"भीमबहादुर थापा" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
maintenance, replaced: ुु → ु (2)
(भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: नेपालि → नेपाली using AWB (7794))
सा (maintenance, replaced: ुु → ु (2))
पछि साथीभाइहरूसँग हिमचिम बस्दै जाँदा पैसा बचाउने नयाँ उपाय पनि सिके । त्यसबेला वीरधारामा मात्र पानी आउँथ्यो । यस्ता धारा सीमित थिए र राती १२ बजेपछि मात्र खुल्थे । त्यसैले मध्यरातमा चेलीबेटीहरू पानी भर्न जान असुरक्षित अनुभव गर्थे । र, दिनमा दुई गाग्री पानी ल्याइदिने सर्तमा डेरा सित्तैँमा दिइन्थ्यो । पछि यही सिको गरेर उनी पनि डेराभाडा मुक्त भएर झन् किफायती रूपमा बस्न थाले ।
 
काम केही थिएन । हजारौँ गोली पड्काएर आएको सैनिक यहाँ कमलकोटीले गुँड लगाएको बन्दुक भिरेर टुँडिखेलमा कबाज खेल्न थाल्यो । त्यो पनि एक घन्टालाई मात्र । त्यसपछि दिनभर फुर्सद । बन्दुक पनि बोकेर आउनु पर्दैनथ्यो । टुँडिखेलमा थुपारएिकामध्येबाट एउटा छान्यो र गड्याप्प बुुटबुट बजारेर सलामी ठोक्यो । अनि फुत्त फ्याँकेर डेरामा गयो र जाउलो च्यापेर आफ्नो मनलाग्दो गर्‍यो ।
उनी यति फुर्सदिला भए, टुँडिखेलमा पलेँटी कसेर मुखमा सुर्ती हाल्दै तरुनीका गफमा रुमल्लिन्थे । त्यस समयतिर फर्केर हेर्दा थापालाई अहिले पनि एक किसिमको मात लाग्छ । "हामी सुर्ती पड्काउँदै गफ चुट्थ्यौँ," उनी भन्छन् । तर, फेर िउनको हातबाट कहिल्यै बन्दुक पड्किएन ।
 
दाम त कमाए भीमबहादुर थापाले । तर, ००८ सालमा जब रेडियो नेपालबाट सैनिक कार्यक्रम चलाइदिनुपर्‍यो भन्ने बेहोराको पत्र आयो अनि उनको जीवनले नौलो कोल्टे फेर्‍यो । नामसँगै कमाउने क्रम पनि सुरु भयो । उनलाई 'शाही सैनिक कार्यक्रम'को जिम्मा लगाइयो । उनी नौ जनाको टोली बनाएर रेडियो छिरे र बन्दुक समाउने हातले ३७ वर्ष निरन्तर कलम चलाए । नाटक लेखे, लेखरचना लेखे र लेखे रूपक । उनको नाम उच्चारण हुनासाथ उनको परचिय स्वतः खुल्थ्यो, 'रूपक चलाउने सेनानी भीमबहादुर' । उनले रूपक लेखेनन् मात्र, प्रस्तुत गरे पनि । उनी रेडियो रूपकले यति लोकपि्रय बने, कालान्तरमा उनको परचिय नै यही बन्यो । र, उनी रेडियो रूपकका पर्याय हुनपुगे ।
 
उनका जीवनमा अनेकौँ मोडहरू आए । मोडहरूसँगै सानातिना प्रतिकूलताहरू नथपिएका होइनन् । तर, भौतिक दुःख भन्ने उनले अनुभव गर्न पाएनन् । रेडियोदेखि सानो पर्दा र ठूलो पर्दाका अनगन्ती चलचित्रमा काम गरेर प्रसिद्धि र सम्मानको जीवन बिताए, बिताइरहेछन् । तर यात्रा, जीवनको उत्तरार्धमा छ । त्यसैले उनी अब परमार्थको चिन्तनमा छन् । बिहानै मठमन्दिरको चक्कर लगाउँछन् । उनलाई थाहा छ, जानेर कसैलाई दुःख दिएनन् । युुद्धयुद्ध भनेको मान्छे मार्नु नै हो । मारे । त्यो उनको कर्तर्व्य थियो । तर, त्यसो भनेर परमात्माले कहाँ मान्लान् र ? मारेको त हो नि ! त्यसैले उनी धर्मकर्ममा निष्ठाका साथ लागेको छन् । लर्केजोवनमा तरुनीसँग पनि जिस्िकए । "अहिले त म यस्तो छु, जवान हुँदा कस्तो थिएँ होला, अनुमान गर्नूस्," उनी ठट्यौलो शैलीमा भन्छन््, "केटीहरू मलाई देखेर हुरुक्क हुन्र्थे, भँगेरा चारोमा झुम्मिएझैँ झुम्मिन्थे ।" त्यो उमेरमा, त्यो बैँसमा उनले पनि रमाइलो गरे । उनलाई त्यसको हिसाब पनि मिलाउनु छ । उनले त्यसको मोक्षप्राप्तिका लागि पनि बाटो बनाउनुपर्छ । अब उनले गर्न बाँकी काम खालि यत्ति हो । उनी यतिखेर परत्रको गन्तव्यमा पुग्न भक्तिधारामा डुबेर गोरेटो निर्माण गररिहेछन् ।
 
[[श्रेणी:जीवनी]]
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/165805" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प