"पणेना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
व्याकरणको नाम कौमुदी नभएर अष्ट्याध्यायी हो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
पणेना, [[अर्घाखाँची]] जिल्लाको पुर्वी भेगमा पर्ने एक गाउँ हो। पणेना गाउँको सिरानमा एउटा ठुलो चौर र दह छ, जहाँ [[पाणिनि ॠषि]]ले तपस्या गरेका थिए र [[महादेव]] प्रसन्न भई १४ वटा सुत्रहरु (अइउण्, ऋलृक्, ...) पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको संस्कृत व्याकरण, अष्ट्याध्यायी, लेखेका थिए भन्ने बिश्वास छ। त्यसैले यसलाई पाणिनि तपोभूमि पनि भनिन्छ।
पणेना, [[अर्घाखाँची]] जिल्लाको पुर्वी भेगमा पर्ने एक गाउँ हो। पणेना गाउँको सिरानमा एउटा ठुलो चौर र दह छ, जहाँ [[पाणिनि ॠषि]]ले तपस्या गरेका थिए र [[महादेव]] प्रसन्न भई १४ वटा सुत्रहरु (अइउण्, ऋलृक्, ...) पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको संस्कृत व्याकरण, अष्टाध्यायी, लेखेका थिए भन्ने बिश्वास छ। त्यसैले यसलाई पाणिनि तपोभूमि पनि भनिन्छ।

उपल्लाखर्क, बासारुख, माझगाँऊ, चौर, ठान, निगाली, आमडाँडा, सिम्ले, कोप्चा, देऊराली, हरिआँप, टारी, पुस्वा, बतासे, दह आदिलाई जोडेर पणेना गाविस बनाईएको छ। यसको पुर्वमा पाल्पाको छहरा, उत्तरमा पाल्पाकै भुवनपोखरी, पश्चिमको केहि भाग खिदीम, अधिकतम पश्चिम र दक्षिणमा पोखराथोक छ भने दक्षिणको केहि भाग पाल्पाको जुठापौवासित जोडिएको छ। गाउँको फेँदबाट वाग्ले खोलो बगेको छ, जुन प्रसिद्ध रिडी खोलाको एक उद्गम खोला हो।

०१:२०, २ जनवरी २००९ जस्तै गरी पुनरावलोकन

पणेना, अर्घाखाँची जिल्लाको पुर्वी भेगमा पर्ने एक गाउँ हो। पणेना गाउँको सिरानमा एउटा ठुलो चौर र दह छ, जहाँ पाणिनि ॠषिले तपस्या गरेका थिए र महादेव प्रसन्न भई १४ वटा सुत्रहरु (अइउण्, ऋलृक्, ...) पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको संस्कृत व्याकरण, अष्टाध्यायी, लेखेका थिए भन्ने बिश्वास छ। त्यसैले यसलाई पाणिनि तपोभूमि पनि भनिन्छ।

उपल्लाखर्क, बासारुख, माझगाँऊ, चौर, ठान, निगाली, आमडाँडा, सिम्ले, कोप्चा, देऊराली, हरिआँप, टारी, पुस्वा, बतासे, दह आदिलाई जोडेर पणेना गाविस बनाईएको छ। यसको पुर्वमा पाल्पाको छहरा, उत्तरमा पाल्पाकै भुवनपोखरी, पश्चिमको केहि भाग खिदीम, अधिकतम पश्चिम र दक्षिणमा पोखराथोक छ भने दक्षिणको केहि भाग पाल्पाको जुठापौवासित जोडिएको छ। गाउँको फेँदबाट वाग्ले खोलो बगेको छ, जुन प्रसिद्ध रिडी खोलाको एक उद्गम खोला हो।

यहाँका बासिन्दाहरु धेरैजसो खेतिपातीमै निर्भर भएपनि नोकरी र ब्यापार गर्नेहरुको संख्या बढ्दो छ। यहाँ बिशेष गरि मकै, गहुँ र धानको खेति भएपनि, कोदो, फापर, जौ आदिको खेति पनि गरिन्छ। प्राय सबै घरमा भैँसी पालिएको हुन्छ भने केहिले गोरु, बाख्रा तथा गाई पनि पाल्छन्।

यहाँ फलफुलमा सुन्तला, नासपाती, आरु, अमिलो पाईन्छ। तर सुन्तलाको(केहि ब्यापार समेत हुने भएकोले) बाहेक अरु फलफुलको चाँहि त्यति धेरै उत्पादन हुँदैन।

भाषा संस्कृति

पणेनाको पुर्वि भेगमा केहि ढकाल र पान्डे बाहेक मुख्यतया पोखरेलहरुको बाहुल्यता छ भने पश्चिममा गौतम, भट्टराई तथा पौडेलहरु पनि छन्। आमडाँडामा मगर जातिहरूको बस्ती धेरै छ भने केहि विश्वकर्मा र परियार हरु पनि छन्। यहाँका सबैजसो नेपाली भाषा नै बोल्छन तर यहाँको भाषा अरुतिरको भन्दा अलि फरक छ, जस्तै: "जान्छु" लाई "जान्चु", "गएको थिएँ" लाई "गओथेँ"।

पणेनामा गोरखनाथको मन्दिर/कुटी(उपल्लाखर्क), शिव मन्दिर(चौर), कृष्ण मन्दिर(ठान), हनुमान मन्दिर(दह), सिद्धाश्रम(दह, तुलेडाँडा) आदि मन्दिरहरु छन।

शिक्षा

पणेनामा एउटा माध्यमिक विद्यालय (श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चौर), एउटा निम्न माध्यमिक विद्यालय(सरस्वती नि. मा. वि., आमडाँडा) र ३ वटा प्राथमिक विद्यालयहरु(पाणिनि प्रा. वि.,निगाली; गोरक्षनाथ प्रा. वि.,उपल्लखर्क; गोपाल सिद्ध प्रा. वि.,बासारुख) छन।

स्वास्थ्य

पणेनामा एउटा उप स्वास्थ्य चौकि छ।