"कविता" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎नेपाली कविहरुको जीवनी र शुची: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: जि using AWB (7794)
→‎1: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: लागी → लागि using AWB (7794)
पङ्क्ति ४७: पङ्क्ति ४७:
हल्लाउँनु पर्छ ज्वालामुखी भएर
हल्लाउँनु पर्छ ज्वालामुखी भएर
र अनि खोल्सा पनि डाँडा बन्न सक्नेछ
र अनि खोल्सा पनि डाँडा बन्न सक्नेछ
यसको लागी म पनि तयार छु
यसको लागि म पनि तयार छु


=== 3 ===
=== 3 ===

०९:१०, ७ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

कविता एक प्रकारको कलाको रुप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनी, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ। मुलतः कविता दुई किसिमका हुन्छन्। "गद्य" र "पद्य" कविता छन्द मिलेको कवितालाई "पद्य कविता" भनिन्छ भने छन्द नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ। कविता लेख्नकोलागी निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छ।

नेपाली कविताका प्रमुख प्रवृत्ति

उन्नाईसौं शताब्दीको प्रारम्भतिरैबाट थालिएको नेपाली कविताले अढाई सय वर्षजतिको समयावधिभित्र अनेक प्रवृत्तिगत मोड वा घुम्तीहरू पार गरिसकेको छ । यस समयावधिलाई विभिन्न कालखण्डमा विभाजन गरेर हेर्ने गरिएको छ तर त्यस हेराइमा एकरूपताको अभावका कारण नेपाली कविताको विकासक्रमको कालविभाजनमा सामान्य मतभिन्नताहरू पाइन्छन् । नेपाली कवितामा कालविभाजन प्रसिद्ध एवं प्रभावशाली शासक, विशिष्ट साहित्यकार व्यक्तित्व, साहित्यिक प्र्रभाव र प्रवृत्ति, राजनैतिक आन्दोलन, ऐतिहासिक कालखण्ड आदि विभिन्न आधारमा गर्ने गरेको पाइन्छ । हरेक कालखण्डमा प्रभावशाली शासक तथा विशिष्ट साहित्यकार नजन्मन सक्छ, साहित्यिक प्रभाव र प्रवृत्ति पनि लामो समयसम्म परिवर्तन नहुन वा समान रहन पनि सक्छ अनि आन्दोलन पनि सधैं नहुन सक्छ । यसर्थ यी आधारमा गरिएको साहित्यको कालविभाजन बढी विवादास्पद हुनपुग्छ । नेपाली साहित्यमा विभिन्न समयखण्ड, युगीन केन्द्रीय प्रतिभा, ऐतिहासिक–राजनैतिक मोड आदि विभिन्न आधारमा तथा बिना आधारमै पनि साहित्यिक इतिहासको जथाभावी कालविभाजन गर्ने परिपाटी चलेकाले ठूलो गन्जागोल उत्पन्न भएको हो । नेपाली कविताको कालविभाजन र त्यसमा पनि विशेषगरी आधुनिक काल वा आधुनिकताको प्रारम्भका बारेमा मतभिन्नताहरू रहेका छन् । खासगरी आधुनिकतासम्बन्धी अल्पज्ञता, पूर्वाग्रह, हठवादिता, अपव्याख्या, छिपछिपे र बोक्रे ज्ञान आदिका कारणबाट यस्तो स्थिति पैदा भएको हो । कविताको सिङ्गो इतिहासलाई खण्डखण्डमा विभाजन गरी समय निर्धारण गर्दा खास वैज्ञानिक आधार नलिई जथाभावी गरिएमा त्यो निरर्थक हुनजान्छ । यसर्थ वस्तुगत, तार्किक र वैज्ञानिक ढङ्गले आधुनिकतालाई अथ्र्याई उपयुक्त र मान्य किसिमबाट नेपाली कविताको कालविभाजन गर्नु अपरिहार्य छ ।

यी सबै सन्दर्भबाट हेर्दा समयको तीन खण्डे विभाजनसमेत समस्यारहित÷विवादरहित र पूर्ण वैज्ञानिक नभए पनि ऐतिहासिक कालखण्डकै आधारमा साहित्यको कालविभाजन गर्नु अलि बढी व्यावहारिक देखिन्छ । ऐतिहासिक एवं वैज्ञानिक दृष्टिकोणबाट बढी उपयुक्त र मान्य हुने गरी नेपाली कविताको विकासक्रमलाई तीन कालखण्डमा निम्नलिखित ढङ्गले समयावधि निर्धारण गरी देखाइन्छ :

  • प्राथमिक काल (सुरुदेखि १९४० सम्म)
    • पूर्वार्ध (सुरुदेखि १८७१ सम्म) ः वीर धारा
    • उत्तरार्ध (१८७२ देखि १९४० सम्म) ः भक्ति धारा
  • माध्यमिक काल (१९४१ देखि १९९१ सम्म)
    • पूर्वार्ध (१९४१ देखि १९७४ सम्म) ः शृङ्गारिक धारा
    • उत्तरार्ध (१९७५ देखि १९९१ सम्म) ः शास्त्रीयतावादी÷परिष्कारवादी धारा
  • आधुनिक काल (१९९१ देखि यता)
    • स्वच्छन्दतावादी धारा (१९९१ देखि २०१६)
    • प्रयोगवादी धारा (२०१७ देखि २०३५)
    • समसामयिक धारा (२०३६ देखि यता)

सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्काे काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्काे समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्काे कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ|

केही नेपाली कविता हरु

1

प्रकृतिबाटै असमानता भोग्दै हुर्किएका खोल्साहरू ! घामको खोजीमा अब अग्ला-अग्ला चुचुरातिर मन र आस्था लिएर हिन्दैछन् खोल्साहरूले थाहा पाए उनिहरू स्थिर रहनुँको पिडा उनीहरू सँधै अँध्यारो हुनुको पिडा । उज्यालोको खोजीमा आन्दोलित हुनँ चाहन्छन् मनहरू ! उकासिन चाहन्छन् तिनका धरातलहरू ! त्यसैले त अचेल खोल्साहरूमा पनि फाटफुट राती राँके जुलुस देख्न सकिन्छ स्वाभाविक छ खोल्साका आन्दोलनहरू ! उनीहरू पनि यहि धरतीका जीवाणुहरू हुन् उनीहरूलाई पनि घाम चाहिन्छ कठ्याँग्रिदा ताप्ने न्यानो चाहिन्छ मेरो सलाम छ यी खोल्साका चेतनाहरूहरूलाई ! अब खोल्साहरूले एक भएर पृथ्वीको गर्भको चट्टानिय प्लेट हल्लाउँनु पर्छ ज्वालामुखी भएर र अनि खोल्सा पनि डाँडा बन्न सक्नेछ यसको लागि म पनि तयार छु

3

नेपाली कविहरुको जीवनी र शुची