"साङ्घाई सहयोग सङ्गठन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३४९: पङ्क्ति ३४९:
==बाह्य कडीहरू ==
==बाह्य कडीहरू ==
* {{आधिकारिक वेबसाइट|http://eng.sectsco.org}}
* {{आधिकारिक वेबसाइट|http://eng.sectsco.org}}
* [http://infoshos.ru/en/ साङ्घाई सहयोग सङ्गठन बारे जानकारी]
* [http://infoshos.ru/en/ साङ्घाई सहयोग सङ्गठन बारेमा जानकारी]


[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]
[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]
[[श्रेणी:रसियाको वैदेशिक सम्बन्ध]]
[[श्रेणी:रूसको वैदेशिक सम्बन्ध]]
[[श्रेणी:भारतको वैदेशिक सम्बन्ध]]
[[श्रेणी:भारतको वैदेशिक सम्बन्ध]]
[[श्रेणी:चीनको वैदेशिक सम्बन्ध]]
[[श्रेणी:चीनको वैदेशिक सम्बन्ध]]

१९:१०, २० अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन

साङ्घाई सहयोग सङ्गठन
चिनियाँ: 上海合作组织
रूसी: Шанхайская организация сотрудничества
      सदस्य       पर्यवेक्षक       संवाद साझेदार       पर्यवेक्षक आवेदक       विवादित क्षेत्र
सङ्क्षिप्त नामएससिओ
पूर्वाधिकारीसाङ्घाई पाँच समूह, २६ अप्रिल १९९६ मा स्थापित
गठनसन् २००१
प्रकारआपासी सुरक्षा, राजनैतिक, आर्थिक सङ्गठन
प्रधान कार्यालयबेइजिङ, चीन
सदस्यता
आधिकारिक भाषा
चिनियाँ भाषारूसी
महासचिव
भ्लादिमिर नोरोभ
उप-महासचिव
  • Sabyr Imandosov
  • Wang Kaiwen
  • Aziz Nosirov
  • Vladimir Potapenko
वेबसाइटSectSCO.org

साङ्घाई सहयोग सङ्गठन (एससीओ ), वा साङ्घाई सम्झौता,[१] एक युरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा गठबन्धन हो। यसको स्थापनाको घोषणा सन् २००१ जुन १५ का दिन चीन, कजाख्स्तान, किर्गिस्तान, रूस, ताजकिस्तानउज्बेकिस्तानका नेताहरूले चीनको साङ्घाईमा गरेको थिए। साङ्घाई सहयोग सङ्गठन बडापत्रमा जुन सन् २००२ को जुन महिनामा हस्ताक्षर भएको थियो भने सन् २००३ सेप्टेम्बर १९ का दिनदेखि लागु भएको थियो। मूल पाँच राष्ट्रहरूमा उज्बेकिस्तान बाहेक २६ अप्रिल १९९६ मा स्थापित साङ्घाई पाँच समूहका सदस्यहरू थिए। त्यसबेलादेखि जब भारतपाकिस्तान ९ जुन २०१७ मा कजाख्स्तान अस्तानामा आयोजित शिखर सम्मेलनमा साङ्घाई सहयोग सङ्गठनको पूर्ण सदस्यका रूपमा सम्मिलित भएका थिए। यस सङ्गठनले आठ सदस्य राष्ट्रहरूमा यसको सदस्यता विस्तार गरेको छ। राज्य परिषदका प्रमुख यस सङ्गठनमा सर्वोच्च निर्णय गर्ने सर्वोच्च निकाय हो। यसको बैठक वर्षमा एक पटक हुन्छ र सङ्गठनको सबै महत्त्वपूर्ण मामिलामा निर्णय र दिशानिर्देश गर्दछ। सहयोग र समन्वय बढाउन, आतङ्कवाद र अन्य बाह्य खतराहरूको विरुद्ध र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि नियमित रूपमा सैनिक अभ्यास पनि गरिन्छ। भौगोलिक क्षेत्रको र जनसङ्ख्याको हिसाबले यस सङ्गठन विश्वको सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन हो। यसले युरेसिया महाद्वीपको ३/५ भाग र मानव जनसङ्ख्याको आधा हिस्सा ओगट्छ। यस सङ्गठनलाई यसका सदस्य राष्ट्रहरूले मानवअधिकार उल्लङ्घन सम्बन्धी अन्तर्राष्ट्रिय आलोचनाबाट जोगिन उपयोग गर्छन् भनेर आलोचना गरिन्छ। [२]

