९ अगस्त २०२० (नेपाली समय)
Nirajan pant जी, कृपया सामग्री थपेर सहयोग गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:३४, २८ अगस्त २०२० (नेपाली समय)
+@Nirajan pant: जी, समीक्षा गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३४, १६ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  समर्थन nShrestha १३:०८, २४ अगस्त २०२० (नेपाली समय)
  • केही प्रयोगकर्ताहरूद्वारा अवश्य नरहेको खण्डमा पनि शीर्षकहरू परिवर्तन गरिएको देख्न सकिन्छ। शीर्षक परिवर्तन गर्नका लागि एउटा ठोस प्रमाण पेश नगरी सार्न नमिल्ने नीति ल्याउनु पर्छ। हिज्जे गलत रहेका विषयहरूलाई भने हिज्जे परियोजना अन्तर्गत सार्न सकिन्छ। शीर्षक सार्न नमिल्ने भन्ने त ुहुुँदैन तर केही प्रयोगकर्ताहरू छलफल बिनानै मनलाग्दि ढङ्गले शीर्षक परिवर्तन गरिरहेका छन्, त्यसलाई नियन्त्रण गरिनु पर्छ।ہیمال سُبےدی چلو بات کرتے ہیں ११:२०, २५ अगस्त २०२० (नेपाली समय)



नमस्ते, सामुदायिक सहकार्य गरि पृष्ठ हटाउने नीतिउल्लेखनीयता नीति लेखन कार्य सम्पन्न गरिएको छ। कृपया नीतिहरूलाई समीक्षा गरेर आफ्नो सुझाव सल्लाह तथा मत राख्नहुन अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:११, १७ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

छलफल

 समर्थन संसारका सबै विकिपिडियाहरूमा लागू भएको यस नीति नेपालीमा थिएन। यसको पूर्व आवश्यकता नेपाली विकिपिडियामा रहेको छ। पर्वत सुबेदी (कुरा गर्ने) ११:२०, ३० जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]



अनुदान विषयमा केन्द्रीय नीति नियम

अघिल्लो छलफलको परिणामस्वरूप समुदायका सदस्यहरूद्वारा लिने गरिएको अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि यो छलफल सुरु गरिएको छ। यहाँको अनुभव र हालसम्मको सिकाइ अनुसार यस विषयमा आफ्नो सल्लाह, सुझाव र मत राख्न सक्नुहुनेछ। यस छलफलको आधारमा एउटा मस्यौदा दस्तावेज तयार पारेर त्यसलाई पुनः समुदाय समक्ष पेश गरी पारित गर्ने सोच बनाएको छु। अनुदानको विषयमा जानकार प्रयोगकर्ताहरूलाई विशेष रूपले यस छलफलमा सहभागी भई आफ्नो सुझाव राख्न अनुरोध गर्दछु। (यो छलफल नेपाली लगायत मैथिली, डोटेली र नेवारी विकिपिडियामा समेत चलाइनेछ।) धन्यवाद -- निर्मल दुलाल (कुरा गर्नुहोस) १२:१८, १२ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

२ जुन २०२१ ०६:३३ युटिसी भन्दा पूर्व नसकिने

नोट: छलफलमा समुदायका सबै सकृय सदस्यहरूको राय नआएको हुनाले यस छलफलको समयावधि थप गरिएको छ।

