"जलवायु परिवर्तन" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
maintenance, added orphan, deadend, wikify tags
सा (maintenance, added orphan, deadend, wikify tags)
{{Wikify|date=जुन २०११}}
'''जलवायु परिवर्तन''' [[पृथ्वी]]को प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । [[पृथ्वी]]मा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण [[पृथ्वी]]को वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । [[पृथ्वी]]ले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा [[पृथ्वी]]को वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा [[पृथ्वी]]को वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।
 
{{dead end|date=जुन २०११}}
पछिल्लो २०० वर्ष म मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले [[पृथ्वी]]को तापक्रम बृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन् ।
 
{{Orphan|date=जुन २०११}}
[[File:Mauna Loa Carbon Dioxide-en.svg|thumb|कार्वन डाई अक्साईड को बृद्धि]]
 
''''ग्लोबल वार्मिङ''''भन्ने अंग्रेजी पदावलीलाई नेपालीमा '''भूमण्डलीय ऊष्मीकरणको''' रूपमा रुपान्तरित गरिएको छ । हिन्दी भाषामा समेत यो पदावलीको नै प्रयोग गरिएको पाइन्छ ।
[[File:Glacier Mass Balance.png|thumb|हिमनदी को संकुचन]]
'''भूमण्डलीय ऊष्मीकरणको''' अर्थ हुन आउँछ पृथ्वीको तापक्रममा हुन आइरहेको क्रमिक वृद्दि र यसका कारणले हुन जाने प्रभावहरू । वातावरणविद एवँ वैज्ञानिकहरूका अनुसार हामी बसोवास गरिरहेको पृथ्वी क्रमश: तातिरहेको छ तर यसको कारण पृथ्वीलाई ताप र शक्ति प्रदान गर्ने सूर्यको तापक्रम बढेको कारणले नभई, पृ्थ्वी भित्रैबाट सिर्जित मानवीय कारणले गर्दा हुन गएको हो । यो कुराको सिधा सम्बन्ध मानव जातिले आँफू बाँचेको संसारलाई प्रदूषित पार्न खेलेको भूमिकासंग गाँसिएको छ ।
सन् १९६० को दशकपछि [[पृथ्वी]]मा भएको द्रूत औद्योगिक विकास तथा जनसङ्ख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण [[पृथ्वी]]मा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन् । मूलतया जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनास भै त्यस्तो ग्यास अवशोषण गर्ने "सिङक" को कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ । कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्दछ । जङ्गल फँडानी र भू-क्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि -रेपि|mजेरेसन) का गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन् । [[पृथ्वी]]मा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ । त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्रसतहमा प्रतिवर्ष १.८ मिलिमिटरले बृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्याङ्क र प्रमाणले पुष्टि गरेका छन् ।
ईसाको १८ औँ शताव्दिको अन्त्यतिर शुरू भएको औद्योगिक क्रान्ति अनि कलकारखानाहरूको स्थापना र १९औँ तथा बीसौँ शताव्दिमा यातायात , कलकारखाना र मेशिनहरू जस्ता प्रसाधनहरूको अत्यधिक प्रयोगमा लाग्ने पेट्रोल, डिजेल, मट्टितेल जस्ता ईन्धनहरू तथा मिथेन जस्ता ग्यासहरू बालेर वातावरणमा उत्सर्जन हुन पुग्ने कार्बन, कार्बन मोनोअक्साइड आदि जस्ता विषालु र हानिकारक ग्यासहरूको मात्रा बढ्दै जानाले नै वातावरणीय प्रदूषण र भूमण्डलीय ऊष्मीकरणको डरलाग्दो स्थिति पैदा हुने स्थिति आएको हो ।
 
विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि [[नेपाल]] जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ ।
 
{{stub}}
==जलवायु परिवर्तनको असरहरू==
 
जलवायु परिवर्तनको मूलकारक [[नेपाल]] जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक-आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्‍याउन थालेको छ । फलस्वरुप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ । हिमालय क्षेत्र नजिकका भू-भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ ।
 
साविकको समय भन्दा पहिले विरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्गो पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तिव्रता उन्मुख छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई देखापर्ने निश्चित छ र यसको सुरुआत भइसकेको पनि छ । उदाहरणका लागि बर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू-क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन् । पहाडी भागमा व्यापक बाढीपहिरो जानका साथै स-साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ । यसैगरी तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको पनि बृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेङ्गु, इन्सेफलाइटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ-नयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ । तापक्रमका साथै बर्षातको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकरात्मक प्रभाव देखिन थालेको छ भने जलवायुको परिवर्तित अबस्था अनुसार खेतीपातीमा सुधार गर्ने सीप र दक्षताको अभावका कारण कृषक थप मारमा परेका छन् ।
 