उत्पत्ति

चीन, कजाख्स्तान, किर्गिस्तान, रूसताजकिस्तानका राष्ट्र प्रमुखहरूले चीनको साङ्घाईमा सीमा क्षेत्रहरूमा सैन्य कोषको गहिराइ सम्बन्धी सन्धिमा हस्ताक्षर गरेपछि सन् १९९६ अप्रिल २६ का दिन साङ्घाई पाँच समूह गठन गरिएको थियो। [३]

सन् १९९७ अप्रिल २४ का दिन ती देशहरूले रूसको मस्कोमा आयोजित बैठकमा सीमा क्षेत्रका सैनिक बल घटाउने सन्धिमा हस्ताक्षर गरेका थिए। सन् १९९७ मे २० का दिन रूसी राष्ट्रपति बोरिस येल्तसिन र चिनियाँ राष्ट्रपति जियाङ जेमिनले "बहुध्रुवीय विश्व" को घोषणापत्रमा हस्ताक्षर गरेका थिए। [४]

सदस्यता

  सदस्य राष्ट्र[५]
  पर्यवेक्षक राष्ट्र
  संवाद साझेदार
  अतिथि उपस्थिति

सदस्य राष्ट्रहरू

सदस्यता मितिको आधारमा सदस्य राष्ट्र
मिति देश
२६ अप्रिल १९९६  चीन
 कजाख्स्तान
 किर्गिस्तान
 रूस
 ताजिकिस्तान
१५ जुन २००१  उज्बेकिस्तान
९ जुन २०१७  भारत
 पाकिस्तान

पर्यवेक्षक राष्ट्र

अफगानिस्तानले पर्यवेक्षक राष्ट्रको मान्यता सन् ६ जुन २०१२ जुन ६ का दिन चीनको राजधानी बेइजिङमा भएको आयोजित साङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलन प्राप्त गरेको थियो।[६]

सन् २००८ मा बेलारुसले यस सङ्गठनमा साझेदारको लागि आवेदन दिएको थियो। यद्यपि रूसी रक्षा मन्त्री सेर्गेई इभानोभले बेलारुस विशुद्ध रूपमा युरोपेली राष्ट्र भएकाले बेलारुसको सदस्यतामा आशंका व्यक्त गरेका थिए। [८] यसको बाबजुद बेलारुसलाई सन् २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा संवाद साझेदारको रूपमा स्वीकृत प्रदान गरिएपछि यसले सन् २०१५ मा पर्यवेक्षक मान्यता प्राप्त गरेको थियो। [७]

यस सङ्गठनमा इरान पर्यवेक्षकको रूपमा रहेको छ र सन् २००८ मार्च २४ का दिन २४ इरानले पूर्ण सदस्यताको लागि आवेदन दिएको थियो।[९] यद्यपि त्यस समयमा इरानले संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध बेहोरी रहेको हुनाले इरानलाई नयाँ सदस्यको रूपमा स्वीकार गरिएको थिएन। साङ्घाई सहयोग सङ्गठनले इरानलाई राष्ट्र सङ्घले प्रतिबन्ध लगाएका कारण सदस्यता प्रदान नगर्ने बताएको थियो[१०] चिनियाँ राष्ट्रपति सि जिनपिङको सन् २०१६ जनवरीको इरान भ्रमणको क्रममा उनले इरान माथि लागेको संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध हटेपछि इरानको पूर्ण सदस्यताका लागि समर्थन गर्ने बताएका थिए।[११]

मङ्गोलिया सन् २००४ को शिखर सम्मेलनमा पर्यवेक्षक मान्यता पाउने पहिलो देश थियो। पाकिस्तान, भारत र इरानले सन् २००५ को अस्तानाको शिखर सम्मेलनमा पर्यवेक्षक रास्ट्रको मान्यता प्राप्त गरेका थिए।

संवाद साझेदार

अफ्गान राष्ट्रपति हमिद कार्जाई सन् २००४ को शिखर सम्मेलनमा

संवाद साझेदारको स्थान सन् २००८ मा सिर्जना गरिएको थियो।[१२]

नेपाललाई संवाद साझेदारको स्थान सन् २०१५ को शिखर सम्मेलनमा प्रदान गरिएको थियो।[१३]

श्रीलङ्कालाई संवाद साझेदारको स्थान सन् २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा प्रदान गरिएको थियो।[१४][१५]

