"विज्ञान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: sa:विज्ञानम्
सा →‎सामाजिक विज्ञान: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति ५: पङ्क्ति ५:


== सामाजिक विज्ञान ==
== सामाजिक विज्ञान ==
'''[[सामाजिक विज्ञान]]''' मानव समाजको बनावट र यसका सदस्यहरुका क्रियाकलापहरुसित सम्बन्धित अध्ययन हो । यसमा [[ईतिहास]], [[अर्थशास्त्र]], [[समाजशास्त्र]], आदि शामेल छन् ।
'''[[सामाजिक विज्ञान]]''' मानव समाजको बनावट र यसका सदस्यहरुका क्रियाकलापहरुसित सम्बन्धित अध्ययन हो । यसमा [[इतिहास]], [[अर्थशास्त्र]], [[समाजशास्त्र]], आदि शामेल छन् ।


== निगमनात्मक प्रणाली ==
== निगमनात्मक प्रणाली ==

१९:०४, ३० जुलाई २०११ जस्तै गरी पुनरावलोकन

विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरु जानका लागि गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरुलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ । यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ। यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो।

प्राकृतिक विज्ञान

प्राकृतिक विज्ञान प्रकृति र भौतिक संसारको व्यवस्थित ज्ञान हुन्छ, अथवा यसको अध्ययन गर्ने यसको कुनै शाखा । वास्तवामा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरुको निम्ति गरिन्छ । यसका तीन मुख्य शाखाहरु छन्: भौतिकी, रसायन शास्त्रजीव विज्ञान

सामाजिक विज्ञान

सामाजिक विज्ञान मानव समाजको बनावट र यसका सदस्यहरुका क्रियाकलापहरुसित सम्बन्धित अध्ययन हो । यसमा इतिहास, अर्थशास्त्र, समाजशास्त्र, आदि शामेल छन् ।

निगमनात्मक प्रणाली

निगमनात्मक प्रणाली यो यस्ता विद्याहरुको समूह हो जो दर्शन र विज्ञानका विषयहरुमाथि तर्क र गणनाको सिद्धान्तको अनुप्रयोग गर्दछन्। यसमा गणिततर्क सामेल छन् ।

प्रायः सामाजिक विज्ञान र निगमनात्मक प्रणालीहरुलाई विज्ञान मानिंदैन।

विज्ञानका प्रमुख शाखाहरु एवं अध्ययन–विषय

भारतका राज्यहरु
क्र०सं० शाखाहरु अध्ययनको विषय
अन्तरिक्ष विज्ञान अन्तरिक्ष यात्रा एवं संबंधित विषय
अक्थायोलोजी माछाहरु एवं संबंधित विषय
अस्टियोलोजी (हड्डीहरुको अध्ययन
अर्निन्थोलोजी पक्षीहरुसित संबंधित विषय
अप्टिक्स प्रकाशको गुण एवं त्यसको संरचना
इकोलोजी परिस्थितिकीको अध्ययन
इक्क्राइनोलोजी गुप्त सूचनाहरु एवं संबंधित विषय
एनाटोमी मानव-शरीरको संरचना
एयरोनटिक्स विमानहरुको उडान
१० एस्ट्रोनमी ताराहरु एवं ग्रहहरुसित संबंधित विषय तथा आकाशीय पिंडहरुको अध्ययन
११ एग्रोलोजी भूमि (माटो)को अध्ययन
१२ एंटोमोलोजी कीट एवं संबंधित विषय
१३ एरेक्नोलोजी माकुरा आदिको एवं संबंधित विषय
१४ एम्ब्रायोलोजी भ्रूण एवं संबंधित विषय
१५ ओशनोग्राफी समुद्रसित संबंधित विषय
१६ कस्मोलोजी ब्रम्हांडको अध्ययन
१७ क्रिप्टोग्रफी गुप्त लेखन अथवा गूढ लिपि
१८ गायनोकोलोजी स्त्रीजातिसित सम्बन्धित प्रजनन अंगहरुको अध्ययन
१९ जियोलोजी पृथ्वीको आंतरिक्ष संरचना
२० जेम्मोलोजी रत्नहरुको अध्ययन
२१ टेराटोलोजी ट्‌यूमरको अध्ययन
२२ टैक्टोलोजी पशु – शरीरको रचनात्मक संघटन
२३ डर्मेटोलोजी त्वचा एवं संबंधित रोगहरुको अध्ययन
२४ डेन्ड्रोलोजी वृक्षहरुको अध्ययन
२५ डेक्टाइलोजी अंकहरु (संख्याहरु)को अध्ययन
२६ न्यूरोलोजी नाडी स्पंदन एवं संबंधित विषय
२७ न्यूमिसमेटिक्स मुद्रा – निर्माण एवं अंकन
२८ पैथोलोजी रोगहरुको कारण एवं संबंधित विषय
२९ पैलिओंटोलोजी जीवाश्म एवं संबंधित विषय
३० पैरासाइटोलोजी परजीवी वनस्पतिहरु एवं जीवाणु
३१ फायनोलोजी जीव-जन्तुहरुको जातीय विकास
३२ ब्रायोलोजी दलदल एवं हिलोको अध्ययन
३३ बैलनियोलोजी खनिज निष्कासन एवं संबंधित विषय
३४ बायलोजी जीवधारीहरुको शारीरिक अध्ययन
३५ बोटनी बिरुवाहरुको अध्ययन
३६ बैक्टीरियोलोजी जीवाणुसित संबंधित विषय
३७ मिनेरालोजी खनिजहरुको अध्ययन
३८ मेटेरोलोजी वातावरण एवं संबंधित विषय
३९ माइक्रोलोजी झ्याउ एव संबंधित विषय
४० मायोलोजी मांस-पेशीहरुको अध्ययन
४१ रेडियो बायोलोजी जीव-जंतुहरुमाथि सौर विकिरणको प्रभाव
४२ लिथोलोजी चट्‌टान एवं ढुङ्गाहरुसित संबंधित विषय
४३ लिम्नोलोजी झीलहरु एवं स्थलीय जल भागहरुको अध्ययन
४४ सीरोलोजी रक्त सीरम एवं रक्त आधानसित संबंधित
४५ स्पलैक्नोलोजी शरीरका आंतरिक अंग एवं संबंधित
४६ स्पेस बायलोजी पृथ्वी बाहिरका आंतरिक जीवनको सम्भावनाको अध्ययन
४७ हीमेटोलोजी रक्त एवं संबंधित विषयहरुको अध्ययन
४८ हेलियोलोजी सूर्यको अध्ययन
४९ हरपेटोलोजी सरीसृपहरु (साँप आदि)को अध्ययन
५० हिस्टोलोजी शरीरका ऊतक एवं संबंधित विषय
५१ हिप्नोलोजी निद्रा एवं संबंधित विषयहरुको अध्ययन

वाह्य सूत्र

ढाँचा:Link FA ढाँचा:Link FA