३० जुन २०२१ ०६:३३ युटिसी भन्दा पूर्व नसकिने

छलफल

छलफलमा सहभागी भइ सुझाव दिनुभएकोमा धन्यवाद तुल्सी जी। मैले यो छलफल समुदायकै समर्थनको आधारमा चलाएको छु र यो छलफलको उद्देश्य अनुदान सम्बन्धी नीतिको मस्यौदा तयार पार्नु हो र यहाँले दिनुभएको सुझाव अनुरूप सो मस्यौदा दस्तावेजलाई अनुदान समितिसमक्ष पेश गर्नेछु जसलाई उनीहरूले समीक्षा गर्नेछन्। समीक्षा पश्चात हामी पुनः समुदायमा त्यस प्रस्तावमाथि मतदान गरेर मूर्त रूप दिने प्रयास गर्नेछौ। तसर्थ यहाँले स्वतन्त्रतापूर्वक नीति सम्बन्धमा आफ्नो विचार राख्नुहोला। धन्यवाद: --- निर्मल दुलाल (कुरा गर्नुहोस) १६:३५, १३ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
निराजन पन्तद्वारा टिप्पणी
  • प्रस्तावको लागि धन्यवाद! विकिमिडिया फाउन्डेसनले दिने विभिन्न किसिममा अनुदानको लागि आफ्नै मापदण्ड छन्। सोही अनुसार नेपालमा बोलिने भाषाहरूमा विकिपरियोजनाहरूमा योगदान गर्ने योगदानकर्ताहरूले विकिमिडिया अभियानलाई अगाडि बढाउन अनुदानको उपयोग गर्दै आइरहनुभएको छ। यसले विकिमिडिया अभियानलाई सहयोग पुऱ्याइरहेकै छ तथापि केही प्रश्नहरू उब्जिएका छन्। ती प्रश्न वा मुद्दाहरूको हल गर्नको लागि अनुदानहरूलाई अझ व्यवस्थित त प्रभावकारी बनाउन स्थानीय तहमा समेत एउटा नीति आवश्यक रहेको देखिन्छ। अनुदान सम्बन्धी उठेका केही मुद्दाहरू तल प्रस्तुत गर्न चाहेँ।
लक्षित विकिमिडिया परियोजना वा समुदायलाई अनुदानको विषयमा जानकारी नहुनु वा ढिलो गरी मात्र जानकारी हुनु: अनुदान सम्बन्धी प्रस्ताव (विशेष गरी व्यक्तिगत अनुदान)को लागि समुदायमा खासै छलफल आवश्यक नहुने र प्रस्ताव मेटामा राखिने तथा छलफल पनि मेटामैँ हुने भएकाले लक्षित समुदाय सो प्रस्ताव सम्बन्धी अनभिज्ञ रहेको पाइन्छ। सो समस्यालाई हटाउन मेटामा अनुदान प्रस्ताव राख्नुपूर्व लक्षित विकिपरियोजनामा सो प्रस्तावमा समुदायको राय माग्न आवश्यक देखिन्छ। सो पश्चात् मात्र प्रस्ताव अनुमोदनको लागि मेटामा लैजाने गर्दा यो समस्या हल हुने देख्दछु। यसले व्यक्तिगत अनुदान लिने योगदानकर्तालाई पनि काम गर्न हौसला प्रदान गर्ने मेरो बुझाइ छ।
प्राप्त अनुदान के का लागि प्राप्त भयो र त्यसको प्रगति कस्तो छ भनेर लक्षित समुदाय अनभिज्ञ हुनु : अहिलेसम्म अनुदानको प्रस्ताव मेटा मैँ प्रस्तावित हुने तथा मेटामा प्रतिविदेन बुझाइने हुनाले समुदायलाई अनुदानको लाभ वा उपयोगिताको बारेमा तत्काल जानकारी हुँदैन। तसर्थ संक्षेपमा सो जानकारी समुदायमा समेत राख्न सके धेरै राम्रो हुने थियो।
प्राप्त अनुदान समुदायको लागि आवश्यक थियो वा थिएन भन्ने कुराको समुदायमा कुनै छलफल नहुने भएकोले धैरै जसो अनुदानका विषयमा समुदायमा मतभेदको स्थिति पैदा हुनु: अनुदान वा प्रोजेक्ट लक्षित विकिपरियोजनाको लागि प्राप्त गर्नुपूर्व त्यसमाथि छलफल नगर्दा सो को दायरा, समय, कार्यविधि, आवश्यकता लगायत विषयहरूमा समुदायका योगदानकर्ताहरूको राय थाहा नहुने भएकाले यसमा मतभेद देख्न सक्छौँ। तसर्थ यो कुरालाई समेत स्थानीय नीतिले समेट्नु आवश्यक देखिन्छ।

यसका अलावा अन्य विषयवस्तुहरू पनि हुनसक्छन्। यसमाथि अन्य योगदानकर्ताहरूको राय समेत सहायक हुने आशा लिएको छु।--Nirajan pant (कुरा गर्ने) १०:०५, १५ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

