"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (4)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: सहिद → शहीद (2), हरु → हरू (33))
सा (स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (4))
== जिल्लाको नामाकरण ==
रामेछाप जिल्लाको नाम किन, कसरि र कहिले देखि रामेछाप रहन गयो भन्ने सन्दर्भमा एक रोचक विषय भएता पनि रामेछाप वासीको बिचारमा यस वारेमा विवधता पाइन्छ ।
* स्थानीय किम्बदन्ति अनुसार इतिहासको कुनै समयमा हालको रामेछाप गाविसको मुख्य स्थान रामेछाप डाँडाँको वरिपरि [[तामाङ जाति]]को वस्ती रहेको (हालसम्मरहेको) र त्यहा राम नाम गरेको एकजना तामाङले तत्कालिन राजाबाट त्यस स्थानको मुख्तीयारिको रुपमा विर्ता पाएको र उसबाट नै त्यस स्थानको भोगचलन र छाप समेत चल्दथ्यो । राम भन्ने त्यसै व्यक्तिको छाप चल्ने भएको कारण अन्यत्रबाट त्यहाँ आई वसोवास गर्ने मानिसहरूले राम भन्ने व्यक्तिबाट छाप (जग्गा जमिनजमीन भोग चलन गर्ने अधिकार) प्राप्त गरी वसोवास गर्ने गरेको र दुवै शव्द राम छाप संयुक्त रुपमा प्रयोग गर्दा अपभ्रंश भई कालान्तरमा रामेछाप नाम हुन गएको भनि मान्न सकिन्छ ।
* यसै गरी हालको रामेछाप डाँडाँको वरिपरि प्राचिन कालदेखि (हालसम्म) तामाङ जातिको वाहुल्यता रहेको पाइन्छ । तमाङ् भाषमा रा भनेको भेडा बाख्रा मे भनेको गाई गोरु र छाप भनेको चरण क्षेत्र वा खर्क भन्ने जनाउँदछ । तामाङहरूले रामेछाप डाँडांको मुख्य भागलाई आफ्नो भाषामा रामेछाप भनेर भेडा बाख्रा र गाई गोरुको चरणक्षेत्र भन्ने अर्थमा प्रयोग गरेकोले त्यस ठाउको नाम रामेछाप रहन गएको मान्न सकिन्छ ।
 
== हावापानी र भू-उपयोग ==
उचाईको विविधतासँगै रामेछापको हावापानी र भू-उपयोगमा पनि प्रभाव परेको देखिन्छ । ४२६को कोलोन्जोरबाट सुरु भएको रामेछापको भूबनोट ६९५८ सम्मको उचाईसम्म पुग्दा विविध खाले हावापानी पाइन्छ । रामेछापको दक्षिणी भागमा अत्याधिक गर्मी हुने गर्दछ भने उत्तरी भाग निकै उचाईमा रहेकाले अत्यन्त चिसो क्षेत्र मानिन्छ । यस जिल्लाको औषत वाषिर्क तापक्रम ११.९ ० सेन्टिग्रेट र वर्षा मीमीसम्म रहेको छ।
यसरी हावापानीको विविधता र लेकबेसीयुक्त भू-बनोटका कारण रामेछापमा २१.४९ प्रतिशत मात्र जमित खेतीयोग्य मानिएको छ। यहाँका २७.७६ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ। यहाँका २४.३२ प्रतिशत क्षेत्र घाँसे तथा चरण क्षेत्र र १० प्रतिशत भाग चट्टान तथा हिउँले ढाकेको छ भने १५.८३ प्रतिशत क्षेत्रमा मानव वस्ती तथा बाँझो रहेको छद्ध । यस जिल्लाका जनताको जीवनयापन कृषि नै हो । बस्तुभाउ पाल्नु र कृषिमा लाग्नु यहाँका जनताको दैनिकी हो । रामेछापमा खेतीका रुपमा धान, मकै, कोदो, फापर, गहुँ आदि हुने गर्दछ । फलफूलतर्फ जुनार रामेछापको प्रसिद्ध छ तर अन्य फलफूल पनि प्रशस्तै हुने गर्दछ । रामेछापमा कुल कृषियोग्य जमिनजमीन मध्ये सिँचित क्षेत्र २७.६९ प्रतिशत मात्र रहेको छ।
 
