"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, removed: {{हिन्दीबाट अनुवादित}} using AWB (7794)
सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
पङ्क्ति १: पङ्क्ति १:
{{हिन्दीबाट अनुवादित}}



{{Orphan|date=जुन २०११}}
{{Orphan|date=जुन २०११}}

१५:४२, ७ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो । यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो । यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् ।

यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् । राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् । मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ । दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।

एक किंवदन्तीअनुसार नेपालका तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई भारतबाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् । पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ ।