"प्रोस्टेट" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
→‎प्रोस्टेट ग्रन्थिको वृद्धि: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: न्छन। → न using AWB (7794)
(→‎प्रोस्टेट ग्रन्थिको वृद्धि: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: न्छन। → न using AWB (7794))
चिकित्सकको सल्लाह अनुसार लाक्षणिक उपचार, प्रतिजैविक औषधीको प्रयोग, अल्फा ब्लकर तथा प्रोस्टेट ग्रन्थिलाई सुकाउने औषधीको प्रयोग निकै प्रभावकारी छ। तृतीय अवस्थामा पुगेका वा औषधीले काम नगरेमा अप्रेसन गर्नुपर्छ।
 
क्यान्सर नहुने प्रकृतिको प्रोस्टेट वृद्धिमा पुराना कोषिकाहरू मर्दैनन् तर नयाँ कोषिकाहरू लगातार वृद्धि हुँदै जान्छन्। कोषहरू धेरै मात्रामा वृद्धि भएपछि प्रोस्टेट ग्रन्थि बाक्लो हुन्छ, जसले मूत्रनलीलाई साँघुरो पार्छ र पिसाबको समस्या देखिन्छ। मान्छेको शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हार्माेन हुन्छन्। उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेनको मात्रा बढ्छ अनि प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रियालाई उत्प्रेरति गर्छ। फलस्वरूप, प्रोस्टेट ग्रन्थि बढ्छ। प्रोस्टेट बढ्नु क्यान्सर होइन र यसको कारण क्यान्सर हुने सम्भावना पनि बढ्दैन तर कहिलेकाहीँ प्रोस्टेट वृद्धि र प्रोस्टेट क्यान्सर एकैपटक पनि हुनसक्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाबमा संक्रमण हुने, पत्थरी हुने, मिर्गौला बिग्रने, पिसाबमा रक्त मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने आदि समस्या उत्पन्न हुन्छन।हुन्छन्।
 
वृद्धावस्था, वंशाणुगत, मोटोपना, हार्मोनको असन्तुलन आदिले प्रोस्टेट क्यान्सर हुन्छ। रातो मासु, बढी चिल्लो पदार्थ, चुरोट आदिको सेवनले क्यान्सरको जोखिम बढ्छ। प्रशस्त तरकारी, फलफूल, अन्न, टुसा उमारेका गेडागुडी आदि खाने व्यक्तिलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ। गोलभेँडा, रातो अंगुर तथा खर्बुजामा 'लाइकोपेन्सेज' नामक तत्त्व हुन्छ, जसले डीएनए नष्ट हुनबाट बचाउँछ र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ। काउली, ब्रोकाउली, भिटामिन ई आदिको नियमित सेवनले पनि प्रोस्टेट क्यान्सरबाट बचाउँछ। प्रोस्टेट क्यान्सर गोराभन्दा काला पुरुषमा बढी पाइन्छ। एसियाको तुलनामा अमेरकिा र युरोपमा यो समस्या भयावह छ। अमेरकिामा मात्र २० लाख पुरुषहरू प्रोस्टेट क्यान्सरले पीडित छन्। फोक्सोको क्यान्सरपछिको दोस्रो कारक प्रोस्टेटको क्यान्सर नै हो। क्यान्सर भइसकेपछि विकिरण, हर्मोनथेरापी, कोमोथेरापी, शल्यक्रियाजस्ता जटिल उपचार अवलम्बन गर्नुबाहेक अर्को विकल्प छैन। तसर्थ, ४० वर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गरेर समयमै रोगको पहिचान गर्नु नै रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो|
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/166373" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प