"भीमबहादुर थापा" का संशोधनहरू बिचको अन्तर
सा
स्वचालित हिज्जे सम्पादन, added deadend tag
सा (स्वचालित हिज्जे सम्पादन, replaced: । → । (112)) |
सा (स्वचालित हिज्जे सम्पादन, added deadend tag) |
||
{{dead end|date=मे २०१३}}
{{Orphan|date=सेप्टेम्बर २०११}}
यो ताल धेरै लामो समयसम्म चलेन। उनी नाचगानमा पनि ओस्ताद भएकाले मोहनशमशेरको आठपहरयिा -बडीगार्ड)मा छानिए। त्यहाँ सरुवा भएपछि उनलाई रूपियाँको खोलो नै बग्न थाल्यो। दसैँ र तिहारमा खर्च भनेर पाँच-पाँच सय रूपियाँ दिइन्थ्यो। जन्मोत्सव र कसैको जायजन्म भयो भने फेर ित्यति नै बक्सिस थाप्थे। थापालाई पैसाको कुनै अभाव भएन। बेलाबेला साथीहरूले सिकाएको नीति लागू गर्थे र मोहनशमशेरलाई बिन्ती गर्थे, "प्रभु ! मेरो डेरा चोरी भयो, सर्वस्व लग्यो !" अनि 'प्रभु'बाट तुरुन्त आदेश हुन्थ्यो, "यसलाई दुई सय रूपियाँ दिनू !" यसरी उनले चार-पाँचचोटि नै डेरा चोरी गराएर हर्जाना थापे। पछि मोहनशमशेर पनि आजित भए र भने, "अब तिमी यस्तो चोरी हुने ठाउँमा नबस, डेरा सर !" अनि, त्यसपछि चाहिँ उनले यस्तो खर्च मागेनन्। भन्छन्, "डेराको सिरखिुरी जोड्दा पाँच रूपियाँको जायजेथा पनि थिएन तर मैले दुई सयका दरले धेरैपटक पैसा थापेँ।" यसरी पैसाको खोलो बगाउने अरू राणाहरू थिएनन्। हरशिमशेरकामा आठपहरयिा हुनेलाई पनि राम्रै थियो तर उनी महिनाको एक मुरीका दरले धान दिन्थे, नगद दिँदैनथे।
दाम त कमाए भीमबहादुर थापाले। तर, ००८ सालमा जब रेडियो नेपालबाट सैनिक कार्यक्रम चलाइदिनुपर्यो भन्ने बेहोराको पत्र आयो अनि उनको जीवनले नौलो कोल्टे फेर्यो। नामसँगै कमाउने क्रम पनि
उनका जीवनमा अनेकौँ मोडहरू आए। मोडहरूसँगै सानातिना प्रतिकूलताहरू नथपिएका होइनन्। तर, भौतिक दुःख भन्ने उनले अनुभव गर्न पाएनन्। रेडियोदेखि सानो पर्दा र ठूलो पर्दाका अनगन्ती चलचित्रमा काम गरेर प्रसिद्धि र सम्मानको जीवन बिताए, बिताइरहेछन्। तर यात्रा, जीवनको उत्तरार्धमा छ। त्यसैले उनी अब परमार्थको चिन्तनमा छन्। बिहानै मठमन्दिरको चक्कर लगाउँछन्। उनलाई थाहा छ, जानेर कसैलाई दुःख दिएनन्। युद्ध भनेको मान्छे मार्नु नै हो। मारे। त्यो उनको कर्तर्व्य थियो। तर, त्यसो भनेर परमात्माले कहाँ मान्लान् र ? मारेको त हो नि ! त्यसैले उनी धर्मकर्ममा निष्ठाका साथ लागेको छन्। लर्केजोवनमा तरुनीसँग पनि जिस्िकए। "अहिले त म यस्तो छु, जवान हुँदा कस्तो थिएँ होला, अनुमान गर्नूस्," उनी ठट्यौलो शैलीमा भन्छन््, "केटीहरू मलाई देखेर हुरुक्क हुन्र्थे, भँगेरा चारोमा झुम्मिएझैँ झुम्मिन्थे।" त्यो उमेरमा, त्यो बैँसमा उनले पनि रमाइलो गरे। उनलाई त्यसको हिसाब पनि मिलाउनु छ। उनले त्यसको मोक्षप्राप्तिका लागि पनि बाटो बनाउनुपर्छ। अब उनले गर्न बाँकी काम खालि यत्ति हो। उनी यतिखेर परत्रको गन्तव्यमा पुग्न भक्तिधारामा डुबेर गोरेटो निर्माण गररिहेछन्।
|