"हिन्दु धर्म" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: ceb:Induwismo
सा r2.7.1) (रोबोट ले थप्दै: ast:Hinduismu
पङ्क्ति १३८: पङ्क्ति १३८:
[[arz:هندوسيه]]
[[arz:هندوسيه]]
[[as:হিন্দু ধৰ্ম]]
[[as:হিন্দু ধৰ্ম]]
[[ast:Hinduismu]]
[[az:Hinduizm]]
[[az:Hinduizm]]
[[bar:Hinduismus]]
[[bar:Hinduismus]]

२०:१२, २९ अप्रिल २०१२ जस्तै गरी पुनरावलोकन

यस लेखलाई नेपाली विकिपीडियाको मुख्य पृष्ठमा राख्नको लागि प्रस्ताव गरिएको छ। यदि कुनै सदस्यलाई असान्दार्भिक लागे यसको वार्ता पृष्ठमा प्रतिक्रिया लेख्नु होला।

हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआएको) धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका श्रोत हुन्। यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भएको मानिन्छ। सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ। जस मध्ये ९६% दक्षिण एशियामा छन्।

इतिहास

हिन्दू धर्मको इतिहास सबै धर्महरू भन्दा धेरै पुरानो छ। शायद पृथ्वीको उत्पति संगै हिन्दू धर्मको इतिहास जोडिएका छन्। यी धार्मिक पुस्तकहरूमा हिन्दू धर्मका इतिहास लुकेका छन्।

भारत (र आधुनिक पाकिस्तानी क्षेत्र)को सिन्धु घाटी सभ्यतामा हिन्दू धर्मका कतिपय निशानहरू पाइएका छन्। यसमा एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपति आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन्। इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एशिया बाट एक अन्य जातिको आगमन भयो, जुन स्वयंलाई आर्य भन्ने गर्थे, र संस्कृत नामको एक हिन्द यूरोपीय भाषा बोल्ने गर्थे। एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयं आर्य थिये र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो।

आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता भन्छन्। पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पंजाब र हरियाणामा बसो बास गर्न थाले। तेती बेला देखिनै उनीहरू (उनिहरूको विद्वान ऋषि) आफ्नो देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले। पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो। त्यस पछि उपनिषद जस्तो ग्रन्थ आयो। बौद्ध र जैन धर्महरू अलग भई सके पछि वैदिक धर्ममा धेरै परिवर्तन आयो। नयाँ देवताहरू र नयाँ दर्शन पता लगाईयो। यस प्रकार आधुनिक हिन्दू धर्मको जन्म भयो।

अवतार

चित्र:Avatarharu.jpg
भगवान विष्णुको विभिन्न अवतारहरू

हिन्दू धर्ममा अवतारको अर्थ हो: भगवान विष्णुले मानव र धर्म रक्षा निमित्त कुनै पनि (मनुष्य अथवा पशु) रूपमा पृथ्वीमाथि जन्म लिनु। भन्ने बुझिन्छ। जस्तै:- श्रीराम विष्णु भगवानको एक अवतार हुन्। हिन्दू धर्मका अनुशार भगवान विष्णुले पृथ्वीको रक्षा निमित्त 24 अवतार लिएका थिए ती मध्य 10 अवतारलाई मुख्य अवतारको रूपम लगिएको छ भने 12 अन्य अवतारको रूपमा लिईएको छ।

भगवान विष्णुको 10 वटा मुख्य अवतारहरू:

मत्स्य अवतार

मत्स्य माँछा अवतारमा भगवान विष्णुले प्रलयकालमा फसेको पृथ्वीमा मानव रक्षा गरेका थिए। यसका साथै हयग्रीव नाम गरेको राक्षसले सबै वेदहरूलाई चोरेर समुन्द्रमा लुकाई दिएको थियो तब भगवान विष्णुले मत्स्य अवतारमा आयेर वेदहरूलाई पुन: प्राप्त गरेर वेदहरूको रक्षा गर्नु भयो।

कूर्म अवतार

कूर्म अवतारमा भगवान विष्णुले कछुवाको रूप धारण गरेर समुन्द्र मंथन गरि रहेका देवता र दैत्यहरूको सहयोग गरेका थिए।

बराह अवतार

बराह बँदेल अवतारमा आयेर भगवान विष्णुले समुन्द्रमा डुबाएको पृथ्वीलाई निकालेर पृथ्वीको रक्षा गरेका थिए।

नरसिंह अथवा सिंह अवतार

नृसिँह अवतारमा भगवान विष्णुले हिरण्य कशेपु नामको दैत्यलाई मारेर पृथ्वीको उदार गर्नाको साथै भक्त प्रलादलाई ज्ञान दिएका थिए