== नदीनालाहरू ==
 
== सामाजिक र आर्थिक अवस्था ==
रामेछापमा विविध जाति, संस्कृति र भाषाभाषीको बसोबास रहेको र भौगोलिक अवस्थितिसमेत विविधतायुक्त रहेकाले यहाँको सामाजिक तथा आर्थिक अवस्था पनि विविधतायुक्त रहेको छ। रामेछापमा करिब दश प्रतिशत आर्थिक रुपमा उच्च वर्गमा पर्ने समूह रहेको छ । यो समूह रामेछाप स्थायी निवासी भए पनि अहिले राजधानीमा बसोबास गर्ने समूह हो । जिल्लाको अधिकांश जमिनकोजमीनको हिस्सा ओगट्ने यो वर्गले जिल्लाको राजनीति तथा अन्य क्रियाकलापमा समेत प्रभाव पार्ने गरेको देखिन्छ । तर, यो वर्गले जिल्लाको विकासमा भने खासै चासो राखेको पाइँदैन ।
त्यस्तै अर्को वर्ग हो, मध्यम वर्ग । रामेछापमा यो वर्ग १५ प्रतिशत मात्र रहेको मानिन्छ । जिल्लाभित्र र तराईमा समेत जग्गा जमित जोडिसकेको यो समूह स्थायी रुपमा राजधानीमा बसोबास गर्दछन् । जिल्लाको राजनीति र अन्य प्रक्रियामा चासो राख्ने यो समूह जिल्लाले प्राप्त गरेको उपयुक्त अवसर हात पार्ने मौकामा रहेको देखिन्छ । जिल्लाको विकासमा यो वर्गले खासै महत्व नदिएको भन्ने कुरा रामेछापको विकास गतिले पनि स्पष्ट पार्दछ ।
अर्को र साँच्चैको वर्ग भनेको रामेछापको निम्न वर्गको हो । रामेछापलाई अहिलेको स्थानसम्म ल्याउन उनीहरूको रगत, पसिना, श्रम, सीप र लगानीले नै काम गरेको छ भन्न सकिन्छ । सामाजिक रुपमा अपहेलित र आर्थिक रुपमा ज्यादै विपन्न यो वर्ग न त जिल्ला छोडेर कतै जान सकेको छ नत जिल्लामै केही गर्न सकेको छ।
र, अन्त्यमा
माथि तथ्याङ्कहरू मात्र विश्लेषण गरियो । तथ्याङ्कहरू विकासका आधार होइनन् किनभने नेपालमा विकासका नाममा प्रस्ताव लेख्ने र प्रतिवेदन मात्र लेख्ने चलन छ। त्यसैले कागजी तथ्याङ्कहरू विकास नभए पनि तयार गरिन्छ र गरिएको छ। त्यही तथ्याङ्कहरू हुन माथि उल्लेख गरिएका ।
तर, विकासका लागि साँच्चै इमान्दार भएर लाग्ने हो भने रामेछाप यति सम्पन्न छ कि देशलाई नै धनी बनाउन सकिने अवस्था छ। हिजो हाम्रा पुर्खाले ठोसेबाट फलाम र तामा निकालेर तिब्बतसम्म ब्यापार गरेका थिए । तर, अहिले हामी सिलाङको फलाम प्रयोग गरिरहेका छौं । उब्जनीयुक्त हजारौ रोपनी जमिनजमीन बाँझो छ, हामी भारतबाट आयातित चामल र तरकारी उपभोग गरिरहेका छौं । यसलाई त्याग्न सक्नु पहिलो अवश्यकता हो । तरकारी र फलफूल उत्पादन गरेर हामी राजधानीलाई बेच्न सक्ने भौगोलिक दूरीमा छौ ।
दर्जनौ नदीनाला छन् । विद्युत हामीले केन्द्रीय प्रसारण लाइनबाट बालिरहेका र्छौ । यसका लागि स्थानीय नदी र खोला प्रयोग गर्ने हो भने हामी विद्युत बेच्न सक्छौ हामीलाई केन्द्रीय प्रसारणबाट विद्युत लिनुपर्ने आवश्यकता रहन्न । नदीहरू वा नदी किनारमा माछा पालेरै भए पनि आर्थिक उपार्जन गर्न सक्छौ ।
महत्वपूर्ण औषधीय गुणयुक्त जडीबुटी रामेछापमा वनजंगलमा खेर गइरहेका छन् । यहाँसम्मकी पाँचपोखरी क्षेत्रमा यार्सागुम्बासमेत पाइने गरेको छ । यसलाई हामीले उपयोग गर्न सकिने प्रवल सम्भावनाहरू छन् । सूचना प्रविधिको प्रयोग गरेर हामीले हाम्रा उत्पादनहरूको बजार खोज्न सक्ने सम्भावना विकास भइसकेको अवस्थामा अब सधैं परनिर्भर भएर बस्नु हुन्न ।
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/232202" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प