"अर्थ" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा (रोबोट : हिज्जे मिलाउँदै)
चार [[पुरुषार्थ]]लाई पनि अर्थ भनिन्छ । यी पुरुषार्थहरू हुन्– अर्थ, काम, धर्म र मोक्ष । पुरुषार्थ शब्दमा समेत अर्थ जोडिनाले चारवटा पुरुषार्थमा अर्थ सर्वाधिक महत्त्वपूर्ण रहेछ भन्ने बुझिन्छ । त्यसैले अर्थार्थ, कामार्थ, धर्मार्थ, र मोक्षार्थ भन्ने प्रचलन छ ।<ref>ज्ञवाली, बाबु राम,वि.सं.२०६७, पूर्वीय अर्थशास्त्र, प्राचीनतम तथ्य, नवीनतम जानकारी, ज्ञानज्योति प्रकाशन</ref>
==गीताका अनुसार==
श्रीमद्भगवद्गीतामाश्रीमद्भगवद्गीता २.६८ मा इन्द्रियाणीन्द्रियार्थेभ्यः भनेर अर्थको एक विशेष प्रयोग गरिएको छ इन्द्रियार्थ । ज्ञानेन्द्रिय पांचवटा छन्– आँखा, कान, नाक, जिब्रो, र छाला । पांच ज्ञानेन्द्रियका पांच विषय हुन्छन्– रुप, शब्द, गन्ध, रस, स्पर्श । यी दुवैको सम्बन्धलाई इन्द्रियार्थ भनिन्छ । इन्द्रियका यी विषयहरु देखिने, सुनिने वा अनुभव गरिने हुन्छन् । जसलाई लौकिक सुख वा भौतिक सुख भन्न सकिन्छ । त्यसैले इन्द्रियार्थ क्रियालकलापकोक्रियाकलापको अर्थ हो लौकिक सुख वा सांसारिक कल्याणकाकल्याण प्राप्तिका लागि सम्पन्न गरिने क्रियाकलाप ।<ref>ज्ञवाली, बाबु राम, सन् २०१२, पूर्वीय अर्थशास्त्र–प्राचीनतम तथ्य, नवीनतम जानकारी, रुपन्देही : ज्ञानज्योति प्रकाशन ।</ref>
==कौटिल्यका अनुसार==
कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई यसप्रकार परिभाषित गरेका छन्– मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।
यस अनुसार अर्थ भनेको वैकल्पिक प्रयोग हुने दुर्लभ साधन हो ।
==अर्थशास्त्र र इकोनोमिक्स==
कौटिलीय अर्थशास्त्रमा प्रयोग गरिएको ‘अर्थशास्त्र’ शब्दलाई अंग्रेजी अनुवादकहरूले फरक फरक अनुवाद गरेको पाइन्छ । संस्कृतिविद् डी डी कोशाम्बीले साइन्स अफ् मेटेरियल गेन (Science of Material Gain), हिन्दु संस्कृतिका विद्वान् ए एल बशमले अ ट्रीटाइज अन् पोलिटी (A L Basham), राजनीतिशास्त्रका विद्वान् जी पी सिंहले अ साइन्स अफ् पोलिटि (A science of Polity), अर्थशास्त्रका विद्वान रङ्गराजनले साइन्स अफ् वेल्थ एन्ड वेलफेयर (Science of Wealth and Welfare), पाश्चाŒय इतिहासका विशेषज्ञ प्रो. रोजर बोशेले साइन्स अफ् पोलिटिकल इकोनोमी (Science of Political Economy), र दर्शनशास्त्रका विद्वान् हेनरिक जिमरले यूनिवर्सल लज् अन् पोलिटिक्स, इकोनोमिक्स, डिप्लोमेसी एन्ड वार (Universal Laws on Politics, Diplomacy and War), संस्कृतका विद्वान् आर पी काङ्लेले साइन्स अफ् पोलिटिक्स (Science of Politics) भनी अनुवाद गरेका छन् ।<ref>विकीपीडिया, मिति ३.४.सन् २००९ ।</ref> पाश्चात्त्य इतिहासका विशेषज्ञ प्रो. रोजर बोशेले साइन्स अफ् पोलिटिकल इकोनोमी (Science of Political Economy) शब्द प्रयोग गरेका छन् । जसले यस शास्त्रलाई राजनीतिशास्त्र र अर्थशास्त्रको मिश्रणको रुपमा प्रस्तुत गरेको छ । <ref>बोशे,रोजर, सन् २००२, द फर्स्ट ग्रेट पोलिटिकल रियलिस्ट– कौटिल्य एन्ड हिज अर्थशास्त्र, मेरी ल्यान्ड ः लेक्सिंगटन बुक्स, पृ. ६७ ।</ref>
<br />
यस सम्बन्धमा अर्थशास्त्री सेन र बसुले के भनेका छन् भने अंग्रेजी इकोनोमिक्सको संस्कृत रुपान्तर अर्थशास्त्र हुनसक्छ तर संस्कृत अर्थशास्त्रको रुपान्तर इकोनोमिक्स हुन सक्दैन किनभने संस्कृत अर्थशास्त्र शब्दको क्षेत्र, विषय वस्तु र इतिहास यूरोपियन अर्थशास्त्रीहरूको परिकल्पना भन्दा निकै विस्तृत र प्राचीन छ ।<ref>ज्ञवाली, बाबु राम, सन् २०१४, कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र, रुपन्देही : ज्ञानज्योति प्रकाशन ।</ref>
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1029157" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प