"हनुमान" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
 
[[File:StandingHanumanCholaDynasty11thCentury.jpg|thumb|हनुमान]]
== हनुमान संबन्धि कथन==
== ==
हनुमान वायुका छोरा मानिएका छन् । उनले कुनै रूप धारण गर्न सक्थे । उनी रामका परमभक्त हुन् । शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए ।­­ यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्वको आभाष भए तापनि रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन् । विशेषगरी गाउँको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन् । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन । परब्रम्हा, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको छ ।
 
जो नहि होय तात तुम्ह पाहीं ||
 
==हनुमन् र शनि==
शनि को बक्र दृष्टि वाट ब्रम्हा,विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनि को वक्रदृष्टि कहिलै पर्न सकेन|यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ । रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आफ़्नो जेठा छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरूलाई आˆनो अनुकूल बनायो । यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर पुत्रको जन्म गराएर आफू इन्द्रजितको माध्यमबाट अजेय हुन चाहन्थ्यो रावण । नारदले यो कुरा बुझेर प्रकृतिविपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनुभयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ । यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो । जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो । तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदियो । जब हनुमान लङ्कामा पुगे, तब उनले बन्दी शनिलाई मुक्त गरे तर 'शनि'को वक्रदृष्टि उनमा दुष्प्रभाव परेन । हनुमानको दृढ शरीरमा जब कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे । भक्तवत्सल हनुमानले भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे । 'शनि' ले 'तथास्तु' भने । यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन ।
 
==हनुमान र सिन्दुर लेपन==
*[[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=725&cat_id=25]]-नेपाल मण्डलमा हनुमान :राजेन्द्रलाल श्रेष्ठ
 
[[en:Hanuman]]
 
{{हिन्दू धर्म}}
 
३,२५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/166789" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प