बिप्लब आनन्दद्वारा टिप्पणी
अनुदान सम्बन्धमा योग्यता- कुनै पनि व्यक्तिगत प्रयोगकर्ता अनुदान लिनको लागि योग्य हुन खाता खोलेको १ वर्ष र नेपालका विकी परियोजनाहरूमा पछिल्लो ३ महिना सक्रिय हुनुपर्नेछ। पछिल्लो ३ महिनामा १५० सम्पादन भएका प्रयोगकर्ता अनुदान पेश गर्न योग्य मानिनेछ।
अनुदान सम्बन्धमा पूर्व जानकारी- कुनै पनि व्यक्तिगत प्रयोगकर्ताले मेटा विकीमा अनुदान प्रस्ताव गर्नुभन्दा पूर्व अनिवार्य रूपमा समुदायमा जानकारी गराउनुपर्नेछ।
अनुदान सम्बन्धी छलफलको समयसीमा- समुदायमा अनुदान सम्बन्धी छलफलको न्यूनतम समयसीमा १५ दिनको हुनेछ। सो समयसीमा भित्र सहमति वा विमति भएमा त्यो प्रयोगकर्ताले आफ्नो प्रस्ताव मेटा विकीमा राख्न सक्नेछ। समुदायले प्रस्तावमाथि विमति जाहेर गरेता पनि त्यो प्रयोगकर्ताले अनुदानको प्रस्ताव पेश गर्न सक्नेछ तर सो सामुदायिक छलफलको नतीजा सम्बन्धी जानकारी मोटो अक्षरमा मेटा विकीको अनुदान प्रस्तावमा स्पष्ट रूपमा राख्नुपर्नेछ।
अनुदान सम्बन्धी प्रतिवेदन, सिकाइ समेत- अनुदान सहयोग लिएर सम्पन्न गरिएको परियोजनाको शारांश प्रतिवेदन समुदायमा साझा गर्नुपर्नेछ।

धन्यवाद। अन्य प्रयोगकर्ताहरूले समेत आ-आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१७, १ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

नविन सापकोटाद्वारा टिप्पणी
  • माथि उल्लेखित प्रस्तावमा मेरो पूर्ण समर्थन जनाउँदै फाउन्डेसन बाट लिईने अनुदान सहयोगलाई अजै प्रभावकारी बनाउन पर्नेमा जोड दिन चाहन्छु ।
  1. सर्बप्रथम त समुदायमा सञ्चालन हुने कुनैपनि कार्यमा अनुदानलाई भन्दा पनि समुदाय सदस्यहरुको योगदानलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालनमा गर्नु पर्ने जरुरी देखिन्छ ।
  2. कार्यक्रम सञ्चालनको लागि समुदायबाट योगदान सम्भव नहुने अवस्थामा मात्र उचित कार्ययोजना र लक्षित खर्च विवरणलाई समुदायबाट अनुमोदन गरी अनुदानको प्रस्ताव राख्नु उचित देखिन्छ ।
  3. अनुदान लिइएको सहयोग समुदायको स्तर वृद्धिको लागि हुनेहुँदा अनुदान मार्फत सञ्चालन हुने कार्यक्रमको समीक्षा र आर्थिक प्रतिवेदन व्यक्तिगत मात्र नभई समुदाय स्तरीय हुन पर्नेमा जोड दिन चाहन्छु ।
  4. अनुदानीत कार्यक्रम सञ्चालन गर्दा कार्ययोजना र समयावधि परिवर्तन वा थप गर्नु परेमा सञ्चालन समिति द्वारा उचित कारण देखाई समुदायमा प्रस्तुत गरी यदि कार्यक्रम समयमै सम्पन्न गर्न थप सहयोग चाहिएमा समुदायमा आवहान गर्नु जरुरी देखिन्छ । अतिआवश्यक बाहेक व्यतिगत कारणले अनुदनित कार्यक्रमहरुमा ढिलासुस्ती हुन नदिन यस्ता नीतिले थप सहयोग गर्दछ । - Nabin K. Sapkota (कुरा गर्ने) १७:४९, २९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
सरोज ढकालद्वारा टिप्पणी
  • संसारका विकीप्रेमीहरूको माया, सद्भाव र दानमा चलेको विकिमिडियाफाउन्डेसनका कार्यक्रमहरू पारदर्शी, प्रभावकारी र सहकार्यमा आधारित हुनु पर्ने कुरा न्यूनतम आवश्यकता हो।
  1. लक्षित विकिमिडिया समुदायलाई त्यस आयोजनाको आवश्यकता र विश्वसनीयता महसूश हुनुपर्छ।
  2. लक्षित विकिमिडिया समुदायलाई त्यस आयोजनाको बारेमा पूर्वजानकारी हुनुपर्छ समुदाय सहमत भए पछि मात्र अनुदान प्राप्त हुनुपर्छ।
  3. आयोजनाको प्रतिवेदन विकिमिडिया फाउन्डेसनको साथ साथै, समुदायमा पनि साझेदारी गरिनु पर्छ। विकिमिडिया मेटामा सार्वजनिक रूपमा नै राखिने भए पनि समुदायलाई पनि जानकारी सहित लिङ्क साझेदारी गर्नु पर्छ र समयमा नै गरिनु पर्छ।
  4. अनुदानको दुरुपयोग गर्ने व्यक्तिहरूलाई समुदायले जिम्मेवारीका स्थानमा विश्वास गर्नुहुँदैन। -सरोज(Saroj) (कुरा गर्ने) ०८:३०, १ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]