"बाजीराव प्रथम" का संशोधनहरू बिचको अन्तर
पङ्क्ति ५४: | पङ्क्ति ५४: | ||
| caption2 = Plaque below the memorial's statue |
| caption2 = Plaque below the memorial's statue |
||
}} |
}} |
||
निरन्तरको युद्ध र अविरल सैन्य अभियानबाट बाजीरावको शरीर थकित र जीर्ण भएको थियो।<ref>{{cite book |last=Srinivasan |first=C. K. |url=https://archive.org/details/in.ernet.dli.2015.131112/ |title=Baji Rao I: The Great Peshwa |year=1961 |location= New Delhi |publisher=Asia Publishing House |page=128}}</ref> |
निरन्तरको युद्ध र अविरल सैन्य अभियानबाट बाजीरावको शरीर थकित र जीर्ण भएको थियो।<ref>{{cite book |last=Srinivasan |first=C. K. |url=https://archive.org/details/in.ernet.dli.2015.131112/ |title=Baji Rao I: The Great Peshwa |year=1961 |location= New Delhi |publisher=Asia Publishing House |page=128}}</ref> उनलाई रावेरखेडी शिविरमा छँदा कडा ज्वरो आयो र १७४० अप्रिल २८ मा उनको मृत्यु भयो।<ref>{{Cite book |last=Dighe |first=Vishvanath Govind |url=https://archive.org/details/in.gov.ignca.4317/ |title=Peshwa Bajirao I and Maratha Expansion |date=1944 |publisher=Karnatak Publishing House |page=203}}</ref> त्यसै दिन [[नर्मदा नदि]]को तटन्मा उनको दाहसंस्कार गरियो। बालाजी बाजीरावले रणोजी सिन्धियालाई उनको स्मारकको रुपमा छत्री निर्माण गर्ने आदेश दिए। The memorial is enclosed by a [[Dharamshala (type of building)|dharmashala]]. The compound has two temples, dedicated to Nilkantheshwara Mahadeva ([[Shiva]]) and Rameshvara ([[Rama]]).<ref>{{cite web |url=http://www.asibhopal.nic.in/monument/khargone_raverkhedi_brindab.html |title=Brindaban dedicated to the memory of Shrimant Baji Rao Peshwa |publisher=ASI Bhopal |access-date=23 December 2015 |archive-date=24 December 2015 |archive-url=https://web.archive.org/web/20151224103826/http://www.asibhopal.nic.in/monument/khargone_raverkhedi_brindab.html |url-status=dead }}</ref> |
||
== संस्कृतिमा == |
== संस्कृतिमा == |
१९:२५, १८ जनवरी २०२२ जस्तै गरी पुनरावलोकन
बाजीराव प्रथम | |
---|---|
मराठा साम्राज्यका ७ औं पेस्वा | |
कार्यकाल १७ अप्रिल १७२० – २८ अप्रिल १७४० | |
एकाधिपति | साहु प्रथम |
पूर्वाधिकारी | बालाजी विश्वनाथ |
उतराधिकारी | बालाजी राव |
व्यक्तिगत विवरण | |
जन्म | Dubere, Sinnar, मराठा साम्राज्य (हालको नाशिक जिल्ला, महाराष्ट्र, भारत) | १८ अगस्ट १७००
मृत्यु | २८ अप्रिल १७४० Rawerkhedi, मराठा साम्राज्य (हालको खरगौन जिल्ला, मध्य प्रदेश, भारत) | (उमेर ३९)
जीवन साथीहरू |
|
नाता |
|
सन्तान(हरू) |
|
अभिभावकs |
|
बाजीराव प्रथम (१८ अगस्ट १७०० – २८ अप्रिल १७४०), (बाजीराव बल्लाल पनि भनिन्छ, मराठा साम्राज्यका ७ औं पेशवा (प्रधानमन्त्री) थिए। उनको मुस्लिम पत्नी मस्तानीसँगको प्रेम सम्बन्ध भारतीय उपन्यास र सिनेमामा चर्चा गरिन्छ। [१] [२]
बाजीरावलाई मराठा साम्राज्यको इतिहासमा शिवाजी, सम्भाजी, सन्ताजी घोरपडे पछि प्रसिद्ध व्यक्तित्वको रूपमा हेरिन्छ। दक्षिण भारतमा मराठा सर्वोच्चता कायम गर्नु र उत्तरमा राजनीतिक वर्चस्व स्थापित गर्नु उनको उपलब्धिको रुपमा हेरिन्छ। पेस्वाको रुपमा आफ्नो २० वर्षे कार्यकालमा उनले निजाम-उल-मुल्कलाई पाल्खेन्डको लडाईमा पराजित गरे, र मालवा, बुल्देलखण्ड, गुजरातमा मराठा साम्राज्यको विस्तार गरे र पश्चिमी तटलाई पोर्चुगलको शासनबाट मुक्त गरे। उनले आफ्नो जीवनमा ४१ लडाइँ लडे र कुनै पनि लडाइँमा उनले पराजय भोग्नु परेन। १७४० अप्रिलमा उनको मृत्यु भयो। [३]
