"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
+बडाहाकिम
+सन्दर्भ
पङ्क्ति ४१: पङ्क्ति ४१:


===कागजातहरू===
===कागजातहरू===
*{{cite book|url=https://www.pustakalaya.org/media/uploads/op/pdf/KarnaBaniya2070BS_UjirSinghThapa.pdf/KarnaBaniya2070BS_UjirSinghThapa.pdf|title=नेपालको इतिहासमा उजिरसिंह थापाको योगदान|last=बानियाँ|first=कर्णबहादुर|date=२०७०|publisher=धवल पुस्तकालय|accessdate=७ साउन २०७९}}
*{{cite book|url=https://www.pustakalaya.org/media/uploads/op/pdf/KarnaBaniya2070BS_UjirSinghThapa.pdf/KarnaBaniya2070BS_UjirSinghThapa.pdf|title=नेपालको इतिहासमा उजिरसिंह थापाको योगदान|last=बानियाँ|first=कर्णबहादुर|date=२०७०|publisher=धवल पुस्तकालय|accessdate=७ साउन २०७९| ref = {{harvid|बानियाँ|२०७०}}}}


[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवनी]]

१८:५८, ४ अगस्ट २०२२ जस्तै गरी पुनरावलोकन

उजिरसिंह थापा
योद्धा उजीरसिंह थापा भारदारी वस्त्रमा श्रीपेच सहित
पाल्पाका बडाहाकिम एवम् संरक्षक
कार्यकाल
वि.सं. १८७१ मंसिर ८[१] – १८८१
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
उतराधिकारीबख्तावरसिंह थापा
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२, चैत्र कृष्ण प्रतिपदा, बिहीबार
नेपाल
मृत्युवि. सं. १८८१ मार्ग २० (उमेर २९)[१]
आर्यघाट, काठमाडौँ
नातानैनसिंह थापा (बुवा)
भीमसेन थापा (ठूलोबुवा)
माथवरसिंह थापा (भाइ)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाई/युद्धहरूनेपाल-अङ्ग्रेज युद्ध (पाल्पा-बुटबल)

उजिरसिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए । उनले नेपाल अङ्ग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन् । पाल्पामा भगवतीजात्राको प्रचलन रहेको छ ।[१] अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।

प्रारम्भिक जीवन

उजिरसिंह थापाको जन्म काजी नयनसिंह थापा र मूखिनी रण कुमारी थापाको जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत्र कृष्ण प्रतिपदामा भएको थियो।[२] उनका पूर्वज काजी वीरभद्र थापाले नेपालको एकीकरणमा युद्ध लडेका थिए र उनकी आमा मूलकाजी रणजीत पाँडेकी छोरी थिइन्।[३] उनका भाइबहिनी मुख्तियार माथवरसिंह थापा, महारानी ललित त्रिपुरा सुन्दरीगणेश कुमारी (जङ्गबहादुर राणाकी आमा) थिए।[४] थापा ११ वर्षको हुदा उनको बुबाको मृत्यु भएपछि उनको आमाले हेरविचार गरेकी थिइन्।[२] मुख्तियार भीमसेन थापाले थापाको रेखदेख पनि गरेका थिए।[२] उनलाई कर्णेलको दर्जा दिइएको थियो र उनले धनकुटा, सप्तरी, बारापर्सा क्षेत्रमा पनि काम गरेका थिए।[२]

बडाहाकिम

सानुकाजी अमरसिंह थापाको मृत्यु भएपछि १९-२० बर्सिए उजिरसिंह थापा वि.सं. १८७१ सालमा पाल्पाका बडाहाकिम भएका थिए।[२][५]

उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको

निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।

अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए ।

मृत्यु

वि.सं. १८८१ साल मार्ग सुदी १२ (मार्ग २० गते) काठमाडौँ आर्यघाटमा २९ वर्षको उमेरमा मृत्यु भयो । मृत्युको एघारौँ दिनको काम सकिएपछि कर्णेल उजिरसिंह थापाको जेठी मुख्यानीबाट जगदिव्यश्वरी छोरीको जन्म भयो । [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

स्रोतहरू

  1. १.० १.१ १.२ १.३ "उजिरसिंह थापाको सालिक", Annapurna Post, अन्तिम पहुँच २३ बैशाख २०७४ ०९:०५:०१ 
  2. २.० २.१ २.२ २.३ २.४ बानियाँ २०७०, पृष्ठ ५.
  3. बानियाँ २०७०, पृष्ठ २.
  4. बानियाँ २०७०, पृष्ठ ४.
  5. थापा, दिनबहादुर (१६ साउन २०७८), "उजिरसिंहको ऊर्जामय पुरुषार्थ", गोरखापत्र, अन्तिम पहुँच ७ साउन २०७९ 

कागजातहरू