नेटो सदस्य राष्ट्र टर्कीलाई सन् २०१२ को बेइजिङ शिखर सम्मेलनको समयमा संवाद साझेदारको स्थान प्रदान गरिएको थियो।[६] टर्कीका प्रधानमन्त्री रजेप तैयप एर्दोगानले युरोपेली सङ्घको सदस्यता त्याग्ने र त्यसको बदलामा साङ्घाई सहयोग सङ्गठनको पूर्ण सदस्यता प्राप्त गर्ने विषयमा छलफल भइरहेको कुरा बताएका थिए।[१६] यस विषयमा सन् २०१६ नोभेम्बर २१ का दिन युरोपेली संसदमा निर्वाचन भएको थियो।[१७] दुई दिन पछि २३ नोबेम्बर २०१६ मा टर्कीलाई २०१७ वर्ष अवधिको लागि साङ्घाई सहयोग सङ्गठनको उर्जा क्लबको अध्यक्षता प्रदान गरिएपछि टर्की साङ्घाई सहयोग सङ्गठनमा पूर्ण सदस्यता बिनानै क्लबको अध्यक्षता गर्ने पहिलो राष्ट्र बनेको थियो।

गतिविधिहरू

शिखर सम्मेलन

शिखर सम्मेलनरूको सूची

राष्ट्रप्रमुखहरूको शिखर सम्मेलन
मिति देश स्थान
१४ जुन २००१  चीन साङ्घाई
७ जुन २००२  रूस सेन्ट पिटर्सवर्ग
२९ मे २००३  रूस मस्को
१७ जुन २००४  उज्बेकिस्तान तस्किन्त
५ जुलाई २००५  कजाख्स्तान अस्ताना
१५ जुन २००६  चीन साङ्घाई
१६ अगस्ट २००७  कजाख्स्तान विस्केक
२८ अगस्ट २००८  ताजिकिस्तान दुसान्वे
१५-१६ जुन २००९  रूस येकातेरिनबुर्ग
१०-११ जुन २०१०  उज्बेकिस्तान तस्किन्त[१८]
१४-१५ जुन २०११  कजाख्स्तान अस्ताना[१९]
६-७ जुन २०१२  चीन बेइजिङ
१३ सेप्टेम्बर २०१३  कजाख्स्तान विस्केक
११-१२ सेप्टेम्बर २०१४  ताजिकिस्तान दुसान्वे
९-१० जुलाई २०१५  रूस उफ
२३-२४ जुन २०१६  उज्बेकिस्तान तस्किन्त[२०]
८-९ जुन २०१७  कजाख्स्तान अस्ताना
९–१० जुन २०१८ [zh]  चीन सानतुङ[२१]
१४-१५ जुन २०१९  कजाख्स्तान विस्केक[२२]
जुलाई २०२०  रूस सेन्ट पिटर्सवर्ग[२३]
सरकार प्रमुखहरूको शिखर सम्मेलन
मिति देश स्थान
१४ सेप्टेम्बर २००१  कजाख्स्तान अल्माती
२३ सेप्टेम्बर २००३  चीन बेइजिङ
२३ सेप्टेम्बर २००४  कजाख्स्तान विस्केक
२६ अक्टोबर २००५  रूस मस्को
१५ सेप्टेम्बर २००६  ताजिकिस्तान दुसान्वे
२ नोभेम्बर २००७  उज्बेकिस्तान तस्किन्त
३० अक्टोबर २००८  कजाख्स्तान अस्ताना
१४ अक्टोबर २००९  चीन बेइजिङ[२४]
२५ नोभेम्बर २०१०  ताजिकिस्तान दुसान्वे[२५]
७ नोभेम्बर २०११  रूस सेन्ट पिटर्सवर्ग
५ डिसेम्बर २०१२  कजाख्स्तान बिस्केक[२६]
२९ नोभेम्बर २०१३  उज्बेकिस्तान तस्किन्त
१४–१५ डिसेम्बर २०१४  कजाख्स्तान अस्ताना
१४–१५ डिसेम्बर २०१५  चीन चेङचोऊ, हेनान
२–३ नोभेम्बर २०१६  कजाख्स्तान विस्केक
३० नोभेम्बर २०१७  रूस सोची
११–१२ अक्टोबर २०१८  ताजिकिस्तान दुसान्वे
१–२ नोभेम्बर २०१९  उज्बेकिस्तान तस्किन्त
२०२०  भारत नयाँ दिल्ली