[[नेपाल]]मा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ । [[नेपाल]]मा २० वटा त्यस्ता खतरनाक ताल छन् जो कुनै पनि बखत फुट्न सक्दछन् । जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न सक्दछ । उदाहरणका लागि, दक्षिणपूर्वी एसियामा करिब २२ करोड १० लाख जनसङ्ख्या गरिबीको रेखामुनी रहेको छ । यस क्षेत्रका गरिब खासगरी सामुदि्रक तटीय क्षेत्र र होचा भू-भागमा बसोबास गर्दछन् । यी गरिब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमिन छ अथवा यिनीहरू ज्याला मजदुरी र सामुदि्रक निर्भरताबाट जीविका चलाउँछन् । यिनीहरू जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् किनभने उनीहरूको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना गर्नेगरी कृषिमा र स्वास्थ्य सेवा वा अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति थोरै वा विल्कुलै दक्षता, सीप र पहुँच पुग्दैन ।
 
==जलवायु परिवर्तनलाई कसरी कम गर्न सकिन्छ? ==
 
हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा [[नेपाल]]को हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो । जलवायु परिवर्तनका सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने करिव ६० प्रतिशत कार्बन डाइअक्साइड वनजङ्गलले सोस्ने गर्दछ । यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजङ्गल बढाउने प्रयत्न गर्नुपर्छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बहृत् रूपमा वृक्षारोपणको अभियान चलाउनुपर्छ । प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ । त्यसैगरी, सडकको दायाँ-बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ । त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।
 
यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा सङ्कटमा पर्ने निश्चित छ । त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा सङ्कटको सामना गर्नुपर्ने छ । हाम्रो मुलुकमा रहेका हिमशृङ्खला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृङ्खलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनु परेको छ । लगातार रूपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भू-सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ । यसैगरी विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरूरी छ । हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो । त्यसैले आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्यशक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक छ ।
 
 
विकसित देशका तुलनामा [[नेपाल]]ले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रमवृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखा परिरहेका छन् । सन् २००७ को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९ मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्याङ्कलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको छ । तसर्थ हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ ।
 
[[श्रेणी:विज्ञान]]
 
[[ar:تغير المناخ]]
[[bcl:Pagbabago nin klima]]
[[bg:Изменение на климата]]
[[bn:জলবায়ু পরিবর্তন]]
[[bs:Klimatske promjene]]
[[ca:Canvi climàtic]]
[[cs:Klimatické změny]]
[[cy:Newid hinsawdd]]
[[da:Klimaændring]]
[[de:Klimaveränderung]]
[[el:Κλιματική αλλαγή]]
[[en:Climate change]]
[[eo:Klimata ŝanĝo]]
[[es:Cambio climático]]
[[et:Kliimamuutus]]
[[eu:Klima aldaketa]]
[[fa:تغییر اقلیم]]
[[fi:Ilmastonmuutos]]
[[fr:Changement climatique]]
[[ga:Athrú aeráide]]
[[gl:Cambio climático]]
[[he:שינוי האקלים]]
[[hr:Klimatske promjene]]
[[hu:Klímaváltozás]]
[[id:Perubahan iklim]]
[[it:Mutamento climatico]]
[[ja:気候変動]]
[[ka:კლიმატის ცვლილება]]
[[kn:ಹವಾಮಾನ ಬದಲಾವಣೆ]]
[[ko:기후 변화]]
[[lt:Klimato kaita]]
[[ms:Perubahan iklim]]
[[my:ရာသီဥတုပြောင်းလဲခြင်း]]
[[nl:Klimaatverandering]]
[[nn:Klimaendring]]
[[no:Klimaendring]]
[[oc:Cambiament climatic]]
[[pl:Zmiana klimatu]]
[[ps:د موسم بدلون]]
[[pt:Mudança do clima]]
[[ru:Изменение климата]]
[[sh:Promjena klime]]
[[simple:Climate change]]
[[sk:Klimatické zmeny]]
[[sl:Spremembe podnebja]]
[[sq:Ndryshimi i klimës]]
[[sv:Klimatförändring]]
[[ta:தட்ப வெப்ப நிலை மாறுதல்]]
[[tl:Pagbabago ng klima]]
[[tr:İklim değişikliği]]
[[uk:Зміна клімату]]
[[vi:Biến đổi khí hậu]]
[[zh:氣候變化]]
[[zh-yue:氣候變化]]
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/136474" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प