"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हिज्जे मिलाउँदै
सा रोबोट ले थप्दै: pa:ਬਸੰਤ ਪੰਚਮੀ
पङ्क्ति ५२: पङ्क्ति ५२:
[[nn:Vasant pantsjami]]
[[nn:Vasant pantsjami]]
[[or:ସରସ୍ଵତୀ ପୂଜା]]
[[or:ସରସ୍ଵତୀ ପୂଜା]]
[[pa:ਬਸੰਤ ਪੰਚਮੀ]]
[[pl:Wasantapańćami]]
[[pl:Wasantapańćami]]
[[ru:Васанта-панчами]]
[[ru:Васанта-панчами]]

२०:४६, ३० नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

वसंत पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा

वसन्त पञ्चमी हिन्दूहरूको पर्व हो, यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ। यो पूजा पूर्वी भारतनेपालमा ठूलो उल्लाससित मनाइन्छ। यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन्। यो पर्व माघ शुक्ल पञ्चमी अथवा श्रीपञ्चमी जसलाई वसन्त(वसंत) पञ्चमी भनिन्छ। यो पर्व यस वर्ष(वि.सं. २०६७)को माघ २५ गते तदनुसार फेब्रुअरी ८ तारिकका २०११ दिन पर्नेछ।

प्राचीन भारतवर्षमा साललाई जुन छ ॠतुहरूमा बाँडिन्थ्यो तिनमा वसन्त मानिसहरूको मनपर्दो ॠतु थियो। जब फूलहरूमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरू लहलहाउँथे, आँपहरूका रुखहरूबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरू उडनथाल्थे। वसन्त ऋतुको स्वागत गर्न माघ महिनाको चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा विष्णु र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो। शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्यग्रन्थाहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ।

वसन्त पञ्चमी कथा

सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे। आफ्नो सृष्टिसित उनी खुशी थिएनन्। उनलाई केही कमी भएको भान हुन्थ्यो। जसको कारण चारतिर मौनता छाएकोथियो। विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो। यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो। यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो। अरु दुई हातहरूमा पुस्तक र माला थिए। ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे। जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो। जलधारामा कोलाहल व्याप्त भयो। हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो। तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने। सरस्वतीलाई बागीश्वरी, भगवती, शारदा, वीणावादनी र वाग्देवी सहित अनेक नामहरूले पूजा गरिन्छ। यिनी विद्या र बुद्धि प्रदातृ मानिन्छिन्। संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ। वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ। ऋग्वेदमा भगवती सरस्वतीको वर्णन गर्दै भनिएकोछ- प्रणो देवी सरस्वती वाजेभिर्वजिनीवती धीनामणित्रयवतु। अर्थात यिनी परम चेतना हुन्। सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरूकी संरक्षिका हुन्। हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नैं हुन्। यिनको समृद्धि र स्वरूपको वैभव अद्भुत छ। पुराणहरू अनुसार श्रीकृष्णले सरस्वती सित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारतनेपालका धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ।

यस सम्बन्धमा एउटा घतलाग्दो मिथक पुराणहरूमा भेट्टाइन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन्। यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन्। यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी धरामा हराभरा भएर लोकजीवनलाई आहृलादित बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ। यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले सम्मान र श्रद्धा बर्साइएको मान्यता छ। बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दै भन्ने गर्छन् 'कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती। करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम्।।' अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ। अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ।

पौराणिक महत्व

यसका साथै यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ। सर्वप्रथम ता यसले त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढेकाथिए। यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दंडकारण्य पनि थियो। यहीं शबरी नामक भीलनी रहन्थी। जब राम उसको कुटीमा पुगे, उसले सुध-बुध हराई र चाखेर मीठा बेलका फल रामलाई खुवाउन लागी। प्रेममा जुठा बेलहरू खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरूले आ-आफ्नो ढंगमा प्रस्तुत गरेकाछन्। दंडकारण्यको त्यो क्षेत्र अचेल गुजरात र मध्य प्रदेशमा फैलिएकोछ। गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो। वसन्त पञ्चमीको दिन नैं राम त्यहाँ पुगेका थिए। त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए। त्यहाँ शबरी माताको मन्दिर पनि छ।

ऐतिहासिक महत्व

वसंत पञ्चमीको दिन भारतमा पृथ्वीराज चौहानको पनि स्मरण गरिन्छ। उनले विदेशी हमलावर मोहम्मद घोरीलाई १६ पल्ट पराजित गरे र उदारता देखाउँदै प्रत्येकपल्ट जीवित छोडिदिए, तर जब सत्रौं पल्टमा उनी पराजित भए, त्यसबेला मोहम्मद घोरीले उनलाई छोडेन। उसले उनलाई आफुसित अफगानिस्तान लिएर गयो र उनका आँखा फुटाइदियो। पछि गएर उनको हत्या गर्‍यो, सो घटना वसन्त पञ्चमीको दिन नैं घटेको थियो। माघ शुक्लपञ्चमी/श्रीपञ्चमी/वसन्तपञ्चमी वसन्तको आगमन सङ्केत, विद्याकी खानी, श्रम, सीप र उद्यमशीलताकी श्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व

वाणिकी देवी

संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंसवाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्। भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच'को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे। आवश्यकताअनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन्।

संगीत र विद्याकी देवी

विद्याकी देवीमानिने सरस्वती

स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन्। बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आˆना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन्। धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन्। उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन्। सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन्। जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद -वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन्। विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ। भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ। विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन्।

नेपालमा सरस्वती पूजा

वसन्त पञ्चमीमा सरस्वति पूजा गरिंदै

सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये काठमाडौँ उपत्यकामा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ। सरस्वतीको सेवाले व्यक्ति सफल त हुन्छ नै, हामीले सफलताका साथ असल हुन पनि सिक्नुपर्ने हुन्छ।

श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ। जीवनलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौँ वसन्त पञ्चमी नै हो।

स्रोत