वामन अवतार

वामन अवतारमा भगवान विष्णुले राजा बलीले गरी रहेको राजा इन्द्रको स्वर्गको राज्य फिर्ता गराएर राजा बलीको पनि उदार गरेका थिए।

परशुराम अवतार

परशुराम अवतारमा भगवान विष्णुले 21 पटक पृथ्वीमा घुमी घुमी पापी क्षेत्रीयहरूको नास गरेर धर्मको रक्षा गरेका थिए।

राम अवतार

राम अवतारमा भगवान विष्णुले रावणादी ठूला ठूला राक्षसगणहरूलाई मारेर पृथ्वीको उदार गरेका थिए।

कृष्ण अवतार

श्रीकृष्ण अवतारमा भगवान विष्णुले कंशादी ठूला ठूला असुरगणहरूको सँहार गर्नाको साथै कुरुक्षेत्रमा महाभारतको युद्ध गराएर पृथ्वी भरका पापीहरूको नास गराएका थिए।

बुद्ध अवतार

भगवान विष्णुले बुद्धको अवतार लियेर विश्वलाई वेदको शिक्षा दिनुभयो। बुद्धको अवतारमा विश्वलाई ज्ञान दिएको यो घटनालाई विश्वले बौद्ध धर्मको संज्ञा दियो। बौद्ध धर्मलाई माननेहरूको विश्वमा ठूलो जनसंख्या छ। यदि बौद्ध धर्मलाई हिन्दू धर्मको एउटा शाखा मानेर हेरौं भने हिन्दू धर्म विश्वकै सबै भन्दा ठूलो धर्म हुनेछ। बौद्ध धर्मलाई मानने देशहरू चीन, जापान, कोरिया, मलेशिया, मंगोलिया, आदी छन्।

कल्की अवतार

हिन्दू धर्मका अनुसार भगवान विष्णुको यो अवतार भविष्यमा हुनेछ। कल्कि अवतार कलियुगको अन्ततिर हुनेछ। कल्कि अवतार लियेर भगवानले दुष्टहरूको नाश गरेर धर्मको रक्षा गर्ने छन्।

वेद

वेद

वेद नै हिन्दूहरूको पवित्र तथा मुख्य धर्मग्रन्थ हुन्। वेदहरूलाई श्रुति पनि भनिन्थ्यो किन भनें पहिलेका दिनहरूमा अचेल जस्तो लेखेर छापने व्यवस्था थिएन त्यसैले यि वेदहरूलाई एक अर्काबाट सुनी-सुनी सम्झना राखिन्थ्यो। हिन्दू धर्मका अनुशार वेद सबै भन्दा पहिले ब्रह्माजीको मुखबाट निस्केको एक वाक्य थियो। जो वाक्य ब्रह्माजीले सबै भन्दा पहिले शिशु अवस्थामा वरको पातमा सुतीरहेका भगवान विष्णुलाई प्रार्थना स्वरूप सुनाएका थिए। पछि यि वेदलाई व्यास ऋषिले चार भागमा विभाजीत गरेका थिए। वेदहरूको विभाजीत गरेकाले व्यास ऋषिलाई "वेद व्यास" भनिएको हो। चार वेदहरू:

ऋग्वेद

ऋग्वेद सनातन धर्म वा हिन्दू धर्मको स्रोत हो। यसमा १०१७ सूक्त छन, जसमा देवताहरूको स्तुति गरियेको छ। यसमा देवताहरूलाई यज्ञमा आह्वान गर्नको लागि मन्त्र छन, यही सर्वप्रथम वेद हो। ऋग्वेदलाई विश्वका सबै इतिहासकारहरू हिन्द-यूरोपीय भाषा-परिवारको सबैभन्दा पहिलो रचना मान्दछन्। यो विश्वको सर्वप्रथम ग्रन्थहरू मध्य एक हो। ऋक् संहितामा १० मण्डल, बालखिल्य सहित १०२८ सूक्त छन्। वेद मन्त्रहरूको समूहलाई सूक्त भन्छन, जसमा एकदैवत्व तथा एकार्थको नै प्रतिपादन रहन्छ। कात्यायन प्रभति ऋषियहरूको अनुक्रमणी अनुसार ऋचाहरूको संख्या १०५८०, शब्दहरूको संख्या १५३५२६ अनि शौनक कृत अनुक्रमणी अनुसार ४,३२,००० अक्षर छन्। ऋग्वेदको जुन २१ शाखाहरूको वर्णन पाइन्छ, ती मध्यबाट चरणव्युह ग्रंथ अनुसार पाँचवटा नै प्रमुख छन- १. शाकल, २. वाष्कल, ३. आश्वलायन, ४. शांखायन र माण्डूकायन। ऋग्वेदमा ऋचाहरूको बाहुल्य हुनाले यसलाई ज्ञानको वेद भनियेको छ।