सदस्य राष्ट्रहरूका वर्तमान नेताहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Millward, James A. (2007). intergovernmental Crossroads: A History of Xinjiang. Columbia University Press. p. 336. ISBN 978-0-231-13924-3. Archived from the original on 18 May 2016. Retrieved 28 July 2016.
  2. Darling, Daniel (२०१५-०८-३०), "Is the SCO Emerging as Eastern Counterweight to NATO?", RealClearDefense, अन्तिम पहुँच २०१९-०४-०८ 
  3. "The Shanghai Cooperation Organization", मूलबाट १६ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १५, २०१८ 
  4. "Russian-Chinese Joint Declaration on a Multipolar World and the Establishment of a New International Order", United Nations General Assembly, मूलबाट २३ जुन २०१७-मा सङ्ग्रहित। 
  5. "The Shanghai Cooperation Organisation", Shanghai Cooperation Organisation, मूलबाट ८ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०९-१८ 
  6. ६.० ६.१ ६.२ ६.३ "SCO accepts Afghanistan as observer, Turkey dialogue partner", Xinhua News Agency, ७ जुन २०१२, मूलबाट २८ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०६-०७People's Dailyद्वारा। 
  7. ७.० ७.१ "Belarus gets observer status in Shanghai Cooperation Organization", Belarusian Telegraph Agency, २०१५-०७-१०, मूलबाट ३१ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-०८ 
  8. Lantratov, Konstantin; Orozaliev, Bek; Zygar, Mikhail; Safronov, Ivan (२७ अप्रिल २००६), "The Shanghai Cooperation Organisation acquires military character", Kommersant (75), पृ: ९, मूलबाट २०१६-११-२७-मा सङ्ग्रहित। 
  9. "Iran applies for membership", Press TV, मूलबाट ३१ मार्च २००९-मा सङ्ग्रहित। 
  10. Wu, Jiao; Li, Xiaokun (१२ जुन २०१०), "SCO agrees deal to expand", China Daily, मूलबाट १७ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१० 
  11. "China supports Iran's application for full membership of SCO", तेहारान, इरान, Xinhua News Agency, २३ जनवरी २०१६, मूलबाट ३० जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  12. "Regulations on the Status of Dialogue Partner of the Shanghai Cooperation Organisation", The Shanghai Cooperation Organisation, २८ अगस्ट २००८, मूलबाट १४ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  13. "Press Release issued by Embassy of Nepal, Beijing on Nepal officially joined the Shanghai Cooperation Organization (SCO) as a dialogue partner.", Government of Nepal – Ministry Of Foreign Affairs, २२ मार्च २०१६, मूलबाट ४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१८ 
  14. "Sri Lanka gains partnership in SCO members welcome end to terror in country", Ministry of Defence, Democratic Socialist Republic of Sri Lanka, ३० डिसेम्बर २०१०, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित। 
  15. Bedi, Rahul (२ जुन २००७), "Sri Lanka turns to Pakistan, China for military needs", IANS (Urdustan.com Network), मूलबाट ४ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २००७ 
  16. Dalay, Galip (१४ मे २०१३), "Turkey between Shanghai and Brussels", The New Turkey, मूलबाट ६ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०७-०१ 
  17. Butler, Daren (२१ नोभेम्बर २०१६), "Fed up with EU, Erdogan says Turkey could join Shanghai Group", Reuters, मूलबाट २१ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-११-२१ 
  18. "Joint Communiqué of Meeting of the Council of the Heads of the Member States of the Shanghai Cooperation Organisation", Shanghai Cooperation Organisation, मूलबाट १० जुलाई २०१४-मा सङ्ग्रहित। 
  19. Tang, Danlu, सम्पादक (११ जुन २०१०), "SCO vows to strengthen cooperation with its observers, dialogue partners", Tashkent, Uzbekistan, Xinhua News Agency, मूलबाट ६ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  20. Song Miou (१० जुलाई २०१५), "Uzbekistan to host 16th SCO summit in 2016", Ufa, Russia, Xinhua News Agency, मूलबाट ३ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  21. "Iran FM in India to protect trade ties against US sanctions", PressTV, २८ मे २०१८, मूलबाट ३ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१८ 
  22. "Kyrgyzstan to host SCO summit in June 2019", AKIpress News Agency, ११ जनवरी २०१९, मूलबाट २४ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  23. "Путин заявил о переносе саммитов БРИКС и ШОС из Челябинска", मूलबाट १९ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१९ 
  24. Ho, Stephanie (१४ अक्टोबर २००९), "Shanghai Cooperation Organization Summit Concludes in Beijing", बेइजिङ: Voice of America, मूलबाट २६ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  25. "Wen arrives in Tajikistan for SCO meeting", Dushanbe, Tajikistan, Xinhua News Agency, २५ नोभेम्बर २०१०, मूलबाट ७ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ – China Dailyद्वारा। 
  26. "SCO Meeting Expected to Boost Cooperation Among Members", The Gazette of Central Asia (Satrapia), २ डिसेम्बर २०१२। 

बाह्य कडीहरू