"तेज नरसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
''' तेज नरसिंह मल्ल''', [[ललितपुर महानगरपालिका|पाटन]]का अन्तिम मल्ल राजा थिए। उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटका छ प्रधानले उनलाई राजा बनाएका थिए। यिनी विश्वजित मल्लका वंशज थिए ।
''' तेज नरसिंह मल्ल''', [[ललितपुर महानगरपालिका|पाटन]]का अन्तिम मल्ल राजा थिए। उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटनका छ प्रधानले उनलाई राजा बनाएका थिए। यिनी विश्वजित मल्लका वंशज थिए।


==शासनकाल==
==शासनकाल==

११:२९, १८ नोभेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

तेज नरसिंह मल्ल, पाटनका अन्तिम मल्ल राजा थिए। उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटनका छ प्रधानले उनलाई राजा बनाएका थिए। यिनी विश्वजित मल्लका वंशज थिए।

शासनकाल

यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो। उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो । ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भूइचालो गयो। अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो ।पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले पाटनमा शरण लिए । तर पाटनका पाँच प्रधानहरु पृथ्वी नारायण शाहसँग भित्र भित्रै पहिले नै मिलिसकेको थाहा पाई राजा तेजनरसिंह मल्ल र जय प्रकाश मल्ल त्यहाँबाट पनि भागी भक्तपुरका राजा रणजीत मल्लको शरण पर्न भक्तपुर गए । कान्तिपुर कब्जा गरेको १४ दिन पछि यिनी र जयप्रकाश मल्ल भक्तपुरमा शरण लिन पुगेका थिए। उनीहरू पहिले भक्तपुर राज्य स्थित दत्तात्रेय मन्दिरमा पसे । [१] पाटनका राजा तेज नरसिंह मल्ल कान्तिपुरका राजा जय प्रकाश मल्लसँग भागी भक्तपुरमा शरण लिन गएको भोलिपल्ट नै पाटनका पाँच प्रधानले पाटन ढोका वरिपरी बसी पृथ्वीनारायण शाह र गोरखाली सेनालाई स्वागत गरी पाटनमा भित्र्याए ।

भक्तपुर कब्जा पछि जयप्रकाश मल्लले राजकीय मर्यादा, रणजित मल्लले काशीवास र तेजनरसिंह मल्लले अभद्र व्यबहार गरेकाले कारावास भोग्नुपर्यो [२] । बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।[३]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७८, आइएसबिएन 99933-2-406-X 
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १८०, आइएसबिएन 99933-2-406-X 
  3. पूर्णिमा