यजुर्वेद

सामवेद

अथर्ववेद

शुभ प्रतिक

ओम

(ओम), हिन्दूहरूको लागि धेरै पवित्र र हिन्दू धर्मको चिन्ह हो। हिन्दूहरको पवित्र धर्मग्रन्थ वेदहरूमा यस बारेमा उल्लेख गरियेको छ। को उच्चारण गर्नु भगवानको नामको उच्चारण जस्तै मानिएको छ। कुनै पनि पार्थना गर्नु भन्दा पहिला साधारणत: ॐको उच्चारण तीनपल्ट गरिन्छ। ॐ शब्द साधारणत: भगवान शिवसँग सम्बन्धित छ।

स्वस्तिक

स्वस्तिक स्वस्तिक अत्यन्त प्राचीन काल देखिनै हिन्दू संस्कृतिमा मंगल-प्रतीक मानिदै आएको छ। त्यसैले कुनै पनि शुभ काम गर्नु भन्दा पहिले स्वस्तिक चिन्ह अंकित गरेर त्यसको पूजा गरिन्छ। स्वस्तिक शब्द सु+अस+क बाट बनियेको छ। 'सु'को अर्थ राम्रो, 'अस'को अर्थ 'सत्ता' वा 'अस्तित्व' र 'क'को अर्थ 'कर्त्ता' वा गर्ने मान्छे। यस प्रकार 'स्वस्तिक' शब्दको अर्थ भयो 'राम्रो' अथवा 'मंगल' गर्ने। 'अमरकोश'मा पनि 'स्वस्तिक'को अर्थ आशीर्वाद, मंगल वा पुण्यकार्य हो भनेर लेखियेको छ। अमरकोशका शब्द हुन - 'स्वस्तिक, सर्वतोऋद्ध' अर्थात् 'सबै दिशाहरूमा सबैको कल्याण होस।' यस प्रकार 'स्वस्तिक' शब्दमा कुनै व्यक्ति वा जाति विशेषको मात्र होइन, अपितु सम्पूर्ण विश्वको कल्याण वा 'वसुधैव कुटुम्बकम्'को भावना निहित छ। 'स्वस्तिक' शब्दको निरुक्ति हो - 'स्वस्तिक क्षेम कायति, इति स्वस्तिकः' अर्थात् 'कुशलक्षेम वा कल्याणको प्रतीक नै स्वस्तिक हो।

मन्त्र

चित्र:Gayatri mantra.jpg
गायत्री मन्त्र

मन्त्र शब्दहरूको एउटा समूह हो जुन अचेल मात्र ईश्वर स्तुतीका लागि प्रयोग गरिन्छ। हिन्दू धर्ममा लगभग सबै मन्त्रहरू संस्कृतमा छन्। खराब परिस्थितिमा परे पछि मनुष्यले भिन्न भिन्न देवताको उपासना भिन्न भिन्न मन्त्रहरू पढेर आफ्नो खराब परिस्थितिलाई ठिक पार्न उपाय खोज्छन। पुरानो समयमा ऋषि-मुनिहरू दोषी ब्यक्तिलाई मन्त्र पढेर श्राप दिने गर्थे र जादुगरहरू पनि मन्त्रको उच्चारण गरेर जादु गर्ने गर्थे।

उपनिषद

वेदको सार

उपरिषदको सार

भौगोलिक बाँडफाट

नेपाल, भारत, र मौरिसस् का राज्यहरू लगायत इन्डोनेशियाको बाली टापुमा मुख्य जनसङ्ख्या हिन्दू छन्। केही मात्रामा यी देशहरूमा पनि हिन्दूहरू छन्:

प्रबल हिन्दू समुदाय पूर्व-सोभियत संघका राष्ट्रहरू, विषेशगरि रुस, र पोल्यण्डमा पनि छन्। इन्डोनेशियाका टापुहरू जाभा, सुलावेसी, सुमात्रा र बोर्निओमा पनि प्रसस्त रैथाने हिन्दूहरू छन्। हिन्दूत्वयोगको रूपमा त झनै विश्वब्यापि रूपमा फैलिएको छ। संयुक्त राज्य अमेरिकामा मात्रै ३ करोड योगका अनुयायीहरू छन्।

चित्र:KonarkSunTempleOrissa.jpg
ओरिसाको कोनार्क सूर्य मन्दिरलाई सूर्य भगवानको २४-पाङ्ग्रे रथको रूपमा लिइन्छ।

हिन्दू धर्मका विभिन्न आरती र अधिक जानकारीका लागी इ-मन्दिरलाई पनि हेर्नुहोला।