पेशवाको रूपमा नियुक्ति
सन् १७२० मा पेश्वा बाजी विश्वनाथको मृत्युपछि, साहुले विश्वनाथका पुत्र बाजीरावलाई पेश्वा नियुक्त गरे। १७ अप्रिल १७२० मा छत्रपति शाहुले बाजीरावलाई पेशवा नियुक्त गरेका थिए।
सैन्य विजयहरू
बाजीरावको कार्यकालमा मराठा साम्राज्यको भुभाग १० गुणाले बढ्यो। १७२० देखि १९४० को अवधिमा आधुनिक भारतको ३% हिस्सा ओगट्ने मराठा साम्राज्य ३०% भुभागमा फैलियो।
- पालखेडको लडाई २८ फरवरी १७२८ को बाजीराव तथा हैदराबादका निजामका बीच भएको थियो। बाजीरावले निजामलाई पराजित गरे। यो युद्ध सैन्य रणनीतिको उत्कृष्ट क्रियान्यवनको उदाहरण हो।[४]
- १७३७ मा, बाजीराव मातहतको मराठा सेनाले दिल्लीको लडाइँमा दिल्ली लुट मच्चाए। [५][६]
- डेक्कानका निजामले मराठा विरुद्ध मुगलको सहयोग गरे। तर १९३७ डिसेम्बर २४ मा भएको भोपालको लडाइँमा उनी पराजित भए। [७][८] मराठाले मुगलबाट ठूलो युद्ध क्षतिपूर्ति पाए र माल्वा मराठालाई दिइयो।[९]
- वसईचीको लडाइँ मराठा र वसईचीको पोर्चुगिज शासक बीच भएको थियो। यस लडाइँमामा मराठा सेनाको नेतृत्व चिमाजी अप्पाले गरेका थिए। यो युद्धको विजयलाई बाजीरावको कार्यकालको प्रमुख उपलब्धि मानिन्छ।[७]
मृत्यु
निरन्तरको युद्ध र अविरल सैन्य अभियानबाट बाजीरावको शरीर थकित र जीर्ण भएको थियो।[१०] उनलाई रावेरखेडी शिविरमा छँदा कडा ज्वरो आयो र १७४० अप्रिल २८ मा उनको मृत्यु भयो।[११] त्यसै दिन नर्मदा नदिको तटन्मा उनको दाहसंस्कार गरियो। बालाजी बाजीरावले रणोजी सिन्धियालाई उनको स्मारकको रुपमा छत्री निर्माण गर्ने आदेश दिए। The memorial is enclosed by a dharmashala. The compound has two temples, dedicated to Nilkantheshwara Mahadeva (Shiva) and Rameshvara (Rama).[१२]
संस्कृतिमा
- सन् २०१५ को सञ्जय लीला भन्साली द्वारा निर्देशित ऐतिहासिक कथानक चलचित्र बाजीराव मस्तानीमा, रणवीर सिंहले बाजीरावको भूमिका निर्वाह गरेका छन्। [१३]
सन्दर्भ सामग्रीहरू
- ↑ Peshwa Bajirao Review: Anuja Sathe shines as Radhabai in the period drama।
- ↑ Jha, Subhash K (१९ अक्टोबर २०१५), "Bajirao Mastani review: This gloriously epic Priyanka, Deepika and Ranveer-starrer is the best film of 2015", Firstpost, अन्तिम पहुँच १९ अक्टोबर २०१५।
- ↑ Montgomery (1972), p. 132.
- ↑ Sen (2010), p. 12.
- ↑ Mehta (2005), p. 117.
- ↑ Sen (2006), p. 12.
- ↑ ७.० ७.१ Sen (2006).
- ↑ Sen (2010), p. 23.
- ↑ Sen (2010), p. 13.
- ↑ Srinivasan, C. K. (१९६१), Baji Rao I: The Great Peshwa, New Delhi: Asia Publishing House, पृ: १२८।
- ↑ Dighe, Vishvanath Govind (१९४४), Peshwa Bajirao I and Maratha Expansion, Karnatak Publishing House, पृ: २०३।
- ↑ "Brindaban dedicated to the memory of Shrimant Baji Rao Peshwa", ASI Bhopal, मूलबाट २४ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१५।
- ↑ Jha, Subhash K (१९ अक्टोबर २०१५), "Bajirao Mastani review: This gloriously epic Priyanka, Deepika and Ranveer-starrer is the best film of 2015", Firstpost, अन्तिम पहुँच १९ अक्टोबर २०१५।